No Image
नेपाली पात्रो > चाडपर्व > सोनाम ल्होसार

सोनाम ल्होसार

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
फ्रेवुअरी 12, 2021

फ्याफुल्ला !!! पाठक वृन्दहरू, आज, माघ शुक्ल प्रतिपदा, नेपालमा रहेका विभिन्न समुदायहरू  मध्येका एक “तामांङ्ग” जातीय समूहको एक महत्त्वपूर्ण चाड / पर्व ल्होसार / ल्होसार को दिन हो। देश विदेशमा छरिएर रहेका सम्पूर्ण तामांङ्ग समुदाय तथा हरेक नेपालीलाई यस पर्वको नेपाली पात्रोको तर्फ बाट हार्दिक शुभ-कामना!!!! ।  “ल्हो”  को शाब्दिक अर्थ “वर्ष” वा “उमेर हुन्छ भने “सार” को अर्थ “नयाँ “वा “ताजा” हो। तसर्थ, ल्होसार शब्दको शाब्दिक अर्थ नयाँ वर्ष वा नयाँ युगको सुरुवात हो। तामांङ्ग समुदायले मनाउने यस सोनाम ल्होसार पर्व, विक्रम सम्बत क्यालेन्डर वा पात्रो अनुसार माघ शुक्ल प्रतिपदाको दिनमा मनाउने गरिन्छ।  

यस चाडलाई नेपालमा सोनाम ल्होसार / लोसार र भारतको सिक्किम, दार्जिलिङ आदी स्थानहरूमा “सोनाम ल्होछार” को नामबाट चिनिन्छ जहाँ लामो समयदेखि तामांङ्ग समुदायहरू बसोबास गर्दै आएका छन्। यो चाड कुनै कुनै वर्ष विक्रम सम्बत पात्रोले कसरी दिनको व्याख्या गर्दछ त्यसमा निर्भर हुने हुँदा कुनै वर्ष माघ शुक्ल प्रतिपदाकै दिन नपर्न पनि सक्छ, जसको कारण यो चाड भारत र नेपालमा समेत पनि फरक दिनमा मनाइने हुन सक्ने सम्भावना  रहन्छ। छोटकरीमा भन्नु पर्दा, पुरानो वर्षको बिदाइ र नयाँ वर्षको अभिवादन लाई नै ल्होसार वा लोसार भनिन्छ।

सोनाम ल्होसार तामांङ्ग समुदायको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा ठुलो उत्सव हो। यो पर्व नेपालका कुनाकाप्चा मा बस्ने तामांङ्ग समुदाय सहित विश्व भरि छरिएर रहेका तामांङ्ग समुदायले ठुलो आस्था र हर्षोल्लास का साथ मनाउने गर्दछन्। तामांङ्ग समुदायले  वर्ष गणना गर्ने आफ्नै परम्परा छ, जुन विभिन्न १२ जनावरहरूको प्रतीकहरूसँग सम्बन्धित हुन्छ, जसको  गणना मुसा बाट सुरु भएर  बँदेलमा समाप्त हुन्छ। 

ल्होसारको  परम्परा:  

तामांङ्गहरूले आफ्नो वर्षलाई १२ महिना वा चक्रमा विभाजन गर्ने गर्दछन्, र, प्रत्येक जनावरले एक राशिफलको प्रतीक वा प्रतिनिधित्व गर्दछ। यसले नयाँ सालको महिनाहरूको चिनारी क्रमलाई पनि अनुसरण गर्दछ र यो पनि भनिन्छ कि लामो समय पहिले जब नेपालमा कुनै पात्रो थिएन तब उनीहरूले १२ राशिको प्रतीक प्रणाली व्यक्तिको उमेर गणना गर्न समेत प्रयोग गर्ने  गर्दथि। 

अन्य विभिन्न समुदाय वा देशहरूमा जस्तै तामांङ्गहरूले पनि आफ्नो नयाँ वर्षको चाडलाई अर्थात् ल्होसार लाई ठुलो खुसी र धार्मिक चाडपर्वका रूपमा मनाउँदछन्, जुन स्थान र सामाजिक स्थितिको आधारमा सामान्यतया कम्तीमा पाँच दिनदेखि अधिकतम पन्ध्र दिनसम्म मनाउने गरिन्छ।

ल्होसारको तयारीको रूपमा, यस समुदायले नयाँ वर्षलाई स्वागत गर्न आ- आफ्नो घर सफा गर्ने र सजावट गर्ने गर्दछन्। अरु समुदायहरूले झैँ आफ्नो परम्परामा अनुसार तामांङ्ग समुदायका मानिसहरूले पनि नयाँ लुगाहरू किन्ने, आ -आफ्ना जीवन स्तर अनुसार घरको साज सज्जा गर्ने गर्छन्। त्यसै गरी घरका झ्याल, ढोका हरू आर्थिक अवस्थाले सके सम्म रङ्ग रोगन गर्छन् भने नसकेको खण्डमा रङ्गिन कागजात र कपडाहरूले “राम्रो भाग्य”, “खुसी”, “धन”, र “दीर्घायु” को कामना रहित विभिन्न वस्तुहरूले घर इत्यादि सजाउने चलन समेत रही आएको छ। ल्होसारको अवसरमा आफन्तहरूलाई खाना खान बोलाउने, सबै छर- छिमेक सँगै मिलीजुली, स-परिवार गक्षले भ्याए सम्म राम्रो मिठो खानपिन गरी नयाँ वर्ष को आगमनमा खुसी हुने चलन रही आएको छ।

घरका छानाहरू सहित स्तुपाहरु, छोर्तेनहरु, मठ मन्दिरहरू, र हिमालय भेग तिर पहाडका टुप्पाहरू लाई पनि रंगीबिरंगी प्रार्थनाका झन्डाहरूले सजाउने गरिन्छ, जुन झन्डाहरू पाँच वटा रङ्ग समावेश गरी बनाइएको हुन्छ, ती पाँच रङ्गहरूले पन्च तत्त्वहरूको प्रतिनिधित्व गर्दछ। यसरी यी सजावटका सामानहरू राख्नु को उद्देश्य वर्ष भरि घर परिवार सबै तिर शान्ति, सुरक्षा, र सद्भाव  कायम रहोस् भन्ने हो। 

 नयाँ वर्षको पहिलो दिनमा तामांङ्गहरू स-परिवार तथा साथीहरू सहित परम्परागत पोसाकमा स्तुपा र मठ-मन्दिर हरू इत्यादि को दर्शन र भ्रमण गर्दछन्। यस अवसरमा, विहारहरूमा बौद्ध भिक्षुहरूले विभिन्न प्रकारका मुकुट र विशिष्ट पहिरन लगाएर भिन्न भिन्न नृत्यहरू पनि प्रदर्शन गर्छन्। र, भिक्षुहरूले नकारात्मक शक्तिहरूलाई निष्कासन गर्ने र परिवार र सामान्य जनताहरूका जिन्दगीमा सकारात्मकता ल्याउने उद्देश्यका साथ धेरै किसिमका अनुष्ठानहरू समेत गर्छन्।

सोनाम ल्होसार को उत्सव:

तामांङ्गहरूको नयाँ वर्षको उत्सव, ल्होसार एक ठाउँ बाट अर्को ठाउँमा अलिक फरक भने हुन सक्छ, तर सामान्यतया यो धेरै कुराहरूमा समान हुन्छ। तामांङ्गहरू धार्मिक अनुष्ठानहरूका लागी स्तुपाहरु, चैत्यहरू र मठ-मन्दिरहरु जान्छन्। सामान्यतया, यो उत्सव लगभग दुई हप्तासम्म मनाउने गरिन्छ। ल्होसारको तयारी खाप्से (तातो तेलमा पकाइएको एक प्रकारको रोटी, शेर्पा समुदायले पनि प्रयोग गर्छन्) भन्ने विशेष खाजाको तयारीबाट सुरु हुन्छ जुन ल्होसारको दिनमा खाइने विशेष चीजहरू मध्ये एक हो।

 ल्होसारको अघिल्लो दिन, सम्पूर्ण परिवार मिलेर आफ्नो घर सफा गर्न र सजावटको लागि जम्मा हुन्छन्; विशेष गरी भान्सा कोठा जुन स्थानमा उत्सवको लागी चाहिने सम्पूर्ण आवश्यक व्यञ्जनहरू बनाइन्छ भने सामान्य दिनहरूमा पनि सधैँ खाना  बनाउने काम गरिन्छ।  परम्परागत रूपमा त्यस दिन घर सफा गर्नु भनेको अब आउने राम्रो भाग्यको आशाका साथ त्यसको लागि मार्ग बनाउँदै, सबै नराम्रो भाग्यलाई मेटाउनु हो।

नयाँ वर्ष उत्सवका लागि धेरै प्रकारका व्यञ्जनहरू पकाइन्छन् जस मध्ये एक विशेष प्रकारको सूप बनाउने गरिन्छ जुन परिकार लाई मो: मो: वा सी-मो: मो: सँग खाने गरिन्छ जसलाई “गुथ्थुक” भनिन्छ। यो सूप प्राय: विभिन्न खाद्यहरू जस्तै चामल, सक्खर खण्ड, मासु, गहुँ, याक चीज / घिउ, हरियो खुर्सानी, मरीच, मूला, र गाजर इत्यादिको मिश्रणले बनेको हुन्छ।   ल्होसार चाडको भोजमा सामान्यतया सुँगुर/बँदेल, हास, कुखुरा, र खापसे लगायतका  विभिन्न प्रकारको मिठाईहरू समेत समावेश गरिएका  हुन्छन्। ल्होसारको दिन, साँझपख सम्पूर्ण परिवारजन जम्मा हुन्छन् र त्यस अवसरको लागी बनाइएका मिठा मिठा परिकारहरूका साथ घरमा नै बनेको मदिरा इत्यादि सबै सँगै बसेर खाने गर्दछन्। यो उत्सव लगभग पुरै रात साथीभाइहरू सहित मनाउने गरिन्छ, जब घडीको सुईले मध्यरातको १२ छुन्छ, भेला भएका सम्पूर्ण परिवार र साथी – भाइ हरूले परम्परागत अभिवादन, “ताशी धेले ” एक अर्कालाई आदान प्रदान गर्छन् र यसरी तामांङ्ग समुदायले आफ्नो नव वर्ष अर्थात् ल्होसार मनाउने गर्दछन्। 

 यसरी, तामांङ्गहरु पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर, राती ढिलो सम्म रहँदै परिवार र साथीभाइहरू सहित एक आपसमा नयाँ वर्षको अभिवादन साटासाट गर्दछन्। नयाँ वर्षको सुरुवात भएको उत्सव बा पुरानो वर्षको बिदाइको उत्सवलाई सङ्गीत, नृत्य इत्यादिको साथमा डम्फुको तालमा “तामांङ्ग सेलो” मा नाच्ने र मनोरञ्जन गर्ने गर्दछन्।

 काठमाडौँमा ल्होसारको रौनक: 

आजको समय काठमाडौँ सहर विभिन्न जात-जातीहरूको एक साझा केन्द्र भएकोले आज काठमाडौँ भित्र र यस सहर वरिपरि बस्ने तामांङ्गहरु सोनाम ल्होसार मनाउन यसको मध्य भागमा रहेको टुँडिखेलमा भेला हुन्छन्। त्यहाँ लोक – दोहोरी प्रतियोगिता, नाटक, र फुड फेस्टिभल जस्ता आकर्षणहरूका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरिएका हुन्छन्।

तामांङ्गहरु भेला भएको उक्त समूहमा उनीहरू आफ्नै जातीय पोसाकमा देख्न सकिन्छ, महिला र केटीहरूले उनीहरूको परम्परागत लुगा लगाएका हुन्छन्, त्यस्तै पारम्परिक टोपीसहित विभिन्न गहनाहरूले सजिएका हुन्छन्, भने पुरुषहरू पनि खास किसिमको परम्परागत तामांङ्ग पोसाकमा संलग्न हुने गर्छन्।

तामांङ्गहरू को हुन्, तिनीहरूको इतिहास संक्षिप्तमा:

तामांङ्गहरू नेपालको सबैभन्दा ठुलो जन जातीय समूह हो, देशको कुल जनसङ्ख्याको ८% तामांङ्गहरू रहेका छन् । नेपालको पुरातन जनजाति मध्ये एक भएकोले उनीहरूलाई “यम्बुको मान्छे” भनेर पनि चिनिने गरिन्छ। “तामांङ्ग” शब्द दुई शब्दहरू मिलेर बनेको छ, “ता” ले “घोडा” लाई जनाउँछ भने “मांङ्ग” भनेको “सवार” हो। तसर्थ, हामी तामांङ्ग हरूलाई   घोडा व्यापार र घोडसवार  सँग जोड्न सक्छौ। विभिन्न तथ्यहरु मध्ये एक उल्लेख गर्नै पर्ने तथ्य यो पनि हो कि उनीहरू  “घोडसवार  योद्धा” भनेर पनि चिनिन्छ ।

नेपालमा रहेका विभिन्न जन-जाती मद्ये तामांङ्गहरु एक समुदाय हुन्, तथा उनीहरूको आफ्नै संस्कृति, भेष भूषा र भाषा छ जसले गर्दा उनीहरू अरु जातीय समुदायहरू भन्दा फरक छन्। नेपालमा, तामांङ्ग समुदायहरू सामान्यतया मध्य-पहाडी क्षेत्र, पहाडी क्षेत्रका साथै काठमाडौँ उपत्यका ’round बसोबास गर्छन्।

धेरै तामांङ्ग समुदाय नेपालको हिमालको रेखा मुनितिर देखी मध्य पहाडी क्षेत्र सम्म  बसोबास गरेको देखिन्छ। राजधानी काठमाडौँ सहित, उनीहरू सामान्यतया सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, दोलखा, रामेछाप, आदि जिल्लाहरूमा बसोबास गरिरहेका  छन्।

यद्यपि, आजकल तामांङ्गहरू सम्पूर्ण नेपालभरि मात्र छरिएका छैनन् तर विश्वका अन्य देशहरू जस्तै उत्तर अमेरिका, इङ्गल्यान्ड लगायत युरोपका केही देशहरूमा समेत  बसोबास गरिरहेका भेट्न सकिन्छ। त्यसै गरेर यस समुदायका धेरै तामांङ्गहरू पूर्वी भारत, खास गरी सिक्किम, दार्जिलिङ, मेघालय, आसाम, नागाल्याण्ड देखि गुहाटी सम्म बसाई सरेका छन्, भने उनीहरू अहिले भुटान र बर्मामा समेत पनि भेटिने गरिन्छ।

तामांङ्ग समुदाय उनीहरूको परम्परा र संस्कृतिमा पनि उत्तिकै धनी छन्, उनीहरू तामांङ्ग भाषा बोल्छन् जुन भाषा तिब्बती बर्मेली परिवारको एक सदस्य हो। तसर्थ, उनीहरूको आफ्नै परम्परा, भाषा, भेष-भूषा, संस्कृति, र सामाजिक संरचनाहरू छन्। अधिकांश तामांङ्ग बौद्ध धर्म मान्दछन् तर, नगण्य  स्थानहरू पनि छन्  जहाँ यस समूहले तिब्बती बौद्ध धर्म पनि मान्ने गरेको भेटिन्छ। नेपालको “केन्द्रीय तथ्याङ्क विभाग” को विवरण  अनुसार ९० % तामांङ्गहरुले बौद्ध धर्म  मान्छन् । 

 तामांङ्ग सेलो, तामांङ्गहरुको सङ्गीत ।

तामांङ्गहरूको आफ्नै सङ्गीत छ, जसलाई “तामांङ्ग सेलो” को नामले चिनिन्छ। गीत सङ्गीतका  कार्यक्रमहरू को समयमा प्रयोग हुने सानो गोलाकार साङ्गीतिक उपकरणलाई “डम्फु” भनिन्छ। यो गोलाकार काठले बनेको हुन्छ जसको एक छेउ खुला हुन्छ भने एक छेउ बाख्रा वा खसीको छालाले ढाकिएको हुन्छ, जसलाई बत्तीस वटा स-साना मसिना बाँसको पेन्सिल जस्ता टुक्राहरूले गोलाकार काठमा जडान गरिएको हुन्छ। तामांङ्ग सेलोले ल्होसारको जस्तै चाडपर्वका साथै अन्य चाडपर्वहरूमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछ। यस समुदायमा डम्फु बजाउनु र सेलो गाउनु धेरै सामान्य कुरा हो, जुन आनन्द, शोक, दुःख वा ठट्यौली आदिको संयोजनको रूपमा वर्णन गर्न सकिन्छ जसमा ठट्टा, दार्शनिक विचार, मजा, जीवनशैली, साथै जीवनको आनन्दको संयोजन समावेश गरिएको हुन्छ। अन्य सबै अस्तित्वमा रहेका साङ्गीतिक शैलीहरू जस्तै तामांङ्ग सेलोले पनि सामाजिक, भाषिक र सांस्कृतिक सीमा पार गरेको छ; यसैले, यो नेपालमा एक धेरै लोकप्रिय नेपाली सङ्गीतको रूपमा परिचित भएको छ।

डम्फु र यसको उत्पत्तिको कथा

तामांङ्गहरूको  पौराणिक कथाका अनुसार उनीहरू घुमन्तेहरू थिए कहिले एक ठाउँ त केही दिन पछि अर्को ठाउँ सर्ने गर्थे। उनीहरू खाना र आश्रयको खोजीमा नै एक ठाउँमा नबसी एक बाट अर्को ठाउँ सर्ने गर्थे। तिनीहरू जङ्गली फलहरू, पिँडालु आदि खान्थे भने मासुको लागि जनावर हरुको सिकार गर्थे। तिनीहरू दिनभर सिकार गर्थे र त्यो सिकार सँगै बस्ने सम्पूर्ण समुदायलाई बाँड्नु पर्ने चलन थियो ’cause सिकारीहरूको समूह अस्थायी आश्रयमा बस्ने धेरै परिवारको सदस्यहरू मिलेर बन्ने गर्थ्यो ।

एक चोटि, सिकार समूहका नेता, जसको नाम “पेङ्ग दोर्जे” थियो केही सदस्यहरूसँग सिकार गर्न गए, तर, उक्त दिन दिनभर सिकारको खोजी गर्दा पनि केही नभेटेर उनीहरू खाली हात आश्रय स्थल तिर फर्कन लागेका थिए। गोधूलि साँझको बेला, सिकार बिना घर फर्कँदै गर्दा, पेङ्ग दोर्जेले ठाडो उकालो चट्टानमा अचानक एउटा बोका चरी रहेको देखे।

  पेङ्ग दोर्जेले तत्काल आफ्नो बाण निकालेर त्यसमा तीर राखी बाख्रालाई लक्षित गरेर तीर छोडे र त्यस बाख्रालाई मारे, त्यसपछि उनले बाख्राको छाला झिकी त्यसलाई सूर्यको तापमा सुकाए। जब सूर्यको तापबाट त्यो छाला सुख्खा भयो, उनले एउटा सानो गोलाकार काठमा बासको मसिना लट्ठीहरूको मद्दतले उक्त छालालाई जडान गरे। र,  उनले उक्त गोलाकार वाद्यवादन लाई हातले बजाई सिकार वा खानाको लागि परमेश्वरलाई धन्यवाद दिए। यसरी पेङ्ग दोर्जेले आफ्नै हातले बनाएर बजाइएको उही सानो मादल प्रकारको वाद्य यन्त्रलाई डम्फु भनेर चिनिन्छ।

अन्तिम मा 

लोसार, ल्होछार वा ल्होसारले सम्पूर्ण तामांङ्ग जाती लाई मात्र नभई समग्र नेपालीमा आनन्दको संचार ल्याउँदछ किनकि हामी सबै नेपाली हौँ र हामी नेपालीलाई नेपालको हरेक जाती हरुको पर्व, चाडबाड आदी ले हर्षको भावना ल्याउँदछ।    

 तसर्थ, फ्या – फुल्ला, ल्होसार तामांङ्ग हरुले मात्र मनाउने भनेर अरूले त्यस दिन रमाइलो गर्न हुन्न भनेर न कतै लेखिएको छ न भनिएको नै छ, हामी सबै नेपाली हौ त्यसैले हरेक जातीको चाडबाडको सम्मान गरौँ र समय मिले सबैले सबैको पर्व मनाउँदै हरेक जातजाति मेल मिलाप मा अगाडी बढौँ,  बाँचौँ र बाच्न दिऊ।


Related Posts

Comments

    katak

    how many year of these sonam lhosar ,is these 200years or what please mention it. thank you

    Dhanjit Tamang

    Good job!!

    छिरिङ दोङ

    सोनाम ल्होसार

    Narendra

    Thanks for this information.I wish more people to read these informations and be familiar with our diverse societies, religions, culture, traditions; i encourage you to keep posting such informations more prominently over various social platforms.

    सबिना ब्लोन

    धन्यवाद हजुरलाइ..यसलाइ पढेर धेरै जानकारी पाए। हाम्राे तामाङ्ग समाज ’boutमा..अन्त्यमा फेरी पनि धन्यवाद..

    geljen salaka

    sherpa salaka

    Binod

    Binod nepali

    ram ratan

    kam


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!