No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तराष्ट्रिय शान्ति दिवस, विश्व शान्ति दिवस

अन्तराष्ट्रिय शान्ति दिवस, विश्व शान्ति दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
जुलाई 1, 2020

अन्तराष्ट्रिय शान्ति दिवस, जस लाइ अनौपचारिक रूपमा कहिकतै विश्व शान्ति दिवस पनि भन्ने गरिन्छ, संयुक्त राष्ट्र सङ्घ द्वारा सेप्टेम्बर २१ को दिन स्वीकृत एक छुट्टीको दिन हो जुन वार्षिक रूपमा मनाउने गरिन्छ। यो दिन विश्व शान्तिको लागि समर्पित छ, विशेष गरी युद्ध र हिंसाको अनुपस्थिति, र विश्वव्यापी रूपमा शान्तिको उपस्थितिको लागि समेत यो दिन समर्पित छ। यो दिन पहिलो पटक सन १९८१ मा मनाइएको थियो, र धेरै राष्ट्रहरू, राजनीतिक समूहहरू, सैन्य समूहहरू, र विश्वभरिका मानिसहरूले यो दिनको पालना गर्दै मनाउने समेत गर्छन्। सन २०१३ मा, संयुक्त राष्ट्र सङ्घका महासचिवले यस दिनलाई शान्ति र शिक्षाका लागि समर्पित गर्नुभएको थियो, र युद्धलाई दिगो रूपमा घटाउनु मुख्य निवारक तत्त्व भनी घोषणा गरिएको थियो। तर, कोही पनि “अन्तराष्ट्रिय शान्ति दिवस” र “विश्व शान्ति दिन” सङ “विश्व शान्ति दिवस” एकै हुन भनेर भ्रमित हुनु हुँदैन।

अन्तराष्ट्रिय शान्ति दिवस, यस दिनको उद्घाटन गर्न, न्यु योर्क सहर मा संयुक्त राष्ट्र सङ्घ मुख्यालयमा अवस्थित संयुक्त राष्ट्र पीस बेल (घण्ट) बजाउने गरिन्छ। घण्टी अफ्रिका बाहेक सबै महादेशका बच्चाहरूले दान गरेको सिक्काबाट बनाइएको हो र यो जापानको संयुक्त राष्ट्र सङ्घको उपहार हो जसको उद्देश्य “युद्धमा मानवीय मूल्य सम्झाउने” हो। यसको छेउमा एक शिलालेख राखिएको छ, त्यस शिलालेखमा ” विश्व शान्ति सधैँ रहिरहोस्” लेखिएको छ।

किन “अन्तराष्ट्रिय शान्ति दिवस”

“शान्तिमा युद्ध नै सबैभन्दा ठुलो अवरोध हो” – अज्ञात लेखकको उद्धृत यो एक वाक्यले हामीलाई युद्ध र शान्तिको वास्तविक अर्थ दिन्छ। अन्तराष्ट्रिय शान्ति दिवसले शान्तिमय र दिगो संसार निर्माण गर्न विश्वव्यापी एकताको शक्ति मनाउँछ। नेपालमा यो दिन बि.स. २०५६ सालदेखि मात्र मनाउन थालिएको हो। यसैले यो हाम्रो देश नेपालका लागि अझै पनि एक नयाँ अभ्यास हो भने विश्व शान्तिको उद्देश्यका लागि यो दिन प्रत्येक वर्ष विश्वभर मनाइन्छ।

विश्वभर विभाजनका विभिन्न नयाँ शक्तिहरू देखा पर्दै छन्, तथा घृणा र असहिष्णुता फैलाउने कार्यहरू गर्दै छन्।आतङ्कवादले हिंसालाई बढुवा दिइरहेको छ, र यी हिंस्रक चरम पन्थी हरूले युवा, गरिब र कमजोर हरूका दिमागमा विष घोल्ने जस्ता जघन्य कार्य हरू गर्ने कोसिस गरिरहेका छन्। विश्वको सबैभन्दा कम विकसित र गरिब देशहरू यी चरम पन्थीहरूले घोल्ने विष मा समावेश हुन सक्ने सम्भावना बढी हुन्छ जसले हिंसाको जोखिम अझ बढी बढाउन सक्छ। र, हामी विगत १० वर्षदेखि हेर्दै र सुन्दै आएका छौँ अन्तराष्ट्रिय हिंसाको यी कार्यहरूको परिणामले एउटा ठुलो मानव पलायन भएको। विशेष गरी मध्य पूर्वी अरब र ’roundका देशहरूबाट युरोप र विश्वका अन्य क्षेत्रहरूमा मानिसहरूका विशाल विस्थापन पनि युद्ध र हिंसाको कारणले नै भएको छ। हिंसा र युद्धको कारण विश्वका विभिन्न भागहरूमा आप्रवासीहरूको तीव्र प्रवाह अझै पनि भइरहेको नै छ, जुन सम्हाल्न युरोप का विभिन्न देश लगायत अन्तराष्ट्रिय समुदायलाई नै हम्मे हम्मे परेको छ।

हो, शान्तिमा अवरोधहरू धेरै जटिल र ठाडो उकाला झैँ छन्, कोही एक व्यक्तिले वा केवल एक देश वा राष्ट्रले मात्र यी अवरोधहरूको समाधान गर्न सक्ने सम्भावना कमै देखिन्छ। यो धर्म देखि देशका सीमा जस्ता यावत कुराहरू सम्ममा व्याप्त यो युद्धको पागलपनलाई, अन्त गर्न एकता र संयुक्त कार्यको एक नयाँ रूप, त्यो पनि छिटो भन्दा छिटो सुरु गर्नु पर्ने आवश्यकता देखिन्छ।

दोस्रो विश्वयुद्ध पछि सन् १९४५ मा जारी गरिएको संयुक्त राष्ट्र बडापत्रको मुख्य उद्देश्य भनेको “युद्ध रोक्दै शान्ति स्थापना गर्नु” हो। मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको प्रस्तावना, सन १९४८ ले “अधिकारको मान्यता न्याय र शान्ति स्थापना” मा जोड दिएको छ।

देशको विकासको आधार जहाँसुकै जुनै देशमा पनि शान्ति नै हो। शान्ति विकासको आधार मात्र होइन, यो त यस ग्रहमा रहेका सम्पूर्ण मानव जातिको अमूल्य अधिकार पनि हो। व्यक्तिको शान्तिको अधिकार भनेको युद्ध, हिंसा, दङा हरू बाट स्वतन्त्र हुनु हो, यी सबै प्रकारको अशान्तिबाट स्वतन्त्र भएर दैनिक जीवन गुजारा गर्न पाउनु हरेक व्यक्तिको अधिकार हो। आजकल “शान्तिको अधिकार” अन्तराष्ट्रिय कानुनको पनि एक आधारभूत हिस्सा भएको छ। शान्तिको अधिकार कुनै पनि अन्य मौलिक अधिकार भन्दा बढी महत्त्वपूर्ण छ ’cause सबै प्रकारका अधिकार र मानव अधिकारहरू केवल शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न सकिन्छ। जसरी एउटा सिक्काका दुई पाटा वा पक्षहरू छन्, त्यस्तै प्रकारले आजको संसारमा पनि एकतर्फ शान्तिको चाहना छ भने अर्कोतिर हिंसाको चाहना छ किनकि एक राम्रो शक्ति हो भने अर्को खराब शक्ति हो। ती दुवै एक प्रकारको शक्ति हुन्, तर विश्व शान्तिको शक्ति प्रवर्धन गरेर हिंसाको शक्ति घटाउन प्रतिबद्ध रहेको छ जुन एक सुखद पक्ष हो।

बि.स. २०६५ सालदेखि मात्र यो दिन मनाउने नेपालको सन्दर्भमा, १२ वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य र नागरिकले भोग्नु परेको भिसण अशान्ति को स्मरणार्थ अन्तराष्ट्रिय शान्ति दिवस मनाइन्छ जब नेपालले हजारौँ बहुमूल्य मानव जीवन गुमायो। वर्षौँको क्रान्ति र अशान्ति पछि देशले शान्ति प्रक्रियालाई संस्थागत गर्न थाल्यो। विभिन्न राजनैतिक दलहरू र अर्को तर्फ मानवअधिकार सङ्गठनहरू एकै ठाउँमा आएर साथ साथ दशक लामो अशान्तिलाई सदाको लागि समाप्त गरियो। त्यस ऐतिहासिक दिनलाई मनाउन नेपालमा अन्तराष्ट्रिय शान्ति दिवस मनाइन्छ। माथि उल्लेख गरिए अनुसार कुनै पनि देशको विकासको जग स्थायी आन्तरिक र बाह्य शान्तिमा निर्भर हुन्छ, त्यस कारण शान्ति बिना देशको विकास हुन सक्दैन। यसैले शान्तिप्रति प्रतिबद्ध नेपाल सरकारले देशका सबै जिल्लाहरूमा “शान्ति मन्त्रालय” र “शान्ति समितिका सचिवालय” गठन गरी काम गरिरहेको छ।

संयुक्त राष्ट्र सङ्घले समय समयमा संसारमा भइरहेको शान्ति अथवा अन्य हिंसात्मक गतिविधिहरूको अधिकारलाई जोडेर घोषणाहरू जारी गर्दै आएको छदै छ। नेपालजस्तो विकासोन्मुख देश जहाँ लामो र कडा द्वन्द्व भएको थियो, यहाँ त्यस कारण पनि सम्बन्धित निकाय, अधिकारीहरू बिच अझ बढी शान्ति बहस गर्नु एकदमै जरुरी छ ताकि भविष्यमा कुनै द्वन्द्व नहोस् र शान्ति सदाका लागि बहाल हुन सकोस्। मानिसहरू एकातिर शान्ति चाहन्छन् भने हिंसा चाहने समूह पनि हुन्छन्, किनकि एउटै व्यक्तिको समेत पनि फरक फरक गुणहरू हुन सक्छन्। शान्ति र हिंसा, यो एक सिक्काको दुई पक्ष छन् र सारा विश्व हिंसाको सङ्कटमा छ।

हिंसा र शान्ति दुवै विपरीत शक्तिहरू छन्। वर्तमान स्थितिमा, शान्ति एक अन्तराष्ट्रिय विषय वा एजेन्डा बनेको छ। यहाँ अहिलेका दिनहरूमा एउटा यस्तो विश्वास बढ्दै गइरहेको छ कि मान्छे रङ्ग, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, खाना, चाहनाहरूमा फरक हुन सक्दछन् तर शान्तिको विषय, विश्व कल्याणको विषयमा भने साझा हुनुपर्दछ, शान्ति कुनै पनि समुदाय वा उनीहरूको विचारहरू आदिमा आधारित हुनु हुँदैन। शान्ति पनि एक संस्कृति हो। यदि एउटा बच्चा शान्तिमय संस्कृतिमा हुर्काइन्छ, कुनै बाह्य प्रभाव बिना भने बच्चा शान्तिमय व्यक्ति बन्न सक्छ। शान्ति खोज्नको लागि कहीँ पनि जानु आवश्यक पर्दैन, शान्ति आफैँमा हुन्छन्। यो हामी सबैमा अवस्थित छ अर्थात् यो मानव मस्तिष्कमा भएको कुरा हो। महत्त्वपूर्ण कुरा भनेको यसलाई भित्रबाटै आंफुले महसुस गर्नुपर्दछ।

अन्तमा

माथि उल्लेख गरेझैँ शान्ति मानव मस्तिष्कमा हुनुपर्दछ र यसलाई भित्रबाटै महसुस गर्नुपर्दछ। त्यस कारण, प्रत्येक व्यक्तिले मस्तिष्कबाट हिंसा हटाउने र हिंसाको सट्टा शान्तिलाई स्थान दिन सकेको अवस्थामा मात्र समाजमा शान्ति स्थापना गर्न सकिन्छ। राज्यले पनि जनताको मन मस्तिष्कमा शान्तिको बिउ रोप्ने जिम्मेवारी वहन गर्नु पर्दछ। मानव मस्तिष्कमा यो वातावरण सृजना गर्नु राज्यको दायित्व पनि हो। त्यसो गरेर राज्य केही हदसम्म हिंसा हुने छैन भनेर निश्चित हुन पनि सक्दछ।

हिंसा विनाको शान्ति र दिगो विकासको संस्कृति स्थापना युनेस्को को जनदेशको मुख्य आधार हो, यसैले दिगो विकासको क्षेत्रमा प्रशिक्षण र अनुसन्धानका कार्यक्रमका साथै मानव अधिकार शिक्षा, शान्तिमय सम्बन्धका लागि सीप, सुशासन र द्वन्द्वलाई कसरी रोक्ने भन्ने कुराको साथ अन्तराष्ट्रिय शान्ति दिवस मनाइन्छ। अन्तराष्ट्रिय शान्ति दिवस अर्थपूर्ण त्यो बेला हुन्छ जब समाजमा शान्ति स्थापना हुन्छ। अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सरकारी निकाय र गैरसरकारी संस्थाहरूले शान्ति तथा पुनः निर्माण मन्त्रालय लगायत देशभरि विभिन्न कार्यक्रमहरू आयोजना गर्दछन्। यस अवसरमा मन्त्रालयले राजधानीको शान्ति बटिकामा दीप जुलुस निकाल्छ र मानव अधिकार सङ्गठनहरूले यस दिनको महत्त्व’bout जनतालाई जानकारी दिन विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गर्दछन्। अन्तराष्ट्रिय शान्ति दिवसको अर्थ तब मात्र रहन्छ जब समाजमा शान्ति स्थापना भएको हुन्छ। त्यसै गरी शान्ति प्रक्रियालाई सहयोग गर्ने विभिन्न सगठनहरुले यस दिन सभा, गोष्ठी, भेला र जुलुसहरू आयोजना गरी यो दिन मनाउँछन्।

नेपालमा यस अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले हरेक वर्ष ७५ जिल्लामा शान्ति समितिको बिचमा उत्तम जिल्ला को रूपमा काम कारबाही गर्ने जिल्लालाई पुरस्कार प्रदान गर्ने गरेको छ। यस प्रकारका पुरस्कारबाट व्यक्ति र संस्थाहरू पुरस्कृत गरिन्छ जसले शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। कोही कोहीले त अन्तराष्ट्रिय स्तरमा समाजमा शान्ति वृद्धि गर्न योगदान पुर्‍याए बापत अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा पुरस्कारहरू पनि पाउँछन्। तर, पुरस्कार, मैनबत्ती जुलुस वा कुनै पनि प्रकारको कार्यक्रमले कुनै महत्त्व राख्दैन जब सम्म त्यसले शान्ति बढाउन र हिंसा कम गर्न मद्दत गर्ने कार्यहरू राज्य र सम्बन्धित क्षेत्रबाट प्रशस्त मात्रामा हुदैंनन् । जबसम्म यस दिनको ’boutमा देशका नागरिकहरूमा शिक्षाको उज्यालो पुग्दैन तब सम्म काठमाडौँमा मात्र सीमित यस्ता कार्यक्रम हरूको कुनै औचित्य छैन र रहँदैन पनि। जब सम्म आम जनताहरू यस दिनको ’boutमा शिक्षित छैनन् र शान्तिको अधिकार ’bout अनभिज्ञ हुदैनन तब सम्म माथि उल्लेखित सबै कार्यक्रमहरूको कुनै महत्त्व वा अर्थ हुन सक्दैन।


Related Posts

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!