
विश्व स्वास्थ्य दिवस
By Nepali Patro in अन्तराष्ट्रिय दिवस .विश्व स्वास्थ्य संगठनको आठ अधिकारिक विश्व जान-स्वास्थ्य अभियानहरुमध्येको एक पर्ने विश्व स्वास्थ्य दिवस हरेक अंग्रेजी वर्षको अप्रिल ७ तारिखको दिन पूरा विश्वभरि मनाइन्छ | विश्व स्वास्थ्य दिवस हरेक वर्ष विश्व स्वास्थ्य क्षेत्रको सुधार,विकासको महत्व’bout सारा विश्वको ध्यान आकर्षण गर्न र सम-सामयिक स्वास्थ्य सम्बन्धिका समस्याहरु एवं पत्ता लाग्दै गरेका डरलाग्दा खतरनाक रोगहरु,सरुवा तथा महामारी रोगहरुको ’bout विश्वलाई जानकारी,जान-चेतना दिन र त्यसको रोकथाम,उपचार एवं उन्मूलन गर्नेतिर विश्वलाई अभिप्रेरित गर्नका लागि पनि संसारभर मनाइन्छ |
सर्वप्रथम सन् १९४८ मा भएको पहिलो विश्व स्वास्थ्य महासभाको निर्णय अनुसार हरेक वर्षको अप्रिल ७ तारिखका दिनमा ‘विश्व स्वास्थ्य दिवस’ मनाउने भएपछि सन् १९५० को दशकदेखि मात्र पहिलोपल्ट विश्व स्वास्थ्य दिवस मनाइन थालिएको हो |यस दिन विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय,राष्ट्रिय,क्षेत्रीय एवं स्थानीय स्तर तथा निकायसम्ममा विभिन्न सरकारी एवं गैर-सरकारी संघ-संस्थाहरुसंगको हातेमालो गरी वार्षिक नारासहितको विभिन्न जानसरोकारका तथा जनचेतनामूलक स्वास्थ्यसम्बन्धि कार्यक्रमहरु गरीकन विश्वभरि मनाइन्छ|
विश्व स्वास्थ्य दिवसको स्थापनाकालदेखि नै विश्व स्वास्थ्य क्षेत्रमा बेलाबखतमा देखिंदै आएका खतरनाक सरुवा रोगहरु,महामारीहरु,संक्रमणहरु तथा ज्यानलेवा रोगहरुको पूर्ण उन्मूलन,रोकथाम,बचाऊ र पूर्ण उपचारको निमित्त हरेक वर्षको विश्व स्वास्थ्य दिवसले विभिन्न नारा र उद्देश्यसहित विभिन्न अभियान, कार्यक्रमहरु एवं आवश्यक अनुसन्धान तथा अध्ययन र आविष्कारका कामहरु गर्ने गर्दै आइरहेको छ | विश्व स्वास्थ्य दिवसले हरेक वर्षमा विश्व स्वास्थ्यसम्बन्धि सान्दर्भिक रोग तथा समस्याहरुको उजागरण,जनचेतना र त्यसको सतिक निदान हेतु एक-एक गरी विषयगत तरिकाले प्राथमिकताका साथ स्वास्थ्य अभियानका कार्यक्रमहरु सम्पूर्ण विश्वमा अघि सार्ने काम गर्दै आइरहेको छ, स्थापनाकालदेखि अहिलेको सन् २०१६ को विश्व स्वास्थ्य दिवस आउंदैगर्दा सम्ममा |
अघिल्ला वर्षहरुमा झैँ यस २०१६ वर्षको विश्व स्वास्थ्य दिवसले सुस्त तरिकाले विस्तारै विकराल रुपले नाटकीय ढंगले धेरै मानिसहरुको ज्यान लिन थालेको मधुमेह (Diabetes) रोगको उपचार, रोकथाम तथा बचाऊ ’bout जनचेतनामूलक नारा एवं अभियान अघि सारेको छ |जुन निकै नै सान्दर्भिक देखिन्छ | विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा रहेका ३४७ मिलियन मधुमेह रोगीहरुमध्ये १.५ मिलियन रोगीहरु यस स्वास्थ्य अभियानको कारण बच्न सक्दछन् भन्ने यसपालि २०१६ को विश्व स्वास्थ्य दिवसको साझा अवधारणा रहेको छ |
अप्रील 7, 2022 12 महिनाहरु
Govrment Shoud be Provid Every One
Good Treatment and also cheep treatment
अप्रील 7, 2022 12 महिनाहरु
cheep and best treatment for every one