• 22
  • ऋषितर्पणी

    ऋषितर्पणी

    By प्रा.डा. देवमणि भट्टराई
    जुलाई 27, 2017

    उपाकर्म तथा यज्ञोपवीत धारण गर्ने विधि

    जनैपूर्णिमा

     

    उपाकर्म सनातन वैदिक धर्मावलम्बीहरूको पवित्र पर्व हो। यो पर्व श्रावण शुक्ल पूर्णिमा तिथिमा मनाइन्छ। यस दिन दैनिक पूजनादि नित्यकर्म गरिसकेपछि नदी, तलाउ, पोखरी आदि जलाशयमा गएर ब्राह्मणादिले गणस्नान गर्नुपर्दछ। पञ्चगव्य, भस्म, मृत्तिका, अपामार्ग आदि पवित्र औषधिहरू शरीरमा लेपन गरेर संकल्प एवं मन्त्रोच्चारणपूर्वक समूहमा गरिने स्नानलाई गणस्नान भनिन्छ। गणस्नान गरिसकेपछि जनै अभिमन्त्रण र धारण गर्ने कृत्य गरिन्छ। यस क्रममा दीप–कलश–गणेश पूजनपूर्वक रुद्राभिषेक गरी थालीमा सप्त ऋषिहरूको कुशनिर्मित प्रतिमा स्थापना गरी पूजा गर्ने विधान छ। कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ठ, विश्वामित्र र वशिष्ठकी पत्नी अरुन्धतीलाई सप्त ऋषिका रूपमा पूजा गरिन्छ। यसपछि यज्ञोपवीत अभिमन्त्रण, दान र रक्षाबन्धन आदि कर्म यस पूर्णिमामा गरिन्छ।

    सूचनाद् ब्रह्मतत्वस्य वेदतत्वस्य सूचनाद्।
    तत्सूत्रमुपवीतत्वात् ब्रह्मसूत्रमिति स्मृतम्।।

    ब्रह्मप्राप्तिका सहायक, वेदादि शास्त्रतत्वको सूचक भएकाले जनैलाई यज्ञोपवीत भनिएको हो। यसको अर्को नाम हो ब्रह्मसूत्र। जनै नलगाएको व्यक्तिले धार्मिक कृत्य गर्ने अधिकार रहँदैन। परम्परामा जनै नलगाउने नेवार आदि जातिले पूजामा गणेश आदि देवतालाई जजल्का चढाउँछन्। जनै लगाउने, दैनिक गायत्री जप्ने, श्रावणी कर्म अर्थात् उपाकर्म गर्ने, देवता, पितृहरूलाई र ब्राह्मणहरूलाई जनै दान गर्ने जस्ता जनैसँग सम्बन्धित नियमहरू शास्त्रमा बताइएका छन्। ती पालन नगर्नेले जनैको ठाउँमा विशेष उत्तरीय वस्त्र राखेर श्राद्धमा सव्य र अपसव्यको व्यवहार गर्दछन्। ‘यज्ञेन संस्कृतम् उपवीतम्’ भनिएकाले यस पूर्णिमामा जनैको पनि संस्कार गरेर अभिमन्त्रण गरी राखिएको जनै एक वर्षसम्म फेर्न मिल्छ। अर्को वर्ष फेरि नयाँ जनै बनाउने र त्यसका साथै पुराना बाँकी रहेका भए ती जनै पनि सँगै अभिमन्त्रण गर्नुपर्दछ। जनै बनाउने जनैको धागो कात्ने, डोरा बनाउने, तेब्य्राउने, शिखा पार्ने जस्ता पवित्रताका साथ गर्ने कार्यहरू गर्नुपर्छ। यसरी निर्माण गरिएका जनैका डोरामा तन्तुदेवता भनेर सम्बद्ध देवताको पूजा गरिन्छ। ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम, विश्वेदेवा गरेर नौ वटा डोरामा नौ देवताको पूजा गरिन्छ। यसैगरी जनैका ग्रन्थीहरूमा ब्रह्मा, विष्णु र रुद्र देवताको पूजा गरिन्छ। यसपछि ऋषिहरूको तर्पण गरिन्छ। कात्यायनादि आफ्ना शाखासूत्रका ऋषिहरूलाई कृतज्ञता ज्ञापन गर्ने वा सन्तुष्ट पार्नका लागि तर्पणीय जलद्वारा कुशादि निर्मित पूजित ऋषिहरूमा तर्पण गर्ने कार्य भएकाले नै यस पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा पनि भनिन्छ।

     

    ऋषितर्पण किन गर्ने ?

    गुरुबाट आफूले प्राप्त गरेको वेदादि शास्त्रीय ज्ञान तथा व्यावहारिक ज्ञानमा क्रमशः मलीनता आउने गर्छ भने पढेको विद्यालाई सदैव ताजा राख्न कर्तव्य हुन जान्छ। त्यो विद्या नबिर्सियोस्, प्राप्त विद्याबाट नयाँ नयाँ कुराको प्रविधिको, ज्ञानको आविष्कार गर्ने क्षमताको विकास होस्, गुरुलाई साक्षी राखेर नयाँ नयाँ विषयको विज्ञानको भण्डारण आफूमा रहोस् भनेर ऋषितर्पण गरिन्छ। यसैगरी विद्यामा मलीनता, न्यूनता, हीनताबोध आदि नआऊन् भनेर पनि ऋषितर्पणीका कृत्यहरू गरिने हुन्। आफ्ना कुलवंशका करोडौं वर्ष पहिलेक ज्ञानवान् पुर्खाहरूलाई यस दिन सम्झिएर तर्पण गरेर उनीहरूको नाम उच्चारण गर्नाले व्यक्तिमा अध्ययनादि क्षेत्रमा तेज बढेको महसुस हुन्छ। तेजस्वी ऋषिहरूको प्रभावले विशेष ऊर्जा प्राप्त भई आफ्नो कार्यक्षेत्रमा दक्षता हासिल हुने हुँदा ऋषितर्पणीमा ऋषिहरूलाई तर्पण एवं ऋषिश्राद्ध गर्ने विधान छ। आफ्ना कुलवंशका ऋषिहरू’bout आह्निक लगायत धर्मशास्त्रका ग्रन्थमा ‘वंशानां ब्रुवणम्’ शीर्षक पाठ हेर्न सकिन्छ।

     

    जनै धारण गर्ने विधि

    अभिमन्त्रित गरिएको नयाँ यज्ञोपवीत आफ्ना पितृ र ब्राह्मणहरूलाई दान गरेपछि नयाँ यज्ञोपवीत (जनै) खोली हातमा लिएर सुरुमा संकल्प गरी धारण गर्नुपर्छ।
    संकल्प गर्दा आचमन गरी यो मन्त्र पढ्ने– ॐ यज्ञोपवितमिति मन्त्रस्य परमेष्ठी ऋषिः लिङ्गोक्ता देवता, त्रिष्टुप् छन्दः यज्ञोपवीतधारणे विनियोगः ।
    अब खोलेको जनै हातमा लिएर दायाँ हात माथि उठाई यो मन्त्र पढ्दै जनै धारण गर्नुपर्दछ–

    ॐ यज्ञोपवितं परमं पवित्रम्।
    प्रजापतेर्यत्सहजं पुरस्तात्।
    आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं।
    यज्ञोपवीतं बलमस्तु तेजः।।
    यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीते नेपनह्यामि।।

    यसपछि पुरानो जनै चोखो ठाउँमा ॐ भनेर सेलाउने र आचमन गरी १००८, १०८, १० पटक प्राप्त गायत्री मन्त्रको जप गर्नुपर्छ। पहिले जनै लगाएर मात्र पुरानो जनै निकाल्नुपर्छ। यसपछि गुरुबाट रक्षाबन्धन बाँध्नुपर्छ र अन्त्यमा हातमा जल लिएर ‘अनेन नवयज्ञोपवीतधारणार्थे कृतेन यथाशक्ति गायत्रीजपकर्मणा श्रीभास्करदेवता प्रीयतां न मम ।’ भनी हातको जल भूमिमा अर्पण गर्नुपर्दछ।

    २०७४ सालको रक्षाबन्धन सम्बन्धी सूचना
    २०७४ सालको नागपञ्चमीमै उपाकर्म, ऋषितर्पणी किन ?

     

     

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4634 (16) { ["term_id"]=> int(12) ["name"]=> string(40) "राष्ट्रिय दिवस" ["slug"]=> string(13) "national-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(12) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["parent"]=> int(0) ["count"]=> int(26) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(12) ["category_count"]=> int(26) ["category_description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["cat_name"]=> string(40) "राष्ट्रिय दिवस" ["category_nicename"]=> string(13) "national-days" ["category_parent"]=> int(0) } } national-days राष्ट्रिय दिवस

    भानु जयन्ती

    जुलाई 12, 2020
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4674 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    विश्व जनसङ्ख्या दिवस

    जुन 28, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4675 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    ऋषि पञ्चमी

    मार्च 1, 2017
    By प्रा.डा. देवमणि भट्टराई
    No Image array(1) { [0]=> object(WP_Term)#4676 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    दर खाने दिन

    मार्च 2, 2017
    By Nepali Patro
    No Image array(1) { [0]=> object(WP_Term)#4716 (16) { ["term_id"]=> int(5894) ["name"]=> string(18) "चिट्ठी" ["slug"]=> string(7) "chitthi" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(5894) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(0) "" ["parent"]=> int(0) ["count"]=> int(1) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(5894) ["category_count"]=> int(1) ["category_description"]=> string(0) "" ["cat_name"]=> string(18) "चिट्ठी" ["category_nicename"]=> string(7) "chitthi" ["category_parent"]=> int(0) } } chitthi चिट्ठी
    No Image array(1) { [0]=> object(WP_Term)#4690 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    कल्की जयन्ती

    मार्च 20, 2017
    By Nepali Patro

    Comments

      Naagpanchami ra janaipuneu kasari
      Ekae din pateo

      Mani Gurung

      My Email Address is not publish please publish it ok.


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!