चैत ६-१२: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५: रैथाने ज्ञानको उज्यालो
By
Nepali Patro
मण्डला थिएटर-नेपालले तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) २०८१ साल चैत ६ देखि १२ सम्म काठमाडौं लगायत पोखरा, बेलबारी र भरतपुरमा आयोजना गर्दैछ।
निटफेस्ट २०२५ मा १७ अन्तर्राष्ट्रिय नाटकहरूका साथै काठमाडौं उपत्यका बाहिरका स्थानीय नाटकहरू प्रस्तुत गरिनेछ। यस महोत्सवमा भारत, चीन, ट्युनिसिया, बेलायत/स्कटल्याण्ड, इरान, जापान, स्पेन, लिथुआनिया र नर्वे गरी नौ देशका नाट्य प्रस्तुतिहरू समावेश हुनेछन्।
“सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च: रैथाने ज्ञानको उज्यालो” भन्ने नारासहित, निटफेस्ट २०२५ले सामाजिक सद्भाव बढाउन, सामाजिक विविधताको सम्मान गर्न कला आदानप्रदान र सामाजिक चेतनामार्फत अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ। यसका अतिरिक्त, महोत्सवले विश्वभरका रङ्गमञ्च समूहहरू र कलाकारहरूलाई एउटै मञ्चमा एकजुट गरी उनीहरूको कलात्मक अभिव्यक्ति र सान्दर्भिक सामाजिक-राजनीतिक मुद्दाहरू प्रति एकता प्रदर्शन गर्न सहयोग गर्नेछ।
नाटक प्रस्तुतिहरूका अतिरिक्त महोत्सवमा दैनिक अन्तरक्रिया, प्यानल दिस्कसन, सेमिनार, खुला मञ्च प्रदर्शन, रङ्गमञ्च फोटो प्रदर्शनी, पुरस्कार समारोह, सांस्कृतिक र कलात्मक स्टलहरू र अन्य विविध गतिविधिहरू हुनेछन्।
कार्यक्रम सुची