
शहीद दिवस
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .शहीद दिवसको परिचय
नेपालमा माघ १६ गतेका दिनलाई “शहीद दिवस” को रूपमा मनाउने गरिन्छ। प्रत्येक वर्ष माघ १० गते देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन माघ १६ गते विशेष रूपमा शहीद दिवस मनाउने गरिन्छ। सम्पूर्ण व्यक्तिहरू जसले देशका लागि आफ्नो प्राणको आहुति दिने कार्य गरेका थिए उहाँहरूनै नेपालका शहीदहरू हुन। शहीद भन्ने शब्दले ती अमर मानिसहरूलाई जनाउँदछ जसले जनताको विभिन्न अधिकार, देश, संस्कृति र अस्तित्वको रक्षा गर्न र हरेक देशभक्त नागरिकको मन-मस्तिष्कमा सधैँ रहने गरी स्वतन्त्रताका लागि आफ्नो बलिदान दिए। विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। यस दिन नेपालमा विभिन्न समयमा भएका विभिन्न आन्दोलन लगायत नेपालमा नयाँ शासन व्यवस्था ल्याउन देशका लागी आफ्नो प्राणको बलिदान दिने ज्ञात र अज्ञात सबै शहीदहरूलाई उहाँहरू गरेको बलिदानको सम्झना स्वरूप माघ १६ शहीद दिवस को रूपमा मनाउने गरिन्छ।
शहीदहरुको इतिहास
प्रथमतः नेपालमा जहानियाँ राणा शासन विरुद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन चलन थालिएको हो। नेपालको पहिलो शहीद भनेर लखन थापालाई लिइने गरिन्छ भने यस दिन राणा शासन विरुद्ध लडेका विभिन्न शहीदहरू लगायतका शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री हरुको सम्झना गरिन्छ । शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, र गङ्गालाल श्रेष्ठ सहित जनता हरू राणा शासनको विरोध गर्ने कार्य गरेका थिए। यसरी जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गरेको एवम् शिक्षित गर्ने गरेको आरोपमा तत्कालीन राणा शासकले विसं १९९७ मा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो।
विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा “नेपाल प्रजा परिषद्” स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि लड्नु पर्ने र क्रान्ति गर्न प्रेरित गरेको अभियोगमा विसं १९९७ को माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित पचलीमा रहेको खरीको रूखमा झुन्ड्याई मृत्युदण्ड दिइएको थियो। यसै गरी शहीद धर्मभक्त माथेमालाई वि. सं १९९७ माघ १३ गते सिफलको रुखमा झुन्ड्याइएको थियो र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले गोली हानी मृत्युदण्ड दिने कार्य गरेको थियो।
माओवादी जन युद्ध
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व (माओवादी जन युद्ध), विसं २०६२/६३ सालको जनआन्दोलन, त्यस पछि भएको मधेस आन्दोलन तथा अरु विभिन्न प्रकारका अधिकार एवं पहिचानहरूका लागी भएका विभिन्न आन्दोलनहरूमा ज्यान गुमाउने व्यक्तिलाई शहीद घोषणा गर्ने प्रचलन देशमा रहेको छ। यति धेरै आन्दोलन अनि सङ्घर्ष भएको र अनगिन्ती व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका छन् तर सरकारसँग भने हालसम्म मुलुकमा कति व्यक्ति शहीद भएका छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क अझै पनि उपलब्ध भने छैन।
नेपाल प्रजातन्त्र ल्याउने आन्दोलन विसं. २००७ मा नै सुरु भएको र विसं २०४५ को जनआन्दोलन पश्चात् नेपालमा प्रजातन्त्रको आगमन भएको थियो। त्यसपछि फेरि नेपालमा “मसाल” नामक राजनैतिक पार्टी फुटेर “नेपाल माओवादी पार्टी” जन्मिएको थियो जसले गर्दा नेपाल १० वर्ष लामो जनयुद्ध खेपेर गणतन्त्रमा प्रवेश गरेको छ । नेपालमा वि .सं २०५२ फागुनमा सुरु भएको माओवादी सशस्त्र विद्रोह वि. स २०६३ सालमा आएर नेपालका सम्पूर्ण राजनैतिक पार्टीहरूको संयोजकत्वमा विभिन्न वार्ता पछि शान्तिपूर्ण रूपमा सकिएको थियो।
शान्ति सम्झौता २००६ (विसं २०६३)
२१ नोभेम्बर २००६ (मङ्सिर ०५, २०६३ विसं) को दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले मुलुक र जनताको प्रगतिका लागि प्रजातन्त्र र शान्तिप्रति वचनबद्ध भई विस्तृत शान्ति सम्झौता २००६ (विसं २०६३) मा हस्ताक्षर गरे। संविधानसभाको निर्वाचन अप्रिल १०, २००८ (२०६४ चैत्र २८) मा सम्पन्न भयो र मे २८, २००८ (२०६५ ज्येष्ठ १५) मा नवनिर्वाचित संविधानसभाले २४० बर्से राजतन्त्रको अन्त्य गर्दै नेपाल लाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गर्यो। २० सेप्टेम्बर २०१५ (असोज ३, २०७२ वि.स ) मा नेपालको नयाँ संविधानसभाका सभासद्हरूको बहुमतबाट घोषणा गरियो। यस ऐतिहासिक उपलब्धिबाट नेपाली जनताले निर्वाचित प्रतिनिधि निकायबाट संविधान बनाउने दशकौँ लामो सपना साकार भएको छ। जनयुद्धले राजनीतिक र सामाजिक रूपमा धेरै परिवर्तन ल्याएको छ ।
यति लामो जन युद्धले देशको धेरै मानवीय तथा संरचना हरुको क्षति गरेको भएता पनि २०६३ वि स मा गणतन्त्र आएर नयाँ संविधानको घोषणा सँगै नेपाल नयाँ तरिकाले विकासोन्मुख भएको तथ्य लाई नजर अन्दाज गर्न अवश्य पनि सकिँदैन। तर , सशस्त्र विद्रोहको १० वर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आज पनि कयौँ मानिस बेपत्ता छन्। छोटकरीमा भन्दा खेरि यति धेरै शहीदहरुको अमुल्य बलिदान र प्राण दिएर तथा नेपाली जनताले युगौँ देखि सङ्घर्ष गरेर स्थापना भएको नयाँ व्यवस्था बाट देश प्रगतिको बाटोमा अग्रसर हुन पर्ने देखिन्छ। तर धेरै राजनैतिक पार्टीहरूको राजनैतिक, व्यक्तिगत स्वार्थहरूको कारण यति धेरै शहीदहरूले देशको लागि दिएको प्राणको आहुति व्यर्थमा जान सक्ने अवस्था नआवोस भनेर जनता सदैव सचेत रहनु पर्ने देखिन्छ। त्यसै गरी चुनावमा पार्टीगत स्वार्थमा नलागीकन स्वछ छवि भएको ठिक व्यक्ति छान्ने ठुलो जिम्मेवारी अब नेपाली जनताको नै काँधमा आएको छ।
शहीदहरूको बलिदान
वीर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ र अरु धेरै शहीद हरुको सङ्घर्षमय जीवन, उहाँहरूका बलिदानको गाथा र विभिन्न प्रजातान्त्रिक आन्दोलनहरूका अन्य योद्धाहरूले दिएको योगदानलाई कदर गर्न, सम्झिन र उहाँहरू प्रति श्रद्धा-सुमन व्यक्त गर्नको लागि शहीद दिवस मनाइने गरिएको हो। नेपालमा विभिन्न समयमा भएका विभिन्न आन्दोलनहरूमा होमिएर राष्ट्र र नव सन्ततिहरूका हक, अधिकार, पहिचान जस्ता विभिन्न किसिमका अधिकारहरूका लागि वीर गति प्राप्त गरेका शहीदहरूको साहस र त्यागको उच्च लेखाजोखा अनि मूल्याङ्कन गर्दै आज माघ १६ लाई शहीद दिवसको रूपमा मनाइएको हो।
शहीद दिवस : निष्कर्ष
महानगरपालिकाको संयोजकत्वमा एक मूल समारोह समिति गठित गरेर आज बिहान रत्नपार्कस्थित शान्ति वाटिकाबाट बिहान सबेरै प्रभातफेरी सुरु गरी उक्त प्रभातफेरी लैनचौरस्थित सहिद स्मारकमा पुगी विशेष कार्यक्रमका साथ शहीद दिवस मनाउने गरिन्छ। उक्त कार्यक्रममा संवैधानिक निकायका प्रमुख एवम् सदस्य, मन्त्रीगणहरु लगायत सर्वसाधारण हरू पनि सहभागी हुने गर्दछन्। प्रभात फेरीको अन्त्यमा लैनचौर स्थित शहीदको सालिकमा प्रधानमन्त्री वा उपस्थित मध्येमा रहेको विशिष्ट व्यक्तिले माल्यार्पण गर्ने कार्यक्रम पछि शहीद दिवस यस वर्षको लागी अन्त्य गर्ने चलन रहिआएको छ । हामी सबैले हाम्रा शहीदहरूले हाम्रा र आगामी पुस्ता समेतका विभिन्न अधिकारहरूका लागि आफ्नो प्राणको आहुति दिएको तथ्यलाई हामीले कहिल्यै पनि बिर्सनु हुँदैन भने आजको दिनलाई विशेष प्राथमिकताका साथ मनाउने गर्नु पर्छ। यदि उहाँहरूले त्यति धेरै सङ्घर्ष र आफ्नो प्राण सम्मको आहुति नदिनुभएका भए हामी अहिले पनि पुरानै शासन व्यवस्थामा रुमल्लिइरहेका हुने थियौ।
जनवरी 22, 2021 1 वर्ष
[email protected]*#123
जनवरी 24, 2021 1 वर्ष
wow.com
जनवरी 29, 2021 1 वर्ष
Aaj Nepal mein kya hai
जनवरी 29, 2021 1 वर्ष
martyrs fulfilled our contemporary dreams
जनवरी 29, 2021 1 वर्ष
jay nepal
जनवरी 29, 2021 1 वर्ष
good
जनवरी 29, 2021 1 वर्ष
शहित हरूलाइ
जय नेपाल
सेप्टेम्बर 24, 2021 8 महिनाहरु
Will you please allow me to copy these paragraphs? It’s very urgent!
Thank you
जनवरी 16, 2022 4 महिनाहरु
वीर सहित हरु अमर रहुन !
जनवरी 20, 2022 4 महिनाहरु
हामीले सधैं हाम्रा विर सहिदहरुको सम्मान गर्नु पर्छ । तर विडम्बना के छ भने तिनि सहिदहरुको जुन सपनाको लागी रगत बगायौ त्यसको 10% पनि याे देशमा परिबर्तन भएन कसै नेताले पनी कदर गरेन
जनवरी 30, 2022 4 महिनाहरु
म सलाम गर्छु हाम्रो यी सहिदहरुलाई
जनवरी 30, 2022 4 महिनाहरु
जय नेपाल
जनवरी 30, 2022 4 महिनाहरु
मधेस आंदोलन समेटिए राम्रो थियो
जनवरी 30, 2022 4 महिनाहरु
यस लेखमा आगामी दिनहरूमा मधेस आन्दोलन पनि समावेश हुनेछ। सुझावको लागी मुरी मुरी धन्यवाद : नेपाली पात्रो परिवार।
जनवरी 30, 2022 4 महिनाहरु
good
जनवरी 30, 2022 4 महिनाहरु
के हो आहुती भनेको नेपाली शब्द हो र भन्छु म आआआआआ