धनतेरस 

धनतेरस 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
डिसेम्बर 10, 2021

धनतेरस  कार्तिक कृष्ण पक्ष त्रयोदसीको दिन पर्छ। कार्तिक कृष्ण पक्ष द्वादसी अर्थात्  तिहार (यमपन्चक) को पहिलो दिन अन्तर्गत काग तिहार (कार्तिक कृष्ण पक्ष त्रयोदसी)र भोलि पल्ट कुकुर तिहार (कार्तिक कृष्ण पक्ष चतुर्दशी) देखि यमपन्चक सुरु हुन्छ। यमपन्चक शुरु भए पश्च्यात कार्तिक कृष्ण पक्ष औसी  को दिन धन्यधान्य, सौभाग्य तथा ऐश्वर्य आदि प्राप्तिका लागी श्री की देवी अर्थात् माता लक्ष्मीको पूजा आजा, लक्ष्मी पूजा गरिन्छ। लक्ष्मी पूजाको एक दिन अगाडि पर्ने  महत्त्वपूर्ण चाड को नाम नै धनतेरस हो।  

नेपालमा मात्र नभई विदेशमा पनि धेरै मानिसहरू बिच वर्ष भरि हरेक दिन केही न केही सिक्का वा पैसा थोरै थोरै गर्दै खुत्रुक्के लगायत थैलीमा जम्मा गर्दै जाने चलन रहेको छ। तर विदेशमा भन्दा पनि नेपालमा भने यसरी पैसा जम्मा गर्नुको छुट्टै महत्त्व छ। यसरी पैसा जम्मा गर्दा खेर बच्चै देखि हामीलाई हाम्रा अभिभावकहरूले पैसाको महत्त्व बुझाउने कार्य पनि गरिरहेका हुन्छन्। र, यसरी खुत्रुकेमा पैसा, सिक्का आदि जम्मा गर्दै गरिरहँदा खेर नै हाम्रा अभिभावकहरूले हामीमा नजानिँदो तरिकाले बचत गर्ने बानी को विकास गर्दै गरिरहेका हुन्छन्। यसरी बचत गरी चाड बाडको दिनमा वर्ष भरि जम्मा भएको रकमले परिवारमा खुसीको भावना सञ्चार गरेको हुन्छ र यस कार्यले हरेक नेपालीलाई धर्म, कर्म र सत्कर्ममा लाग्न प्रेरित गर्ने काम समेत गरिरहेको हुन्छ। 

यसरी जम्मा गरेको पैसाले परिवार बजारमा गई आफ्नो गच्छे अनुसार माता लक्ष्मी, कुबेर र गणेशका मूर्ति/ मूर्तिहरू किन्ने गरिन्छ। यसरी धनतेरसको दिन किनिएका भगवानका मुर्तिहरूमा प्राण प्रतिष्ठा पश्चात् लक्ष्मी पूजाको दिन लक्ष्मी माता, कुबेर लगायत गणेश आदी सबैका मूर्ति हरू लहरै राखेर पूजा-अर्चना गर्दै लक्ष्मी पूजा मनाउने गरिन्छ। यमपन्चक अर्थात् तिहारको विभिन्न दिन हरू मध्ये लक्ष्मी पूजा भाइ टिका पछिको एक बहुतै महत्त्वपूर्ण दिन हो। यसरी पूजा आजा गर्दै गर्दा ती भगवानहरु सँग हाम्रो असीम अनि अटुट सम्बन्ध अझ प्रगाढ हुने तथा उजागर समेत हुने जस्ता विशेष कार्यहरू हुँदै जान्छन्।

उता विदेशमा भने जम्मा भयका पैसाले मोबाइल वा खेल कुद आदि इत्यादिका समान किन्ने गर्लान्। तर नेपालको संस्कृति, रहन सहन, धर्म आदिले भने हामी लाई त्यस्ता विलासिताको सामान हरूमा पैसा खर्च गर्नु भन्दा पनि गरिब गुरुबाको सहयोग गर्न अथवा आफ्नै धर्म अनि संस्कृति, वातावरण बचाउने, रुख बिरुवा रोप्ने जस्ता काम गर्न प्रेरित गर्ने गरिरहेको हुन्छ।  तर यी सबै कुरा गरी रहँदा याद राख्नु पर्ने कुरा भने धनतरेशको अवसरमा त्यसरी वर्ष भरि बचाएको पैसाले भगवान् कुबेर अर्थात् धनका देव भगवान् कुबेर, लक्ष्मी अनि गणेशको पूजा गर्ने नियम/रीति अनुसार पूजा अर्चना गर्ने गर्नु पर्छ। 

“धन” को अर्थ “धन/द्रव्य ” वा “सम्पत्ति” आदि हुन्छ भने “तेरस” को अर्थ विक्रम संवत् हिन्दु पात्रोको १३ औँ दिन लाई भनिन्छ। यस अर्थमा कार्तिक कृष्ण पक्ष त्रयोदसी अर्थात् कार्तिक कृष्णपक्षको १३ औ दिनको दिनमा कार्तिक कृष्ण पक्ष औँसीको दिन गरिने लक्ष्मी पूजाको लागि सामग्री (धन सम्पत्ति) को क्रय (किन्ने /खरिद) गर्ने कार्य लाई नै धनतेरस भनिएको हो।   धनतेरस पर्वको दिन लक्ष्मी पूजाको किनमेलका लागि छुट्ट्याइएको एक विशेष दिनको रूपमा लिन सकिन्छ। धनतेरस को दिन सामान जोड्ने त्यसमा पनि विशेष गरी सुन चाँदी बाट निर्मित भगवानका मूर्ति वा भाँडाकुँडा इत्यादि किन्नु पछाडिको मुख्य उद्देश्य भने अहिलेको वर्ष थोरै रकममा किनेको सामान अत्यावश्यक परेको अवस्थामा पछिल्लो समयमा महँगोमा वा किने भन्दा बढी रकममा बेच्न सकिने सम्भावना रहने हुनाले पनि हो भन्ने अर्थ लगाउन सकिन्छ। 

यसरी केही किन्नका लागि पैसा जम्मा गर्नुको अर्को मुख्य कारण भने धनतेरसको दिन वर्ष भरि जम्मा गरेको पैसाले देवी लक्ष्मी माताको लागि केही न केही किन्नै पर्छ भन्ने मान्यता रही आएको भएर हो। यसरी सामान किन्ने क्रममा आफ्नो गच्छे अनुसार सुन वा चाँदी बाट निर्मित लक्ष्मी वा गणेश भगवानको मूर्ति किन्ने वा यसरी मूर्ति किन्न नसकेको खण्डमा भने कुनै भाँडाकुँडा मात्र भए पनि किन्नु पर्छ भन्ने चलन र मान्यता रहेको छ। यही दिन व्यवसायीहरूले पनि धनतेरस पर्व मनाउने गर्छन्। धनतेरस पर्व त्रयोदशीको दिन पर्ने हुँदा यस दिन वा तिथि लाई  धनत्रयोदशि को नामले पनि चिनिन्छ। लक्ष्मीपूजाका लागि कात्तिक कृष्ण त्रयोदशीमा धनमाल, भाँडाकुँडा वा मूर्ति आदि जोड्ने/ किन्ने चलन धेरै पहिले देखि नै चलन मा रहेको हो जुन अहिले पनि उत्तिकै प्रचलित छ। 

हिन्दु सनातन धर्ममा विद्या /ज्ञान लाई दुई किसिममा विभाजन गरिएका छन्। ती हुन् परा र अपरा विद्या/ज्ञान। यी दुई ज्ञान / विद्या प्राप्त गर्नु पनि लक्ष्मी पूजा नै हो। परा विद्या/ज्ञान दुई शब्दहरूको संयोजनबाट बनेको हो। हिन्दु दर्शनमा, परा शब्दको अर्थ- अस्तित्व, सर्वोच्च वस्तु, उच्चतम बिन्दु, अन्तिम सुन्दरता आदि हुन्छन् भने विद्या भन्नाले ज्ञान, दर्शन, तथा विज्ञान अनि शिक्षा र मानिसमा अन्तर्निहित विद्वता आदी हुन्छन्। तसर्थ परा विद्याको अर्थ “आत्मा वा परम सत्य अर्थात् दिव्य ज्ञानसँग सम्बन्धित उच्च शिक्षा वा सिकाइ भन्ने अर्थ राख्दछ। यसै कारण परा   विद्या / ज्ञानलाई सर्वोच्च ज्ञानको रूपमा पनि चिन्ने गरिन्छ। उता अपरा विद्या जसलाई संस्कृतमा ‘प्रत्यक्ष ज्ञान’ वा “ब्रह्म-विद्या” पनि भनिएको छ। हिन्दु धर्ममा श्रवण गर्दै आर्जन गरेको ज्ञान परा-विद्याको विपरीत तर अनुभवको माध्यमबाट हासिल गर्ने प्रत्यक्ष ज्ञान लाई भने अपरा विद्या/ज्ञान को नाम वाट चिनिने गरिन्छ।

नरक चतुर्दशी अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदसी तिथि को दिन पर्ने धनतेरस तिहार सुरु गर्ने एक प्रसिद्ध दिन हो। धनतेरस को ’boutमा एउटा पौराणिक कथा पनि रहेको छ। एकादेशमा एउटा राज्यमा हिमा नाम गरेका राजा राज्य गर्थे। राजा हिमाको बुहारीले आफ्नो छोरा अर्थात् छोटकरीमा भन्नु पर्दा राजा हिम़ाको नाती र उनको श्रीमान् (राजकुमार) को पनि छोरा लाई राम्ररी हेरविचार गरेकी थिइन। उनले बच्चा हेरविचार गर्ने क्रममा राज्यको भविष्यको उत्तराधिकारी अर्थात् राजा हिमाको नाती लाई मृत्युदेव यमराजको मुख वाट बचाएकी थिइन। एक पटक यमराज सर्पको भेस धारण गरी नाति सुत्ने कोठामा छिरेका थिए। यसरी यमराज सर्पको भेष मा आफ्नो छोरालाई डस्न छिरेको थाहा पाएर उनीले आफ्नो बच्चा कसरी बचाउने भन्ने ’boutमा सोच्दै थिइन्। बच्चाको जिन्दगी खतरामा पर्न सक्ने देखि हिमाको बुहारीले फटाफट उक्त कोठाको ढोकामा अनगिन्ती सुनका गहनाहरू, चाँदीका सिक्काहरू हतार हतारमा राखिन। त्यसै गरी कोठाको ढोकाको दुई कुना लगायत कोठा भरि पनि दियो बत्ती बालेर छोडिन। उनीले यसो गर्नुको कारण भने सर्पलाई कोठा भित्र प्रवेश गर्न बाट रोक्नु नै थियो। हिमाको बुहारीले आफ्नो छोरा अर्थात् राजा हिमाको कुलको दीपक बचाउने उद्धेस्य अनुरूप नै यसो गरेकी थिइन। सुन र चांदि का गहनाका खात तथा चाँदीका फैलिएका सिक्का तथा कोठा भरी राखिएका दियोहरूको चमकका कारणले सर्पको आँखा अन्धो भई काम नै नलाग्ने भई गयो। यस घटनाको कारणले गर्दा राजाको छोराले विवाह गरेको चौथो दिनमा नै उसको मृत्यु हुने भनी गरिएको भविष्यवाणी पनि रद्द भएको थियो। धनतेरस र धन्वन्तरी जयन्ती

यस घटना पश्चात् धनतेरसको दिन, मानिसहरूले आफ्नो गच्छे अनुसार सक्नेले सुन वा चाँदीका गर-गहना, लगायत बहुमूल्य धातुका भाँडा कुँडा आदि किन्दा वा किन्ने कार्य गर्दा घर र परिवारमा शुभ हुने विश्वासबाट धनतेरसको प्रारम्भ भएको मान्न सकिन्छ। यसरी किनिएका गरगहना, भाँडा कुँडा आदीले दुष्ट आत्मा हरूबाट परिवारलाई जोगाउने र सुरक्षा प्रदान गर्ने प्रतीकको रूपमा समाजमा एक दरो विश्वास राखेको छ। यस्तै पौराणिक कथा तथा लोक संस्कृति लगायत सदियौँ देखि चली आएका रीति रिवाज इत्यादि अनुसार पनि आज अर्थात् धनतेरसको दिन घरमा रहेका/भएका भगवानका मूर्तिहरू, गर-गहनाको स्नान आदि गराई पूजा आजा गर्ने धेरै पुरानो चलन रहेको छ। 

यस अवसरमा माथि उल्लेखित गरिए झैँ सर-सामान लगायत गर-गहना आदि किन्ने जस्ता कार्यहरूलाई शुभ कार्य समेत मानिन्छ। तड्क भड्क नगरी आ-आफ्नो गच्छे अनुसारको भगवानका मूर्तिहरू, गर-गहना, भाँडाकुँडा इत्यादि किनेर घर भित्र्याएर घरमा तिहारको स्वागत गर्नु, यस चाडलाई निम्त्याउनु र यसको रौनक बढाउनु, परिवारमा खुसीका क्षणहरू सृजना गर्नु जस्ता कार्यहरू हामी प्रत्येक नेपालीले आजको दिन गर्नु एक विशेष कर्तव्य पनि त हो नि, होइन र ?।    

नेपालमा विशेष गरी सहरी क्षेत्रमा लक्ष्मी पूजा गरिने दिनको अघिल्लो दिन अर्थात् धनतेरस वा तिहार शुरु हुने दिन सुन चाँदीको कारोबारहरूमा अत्यधिक भिड हुने गर्दछ। चाहे त्यो भिड सुन चाँदीका समान किन्नका लागि उपभोक्ताहरूको होस वा होस् सामान बेच्ने व्यापारी वर्गहरूको। विवाह, व्रतबन्ध जस्ता शुभ अवसरहरू बाहेक दसैँ तिहार जस्ता चाडपर्व नजिकिँदै जाँदा पनि सहर बजारमा सुन चाँदीको कारोबार लगायत तिनका मूल्य समेत पनि ह्वात्तै बढ्ने गरेको तथ्याङ्क अवलोकन गर्नका साथै देख्न सकिन्छ।  

तर, धनतेरस को दिन किनिएको सुन वा चाँदीका मूर्तिमा देव देवीको प्राण प्रतिष्ठा गरी सकिएको हुँदा बेच्न नहुन कठोर मान्यता रही आएको छ।  सामान्य अवस्थामा विचार गर्दा पनि  “यदि तपाईँले धनतेरसको दिन धन किन्नु भयो भने, तपाईँले त्यो धन वाट अझ धेरै रकम वा धन लाभ पाउनुहुनेछ”। सुन, वा सामान्यतया मूल्यवान् धातुहरूको, खरिद मूल्यको तुलनामा केही समय पछि नै पुन विक्रय ( पुनः बिक्री) मूल्य उच्च हुन्छ।  

यसैले पनि धनतेरस सुन, चाँदी लगाएका अन्य मूल्यवान् धातुहरू किनमेल गर्नको लागि एक महत्त्वपूर्ण दिन को रूपमा सदियौँ देखि चलन चल्तीमा रहेको देख्न सकिन्छ। धनतेरसको दिन  सुन वा चाँदीका मूर्ति, मूल्यवान् धातुहरूको भाँडाकुँडा आदि किन्नुको मुख्य उद्देश्य लक्ष्मी मातालाई आफ्नो घरमा स्वागत गर्ने एउटा विशेष तरिकाको रूपमा लिने गरिन्छ।   कात्तिक कृष्ण त्रयोदशीमा धनमाल जोड्ने चलन धेरै पहिले देखि नै चलन मा रहेको हो जुन अहिले पनि उत्तिकै प्रचलित छ। 

कार्तिक कृष्ण पक्ष त्रयोदसीको दिन पर्ने धनतेरस नामक यस महत्त्वपूर्ण पर्वको अवसरमा नेपाली पात्रोको तर्फ वाट हरेक सनातनी हिन्दु लगायत यस धर्ममा आस्था राख्नु हुने सम्पूर्ण महानुभावहरूलाई  धनतेरस पर्वको मुरीका मुरी हार्दिक मङ्गलमय शुभ कामना।  

Related Posts

भाइटीका

मार्च 2, 2017
By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल

म्हः पूजा

मार्च 20, 2017
By Nepali Patro

लक्ष्मी पूजा

मार्च 1, 2017
By प्रा.डा. देवमणि भट्टराई

कुकुर तिहार

मार्च 20, 2017
By प्रा.डा. देवमणि भट्टराई

काग तिहार

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    D.B Chhetri.

    yo sal mero din x r kasto din janx.

    Rajan yadav

    Jay ma laxmi


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ