२०७८ सालको बडादसैंका विविध साइतहरू

२०७८ सालको बडादसैंका विविध साइतहरू

By Nepali Patro
सेप्टेम्बर 24, 2021

वडादशैं तथा विजया-दशमी २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबै नेपालीको कल्याण गरुन्।२०७८ सालको बडादशैंका शुभ साइतहरू यसप्रकार छन्।

 

१) घटस्थापना – असोज २१ गते बिहीबार बिहान ११:४६ बजे।२०७८ सालको घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । घटस्थापना गर्ने विधि

२) राष्ट्रिय झन्डा फेर्ने – असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे (पश्चिम फर्किएर फेर्ने)।

३) श्री पचलीभैरव यात्रा – असोज २५ गते सोमबार।

४) फूलपाती – असोज २६ गते मङ्गलबार।
श्री तुलजाभवानी यात्रा– बिहान ७:११ बजे र स्थिरासन– बिहान ८:४४ बजे।

५) महाअष्टमी तथा कालरात्रि –  असोज २७ गते बुधबार।  महाअष्टमीको दिन गरिने कृत्यहरू

६) महानवमी –  असोज २८ गते बिहीबार। महानवमीका कृत्यहरू

७) विजयादशमी –  असोज २९ गते शुक्रबार
देवी विसर्जन गर्ने– बिहान ८:१९ बजे।
टीका लगाउने– बिहान १०:०२ बजे (प्रसाद ग्रहण गर्न साइत हेरिरहनु पर्दैन, पूर्व दिशा फर्केर लगाउने)।
श्री तुलजाभवानी यात्रा– बिहान ७ :०१ बजे।
श्री तुलजाभवानीलाई स्थिरासनमा राख्ने– ८:३२ बजे।

नेपाल र नेपालीसंग सम्बन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी नेपाली पात्रो मोवाइल एपमा हेर्न सक्नुहुन्छ । अाजै डाउनलोड गर्नुहोस् https://ctm25.app.goo.gl/dHRe

Related Posts

Comments

    निर्दोष कृष्ण अन्जान

    2078 साल विजया दशमीको शुभकामना

    Tara Kunwar

    गणेश

    shyamluintel9

    bha khoi lae hunxa vanidinu

    hasta Bahadur bista

    Tika Ko sait

    पदम बिस्ट

    k xs khbr

    krishna bahadur chetry

    tikako ramro aani bihanko surubati tika koti boji raheko chaa


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ