सगरमाथा सफाइका लागि नेपाल लाइफको ‘प्रोजेक्ट केयर’ अभियान, राउन्ड टेबल नेपालसँग सहकार्य

सगरमाथा सफाइका लागि नेपाल लाइफको ‘प्रोजेक्ट केयर’ अभियान, राउन्ड टेबल नेपालसँग सहकार्य

By Nepali Patro
मार्च 28, 2025

नेपाल लाइफ इन्स्योरेन्सले सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र रिसाइकलका लागि ‘प्रोजेक्ट केयर’ अभियान सञ्चालन गर्न राउन्ड टेबल नेपालसँग साझेदारी गरेको छ। यस अभियानमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी) प्राविधिक साझेदारको रूपमा सहभागी हुनेछ। नेपाल लाइफका सीईओ प्रविण रमण पराजुलीका अनुसार, कम्पनीले विविध क्षेत्रमा लगानी गर्दै आएको छ, र सगरमाथामा थुप्रिएको फोहोरलाई सफा गरी रिसाइकल गर्ने उद्देश्यले यो समझदारी गरिएको हो। एसपीसी का संयोजक छिरिङ शेर्पाले शेर्पा समुदायको संस्था एसपीसी ले कुहिने फोहोरलाई हिमाली क्षेत्रमा नै गाड्ने र नकुहिने फोहोरलाई याकको सहायतामा तल झारेर काठमाडौंमा पुनःप्रयोगमा ल्याउने बताए।

राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले वातावरण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको र सगरमाथामा भइरहेको प्रदूषण नियन्त्रण गर्न नेपाल लाइफसँगको सहकार्यमा यो अभियान सञ्चालन गर्न लागेको बताए। यस अभियानका लागि नेपाल लाइफले सुरुवातमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ।

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ