• 61
  • शिक्षा दिवस

    शिक्षा दिवस

    By Nepali Patro
    मार्च 21, 2017

    नेपालमा शिक्षाको महत्व एवं त्यसक्षेत्रमा भएको विकाशको गतिबिधिको समीक्षा गर्न मनाइने दिवसलाई शिक्षा दिवस भनिन्छ |नेपालमा शिक्षा दिवस हरेक वर्षको फाल्गुन १२ गतेको दिन शिक्षा मन्त्रालयको निर्देशनमा देशभरिका शैक्षिक संघ-संस्थानहरुमा भव्य कार्यक्रमका साथ मानिन्छ | जसले सम्पूर्ण नेपाली समाज,मानिस र देशको विकाशमा शिक्षाको योगदान र महत्व दर्शाई रहेको हुन्छ |

    नेपालको इतिहास अनुसार नेपालमा आधुनिक शिक्षाको विकाशको श्रेय तथा भित्र्याएका संस्थापकको हैसियत निरंकुश राणा शासनका जननी जंगबहादुर राणालाई दिएको पईन्छ |किनकि शुरुमा जंगबहादुर राणाको पालादेखि चंद्रशमशेर,वीरशमशेरको पालासम्ममा विभिन्न विध्यालयहरु जस्तै त्यसताकाको थापाथली अंग्रेजी विध्यालय, दरवार हाईस्कूल,भानुभक्त मा.वि.,संस्कृत पाठशाला आढि-इत्याढि खोलिएका कुरा इतिहासमा उल्लेख छ | तर यी सबै विध्यालयहरुमा पढ्ने र लेख्ने अधिकार राणा वर्गमा मात्रै सिमित रहनथियो | जसका कारण त्यसबेलामा साक्षारताको दर ५% मात्र थियो| जुन पछि गएर १०४ वर्षको राणा कालको अन्त्य र वि.सं.२००७को प्रजातन्त्रको जन्म संगै शिक्षा क्षेत्रले पक्रेको हुरी सरहको विकाशगति अनुसार साक्षारताको दर केहि हदसम्म उक्लिएर गयो |

    यसरी प्रजतान्त्रपछि नेपालको कुटनैतिकजालो विश्वभर फैलिन थाल्यो |जसलेगर्दा जनता र सरकार शिक्षाको ’boutमा अझ बढि सचेत एवं विवेकशील हुनपुगे र स्वहिअनुरूप नेपालले आजको मितिसम्ममा आउंदा विभिन्न योजना,परियोजनाहरु बनाएको र बनाउंदै आएको पाहिन्छ, शिक्षा क्षेत्रको विकाशको लागि | किनकि देशको विकाश तवमात्र सम्भव छ जब शिक्षा क्षेत्रमा पूर्ण विकाश हुन्छ भन्ने कुरा सारा नेपाली जनता अनि नेपाल सरकारले बुझिसकेको छ |

    ऐतिहासिक विवरण अनुसार शिक्षा क्षेत्र नेपालमा पुर्णरुपमा सम्पन्न भई नसकेको र विस्तारै वर्षेनी आफ्नो गतिमा विकसीत हुँदै गएको देखाउँछ | अहिले आएर नेपालमा साक्षरताको दर बढेर ६७.९%रहेको छ| जसमध्ये पुरुष- ७५.१% र महिला- ५७.४% परेको इश्वी.सं.२०११ को विवरणले देखाउँछ भने शिक्षा मन्त्रालयको पछिको विवरण अनुसार वि.सं. २०७२ साल फाल्गुन१२ को ३७ औं शिक्षा दिवस मनाउँदै गर्दासम्म नेपालको समग्र साक्षारता दर ७०% रहेको छ | जुन सकारात्मक देखिन्छ |

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4717 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    विश्व शिक्षा तथा साक्षरता दिवस

    सेप्टेम्बर 13, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

      Leave a comment

      तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

      error: Please get rights from Nepali Patro for coping contents from this site. !!!