हनुमान जयन्ती

हनुमान जयन्ती

By Nepali Patro
अप्रील 10, 2025

हनुमान जयन्ती हनुमानको सम्झनामा मनाइने दिन हो। पवन पुत्र हनुमानको जन्मदिनको सम्बन्धमा विभिन्न पुराणहरूमा फरक उल्लेख छन्। कतिपय ग्रन्थहरूमा चैत्र शुक्ल पूर्णिमाको दिन जन्म भएको भनिन्छ भने वायु पुराण लगायत केहीमा कार्तिक कृष्ण चतुर्दशी उल्लेख गरिएको छ। मंगलबारका दिन जन्मिएका हनुमानलाई मंगलकारक पनि भनिन्छ।

भगवान् शिवजीले संसारका प्राणिहरूको सङ्कट मोचनका लागी हनुमान अवतार लिनु भएको पनि मानिन्छ र त्यसैले  सङ्कटमोचक बजरंगबली भनेर पनि उनलाई चिनिन्छ। उहाँ जीवनभर रामभक्त भएर समर्पित थिए। केही कथनहरू अनुसार उहाँले सूर्य पुत्री शुभचलासँग विवाह गर्नुभएको थियो। पतिपत्नीबीचको प्रेम प्रगाढ होस् भनेर आज पनि उहाँहरूको पूजा गर्ने चलन छ।

हनुमानले रावणद्वारा बन्दी बनाइएका शनिदेवलाई छुटाएको कथा पनि प्रचलित छ। यसपछि शनिले हनुमानको दर्शन गर्ने व्यक्तिलाई शनि दोष नलाग्ने वरदान दिएका थिए। त्यसैले शनिको अशुभ प्रभावबाट बच्न हनुमानको पूजा र हनुमान चालिसा पाठ गर्ने परम्परा कायम छ।

शास्त्रहरू अनुसार हनुमानको नाम लिने, पूजा गर्ने वा चालिसा सुन्ने व्यक्तिलाई भूतप्रेत, नकारात्मक शक्ति र भयले केही गर्न सक्दैन। त्यसैले हनुमान जयन्तीका दिन श्रद्धापूर्वक हनुमानको पूजा–पाठ गरेर आत्मबल, साहस र निष्ठा प्राप्त गर्ने मान्यता छ।

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ