इद उल फित्र/फितर
नेपाली पात्रो > चाडपर्व > इद उल फित्र/फितर

इद उल फित्र/फितर

By Nepali Patro
मार्च 20, 2017

सर्वत्र भाइचारा, सुख, शान्ति र समृद्धि प्रदान गरी स‌ंसारभर खुसी सञ्चार गर्ने अल्लाहप्रति शुक्रिया अदा अर्पण गर्दै समस्त मुसलमान दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र पर्व इद उल फित्रको अवसरमा नेपाली पात्रोकाे तर्फबाट धेरैधेरै मुबारक अर्पण गर्दछौं।

एक महिनाको रोजा समापनअघि मुसलमान समुदायले इदगाह पढ्ने स्थानमा भेला भई नवाज पढेर अल्लाहप्रति दुवा गर्दै मानव जीवन सुखमय होस् र कोही पनि दीनदुःखी हुन नपराेस‍् भनी प्रार्थना गर्दछन्। त्यसपछि एक-आपसमा अँगालो मारी शुभकामना आदानप्रदान गरिन्छ। सम्पूर्ण मानव समुदायलाई अनेकतामा एकताको सन्देश दिने पर्वका रूपमा यस पर्वलाई लिइन्छ। सबैमा भाइचारा बढाउन र उपकारको भावना जागृत गर्न नियमअनुसार अन्न र पैसा दान गरी नहुनेहरूको अभाव टार्ने गरिन्छ। यसरी संसारलाई बराबरीको हकदार बनाई जीवनलाई अल्लाहमा समर्पण गर्ने प्रण रोजाका अवसरमा गरिन्छ। रोजा बसिसकेपछि मरेपछि जन्नत (स्वर्ग) पुगिने धार्मिक जनविश्वास छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज इद उल फितर पर्व मनाउन लागिएको हो। यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यस दिन मिठोमसिनो खाई पर्व मनाउँछन्।

Comments

    SHABAN IDRISI

    नेपाली पात्रो परिवार धन्यवाद,
    नेपाल तथा विदेशमा हुनु भएका नेपाली मुस्लिम दाजुभाइ तथा दिदी बहिनी लाई मेरो SHABAN IDRISI को तर्फ बाट इदुल फित्रको धेरै धेरै शुभकामना।।।

    माे. एहसानुल हक

    धन्यवाद , नेपाली पात्राे

    made shakir

    eid ul joha ho yoe eid ul fitra biti sake ho

    hem Raj rai

    Ied Mubarak all of you !!

    manoj

    Sharma

    Nabi Akhtar Ansari

    1997 12 01

    NAGENDRA GUPTA

    CONGRATULATIONS

    Reyaz ahmad

    Thanks for the secred act of all nepalies.

    Reysz ahmad

    Sampurna Nepali daju bhai & didi bhinee haru ma IED MUBARAK.


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!