कूर्म जयन्ती

कूर्म जयन्ती

By Nepali Patro
मे 9, 2025

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरू कूर्म जयन्ती मनाउँछन्।

सत्ययुगमा आजकै दिन भगवान् विष्णुले कूर्म अर्थात् कछुवाको रूपमा दोस्रो अवतार लिनुभएको सम्झनामा कूर्म जयन्ती मनाइन्छ । समुन्द्र मन्थन जस्तो महत्वपूर्ण कार्य सम्पन्न गर्न कूर्म अवतार आवश्यक परेको थियो, जसले देवता र दानव दुवैको सहकार्यबाट सम्भव भएको यो कार्यलाई सफल बनायो ।

भगवान् विष्णुको कर्म अवतार

त्यस समयमा देवता र दानवहरू शक्तिको परीक्षण गर्न समुन्द्र मन्थन गर्ने सहमति जनाएका थिए । मन्दराचल पर्वतलाई मदानी बनाएर र शेषनागलाई डोरी बनाई समुद्र समुन्द्र मन्थन गरिँदै थियो । तर, मन्थनको क्रममा मन्दराचल पर्वत गह्रौं भएर समुन्द्रको पिँधमा डुब्न थाल्यो । यस समस्यालाई समाधान गर्न भगवान् विष्णुले कछुवाको रूपमा अवतार लिएर आफ्नो कठोर पिठ्युँ मन्दराचलको आधारमा राख्नुभयो र पर्वतलाई डुब्नबाट जोगाउनु भयो । यसरी समुन्द्र मन्थन सहज भयो ।

समुन्द्र मन्थनबाट सर्वप्रथम हलाहल विष निस्कियो, जुन शिवजीले पिई समस्त सृष्‍टिलाई बचाउनु भयो । त्यसपछि लक्ष्मी, कामधेनु गाई, रम्भा (अप्सरा), उच्चश्रवा घोडा, कौस्तुभ मणि, पारिजात, कल्पवृक्ष लगायत १३ रत्नहरू निस्किए । अन्ततः अमृत पनि उत्पन्न भयो ।

यहि कार्य वैशाख शुक्ल पूर्णिमाका दिन सम्पन्न भएकोले यस दिनलाई विशेष मानिन्छ । कूर्म जयन्तीको अवसरमा भगवान् विष्णुको कूर्म अवतारको पूजा गरिन्छ र व्रत बस्ने परम्परा छ । यस दिन कछुवाको पनि पूजा गर्ने चलन रहेको छ ।

कूर्म जयन्ती धर्म, विश्वास र सृष्टिको सन्तुलनका लागि भगवान् विष्णुले पुर्‍याउनुभएको योगदानको स्मरण हो।

 

स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरू  – गोविन्दचन्द्र सुबेदी

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ