
सोमवारे औंसी
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .सोमवार र अमावास्या तिथि जुटेको दिनलाई ‘सोमवती अमावास्या’ वा ‘सोमवारे औंसी’ भन्दछन्। सोमवती अमावास्यालाई धर्मशास्त्रमा पुण्यकार्य गर्ने विशेष दिनका रूपमा लिइएको छ।
अमावास्या तु सोमेन सप्तमी भानुना सह ।
चतुर्थी भूमिपुत्रेण सोमपुत्रेण चाष्टमी ।।
चतस्रस्तिथयस्त्वेताः सूर्यग्रहणसन्निभाः ।
स्नानं दानं तथा श्राद्धं सर्वं तत्राक्षयं भवेत् ।।
सोमवारका दिन आौंसी, आइतवार सप्तमी, मंगलवार चौथी, बुधवार अष्टमी तिथि परेमा ती तिथिहरू ग्रहणसमान फल दिने हुन्छन्। यी तिथिहरूमा गरिएका स्नान, दान एवं श्राद्ध अक्षयफल दिने खालका, अत्यन्त पुण्यफलदायक हुन्छन् भनिएको हुनाले सोमवारे औंसीलाई अत्यन्त पुण्यदायक मानिएको हो।
प्रातरुत्थाय व्रतिना स्नानं कार्यं जलाशये।
स्नात्वा मौनेन कौशेयं परिधाय व्रती ततः।।
सोमवारे औंसीमा बिहानै उठेर नबोली नुहाउनाले एक हजार गाई दान गरेकोबराबर फल मिल्दछ भनी धर्मशास्त्रमा उल्लेख गरिएको छ। यसर्थ अमावास्या र सोमवारको योग अन्य तिथि–वारको योगभन्दा विशेष महत्त्वपूर्ण मानिन्छ।
सोमवारे औंसी को दिन पीपलका वृक्षको फेदमा लक्ष्मीसहित भगवान विष्णु आएर बस्नुहुने हुनाले यस दिन पीपलका फेदमा विष्णुलक्ष्मीको पूजा गर्नुपर्दछ। यसका साथै पीपलको पूजा गरी दीपदान र पीपलका जरामा जलदानसमेत गर्नुपर्दछ। यसरी पूजा, दीपदान र जलदान गरिसकेपछि यथासम्भव १००८ पटक, नभए १०८ पटक वा ५४ पटक वा २८ पटक वा १० पटक वा कम्तीमा चार पटक प्रदक्षिणा गर्नुपर्दछ। यसो गर्नाले जन्मजन्मान्तरदेखिका समस्त पाप नास भई ग्रहबाधा समेत समाप्त हुन्छन् र सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भनी शास्त्रहरूमा बताइएको छ।
पीपलको फेदमा गई पूजा गर्दा प्रारम्भमा यसरी संकल्प गर्नुपर्दछ–
पूर्वसंकल्पसिद्धिरस्तु। …गोत्रोत्पन्न … शर्मा / वर्मा / गुप्त / देवी अहं अस्यां सोमवत्यमायां सकलपापक्षयपूर्वकं पुत्रपौत्राद्यभिवृध्यर्थं जन्मजन्मन्यवैधव्य–सन्तति–चिरजीविन–सौभाग्यप्राप्तिकामोऽहमश्वत्थमूले लक्ष्मीसहितविष्णुपूजां तदङ्गतया दीप–कलश–गणेशपूजनपूर्वकं विहितमश्वत्थपूजनञ्च करिष्ये।
यसपछि विधिपूर्वक दीप–कलश–गणेशको पूजा गरी पीपलका फेदमा विष्णुलक्ष्मीको षोडषोपचारले पूजा गर्नुपर्दछ। त्यसपछि पीपलको पनि पूजा गरी विशेष दीपदान गरेर प्रदक्षिणा गर्नुपर्दछ। धागो पनि १०८ पटक बेर्नुपर्दछ। त्यसपछि आरति, पुष्पाञ्जलि गरेर कर्म समापन गर्नुपर्छ।
ॐ मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे।
अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः।।
यो मन्त्र उच्चारण गरी पीपल १–१ फल अर्पण गर्दै १००८ पटक वा सकेजति प्रदक्षिणा गर्नुपर्दछ।
यसप्रकारले १२ वर्षसम्म वा त्यति नसक्दा कम्तीमा १२ वटा सोमवारे औंसीका व्रत बसी उद्यापन गर्ने विधान छ।
जुन 3, 2019 2 वर्षहरु
Malae yesma derae ruchi x
Ani wiswash pani x
जुन 3, 2019 2 वर्षहरु
धेरै राम्रो लागो
जुन 3, 2019 2 वर्षहरु
good..
जुलाई 20, 2020 8 महिनाहरु
Ek hapta agadi nai aauney hapta ma parney bishesh din haru ko baareyma Janna sakiney bhako bhaye ajha ramro snga tyo din ko tayari garna milthyo.
जुलाई 20, 2020 8 महिनाहरु
Aaj vagawan shiva ji ko puja huncha ki nai ?
जुलाई 20, 2020 8 महिनाहरु
एकदम राम्रो लागो मलाइ म सधै नि यस्ता ज्ञान का कुरा हेर्ने गर्छु ।
जय श्री राधे
जुलाई 20, 2020 8 महिनाहरु
अति नै राम्रो अनि खुसीको कुरा ।
जुलाई 20, 2020 7 महिनाहरु
धेरै दिन पछि पुजा गरे लोक दौन को बेला
सोम ’bout आउसी राम्रो लगेयो
जुलाई 20, 2020 7 महिनाहरु
राम्रो लाग्यो। अन्य चाड पर्व मा पनि यसरी नै सो पर्व को जानकारी गराउनु होला।
धन्यवाद।।।
डिसेम्बर 14, 2020 3 महिनाहरु
Gurudev, namaste ( pradachina vaneko ke ho gurudev)
डिसेम्बर 14, 2020 3 महिनाहरु
के यो दिन केटि ंभगाउनु हुन्छ
डिसेम्बर 14, 2020 3 महिनाहरु
हिन्दु धर्म अनुसार किन साेमबार मात्र व्रत बसनु पर्छ?
डिसेम्बर 14, 2020 3 महिनाहरु
नमस्कार
हजुर, त्यस्तो छैन हिन्दु धर्ममा, विभिन्न बारमा विभिन्न कामनाले व्रत बसिने गरिन्छ।
धन्यवाद
नेपाली पात्रो परिवार