• 39
  • सिथि नख: धार्मिक एवं वातावरणीय पक्ष
    नेपाली पात्रो > चाडपर्व > सिथि नख: धार्मिक एवं वातावरणीय पक्ष

    सिथि नख: धार्मिक एवं वातावरणीय पक्ष

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    जुलाई 9, 2021

    सिथि नख:, नेपाल भाषा: पात्रो वा क्यालेन्डरको “तछला” अर्थात् वर्षको आठौँ महिना, र हिन्दु चन्द्र पञ्चाङ्ग अनुसार ज्येष्ठ महिनाको जेष्ठ शुक्ल पक्षको षष्टिमा पर्ने एक विशेष चाड हो। पूर्वीय ग्रेगोरियन पात्रो अनुसार छैठौ महिना, जुन महिना मा पर्ने यो चाड काठमाडौँका पुराना बासिन्दा नेवारहरूको साथ-साथै अरू जात-जातिले समेत मनाउने एक रमाइलो चाड हो। काठमाडौँ उपत्यकाका नेवार  एक आदिवासी समूह रहेको र पुरातात्त्विक खोजहरू अनुसार ६ औ शताब्दीको  सुरु देखि नै एक उच्च विकसित समुदायको रूपमा रहेको पनि देखिँदै आएको छ। यस महिनामा मनाइने केही प्रमुख चाडपर्वहरूमध्ये, सिथि नख: हिन्दु आराध्य देव शिव- पार्वतीका दुई छोराहरू मध्येका एक कुमार कार्तिकेयलाई समर्पित गरिएको चाड हो।

    सामान्यतया, देव कुमार कार्तिकेयलाई युवा र शक्तिशाली योद्धाको रूपमा भाला समातेर मयुर माथि बसिरहेको रूपमा चित्रण गरिन्छ। मनसुन वा वर्षाको समय र कुमार कार्तिकेयको विशेष सम्बन्ध रहेको देख्न सकिन्छ। ध्यान दिएर हेर्दा, सिथि नख: चाडले एक गहिरो एवं महत्त्वपूर्ण अर्थ बोकेको देख्न सकिन्छ। भगवान् कुमार कार्तिकेयको मण्डप पिखलाखु  (घर बाहिरको स्थान) कोर्ने चलन समेत रहेको पाइन्छ। जहाँ हरेक दिन पुजा आजा गर्ने समेत गरिन्छ। 

    यद्यपि, नेपालीहरूको मनमा कुमार कार्तिकेय एक बालक भए पनि उनी  शक्तिशाली छन् र क्रोधित प्रवृत्ति भएका छन्। तसर्थ, यदि ऊनलाई राम्रोसँग चित्त नबुझाएको खण्डमा भने उनले वर्ष दिनको धान बालीलाई ठुलो नोक्सान पुर्‍याउन सक्ने छन्। यही कारण पनि यो चाड सिठी नख: मनाउने चलन चलेको समेत हुन सक्ने विश्वास गरिन्छ। 

    इतिहासकारहरूले यो परम्परा कहिले सुरु भयो भनेर अझै ठ्याक्कै पत्ता लगाउन नसकेका भए पनि, काठमाडौँ उपत्यकाको सहरीकरणको प्रक्रियासँग यस चाडको सम्बन्ध हुन सक्ने भने जानकारहरू बताउने गर्दछन्। पुरातत्त्वको उचित र गहिरो रूपमा अध्ययन नगर्ने, र सतही अध्ययन गर्ने अभ्यास रहेको कारण यस चाड सम्बन्धी ऐतिहासिक सामग्रीहरू विरलै भेटिएका छन्। कुमार षष्ठीको नामले समेत चिनिने यो चाड लिच्छवी कालको मध्य इ.स ४०० र ७५० पूर्व तिर सुरु भएको हो कि भन्ने विश्वास भने गर्ने गरिन्छ। 

    उपत्यका भित्र काठमाडौँ, ललितपुर र भक्तपुर आदि सहरहरूको वरिपरि अध्ययन गर्ने हो भने देख्न सकिने अनौठो कुरा यो हो कि यी कुनै पनि स्थानमा प्राकृतिक पानीका स्रोतहरू मानव बस्ती बाट केही टाढा नै रहेका छन्। त्यसैले ढुङ्गे धारा हरू को निर्माण गरी बस्ती लाई चाहिने पानीको श्रोत नजिक ल्याइएको छ। त्यसै गरी यी पानीका सुविधाहरू भित्र ‘राज कुलो’ जस्ता जटिल प्रणाली समेत प्रस्तुत गरिएको देख्न सकिन्छ जुन अहिले हराएका छन्। 

    लिच्छवी कालका राजाहरूले पानी वितरण को एउटा मुख्य प्रणाली बनाएका थिए। जस अनुसार नेवार सहरहरूमा मानव निर्मित पोखरीहरू पर्याप्त मात्रामा रहेका छन्। प्रत्येक समुदायसँग उसको आफ्नै पोखरी, ढुङ्गे-धारा र कुवाहरू रहेका छन्। पोखरी हरू आपत् कालिन प्रयोगको लागि निर्माण गरिएको हुन सक्ने देखिन्छन्। 

    सिथि नख: को धार्मिक महत्त्व बाहेक वातावरणीय पक्ष पनि देख्न सकिन्छ ’cause यस दिन पानीका श्रोतहरू जस्तै इनार, पोखरी र धाराहरू सफा गर्ने चलन रही आएको छ। स्थिर पोखरी तलाउ आदि लामखुट्टेहरूका लागि आश्रय स्थल हुन्छन्। स्थिर पानी बाट सधैँ टाइफाइड, हैजा, र झाडा पखाला जस्ता पानीजन्य रोगहरू फैलिने डर रहन्छ। सहरी क्षेत्रमा भीड, अव्यवस्थित फोहोर व्यवस्थापन प्रणाली, खुला दिसा-पिसाब जस्ता समस्याहरूले भयंकर महामारीहरूलाई जन्म दिएको हुन सक्छ। र, यी सबै समस्याहरूको समाधान गर्ने दुख: कम गर्ने उध्येश्य ले राज्य र समुदायले योजना अन्तर्गत सिथि नख: को सुरुवात गरेको हुन् सक्ने देखिन्छ।

    सिथि नख:को दिन विशेष खानामा “व”, अर्थात् मासको दाल, मुङ्ग, सानो केराउ र मुसुरोको गरी चार थरि बाराहरूको साथमा चटामरी (चामलको पीठोबाट बनेको रोटी) जस्ता नेवारी परिकारहरूको खाजा खाने गरिन्छ। आजको अघिल्लो दिन पुरुष सदस्यहरूले सफाइ सामग्रीहरू तयार गर्दै गर्दा, महिलाहरूले चार थरि दालहरू रात भरी भिजाउँदछन्। पुरुषहरू उनीहरूको नजिकको पानीको स्रोतको सरसफाइ गर्ने र सफा रहेको सुनिश्चित गर्ने काम गर्छन्। उता नारीहरू यसरी भिजाइएको दालहरूबाट बारा र चामलको पिठो प्रयोग गरी चटामरी को रूपमा परिचित अनि स्वादिष्ट व्यञ्जनहरू बनाउने गर्छन्। यसरी बनेको परिकार “भ्वे” को रूपमा सबै मिलेर सेवन गरिन्छ। चटामरीको स्वाद अझ अधिक स्वादिष्ट बनाउन अण्डा, वा मासुको किमा आदि त्यस माथि वाट राखेर पकाइन्छ। यसमा आधुनिक तरिका बाट चीज र मासु समावेश गरेको खण्डमा यसले नेवार समुदायमा इटालियन पिज्जाको स्वाद दिने काम समेत गर्छ।  

    परिवारजन हरूले नेवारी “भ्वे” मा रमाउने जाड/छ्यांग (चामलको बियर जस्तो) र अईला (रक्सी) जस्ता परम्परागत तरल पदार्थ सँग खुसी बाट्ने मौका पनि यस चाडले दिने गर्छ। खाना/खाजा पछि मिठो परिकारको (डेजर्ट) रूपमा थोरैमात्रामा कुटेको चामलसँग समावेश गरिएको चिनी, मूला र गाजरको मिश्रणको साथ दहीको सेवन गर्ने गरिन्छ।

    अरु सबै नेपाली चाडपर्वहरू झैँ यस चाडले पनि आफ्नै महत्त्व बोकेको पाइन्छ भने आ-आफ्नो घर वरिपरि रहेको इनार, धारा, जरुवा,  कुवा  इत्यादि सरसफाइ गरी मनाइने यो चाड अवश्य पनि सबैले मनाउन सकिन्छ। सबैले यी चाड हरुको वैज्ञानिक र सांस्कृतिक महत्त्व बुझेर सक्दो समर्क्षण र संवर्द्धन गर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता हुन् आउँछ। सिथि नख: को सम्पूर्ण नेवार समुदायको साथ साथै हरेक नेपालीलाई नेपाली पात्रोको तर्फबाट धेरै धेरै शुभ-कामना। 

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4738 (16) { ["term_id"]=> int(5032) ["name"]=> string(28) "प्रमुख लेख" ["slug"]=> string(18) "principle-articles" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(5032) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(0) "" ["parent"]=> int(0) ["count"]=> int(7) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(5032) ["category_count"]=> int(7) ["category_description"]=> string(0) "" ["cat_name"]=> string(28) "प्रमुख लेख" ["category_nicename"]=> string(18) "principle-articles" ["category_parent"]=> int(0) } } principle-articles प्रमुख लेख

    युगकवि सिद्धिचरण श्रेष्ठ  

    मे 30, 2022
    By मोदनाथ प्रश्रित
    No Image array(1) { [0]=> object(WP_Term)#4739 (16) { ["term_id"]=> int(12) ["name"]=> string(40) "राष्ट्रिय दिवस" ["slug"]=> string(13) "national-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(12) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["parent"]=> int(0) ["count"]=> int(26) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(12) ["category_count"]=> int(26) ["category_description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["cat_name"]=> string(40) "राष्ट्रिय दिवस" ["category_nicename"]=> string(13) "national-days" ["category_parent"]=> int(0) } } national-days राष्ट्रिय दिवस

    Comments

      Ramita Maharjan

      this day is my born date …so I’m so curious about this day of speciality


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!