
विश्व मौसम दिवस
By Nepali Patro in अन्तराष्ट्रिय दिवस .अंग्रेजी पात्रोअनुसार हरेक वर्षको मार्च महिनाको २३ तारिखको दिन विश्व मौसम दिवस मनाइन्छ | वर्षैपिच्छे मनाइने विश्व मौसम दिवसको अलग- अलग अवधारणा,उद्धेश्य र नारा भएपनि एकै प्रमुख लक्ष्य रहन्छ- त्यो भनेको विश्व मौसम’bout ठोस् खोज-नीति एवं अनुसन्धान गर्ने र यस मानवरहित विश्वलाई जीवनसंगत तुल्याउन प्रयास गर्ने हो | आज कै दिन सन् १९५० मा संयुक्त राष्ट्रसंघको मातहतमा रही विश्व मौसम संघ अर्थात्, ( World Meteorological Organization ) खोलिएको थियो | जसको प्रमुख उद्धेश्य तथा लक्ष्य भनेको विश्व मौसम र तापक्रमको खराबी वा परिवर्तनको कारण हुने प्राकृतिक प्रकोपहरु जस्तै, बाढी-पैरो, खडेरी, सुनामी, भूकम्प, ज्वालामुखी, गर्मी, चिसो आढिबाट हुने मानवक्षति, हानी-नोक्सानीलाई न्यून वा कम गर्ने र मानव जीवनको रक्षा गर्ने रहेको छ |
मानवसंसार,मानवसंस्कार र सभ्यताको सुरक्षा एवं भावी विकास विस्तार हेतु पृथ्वीको सतहमा रहेको वायु, जल, जमीन,मौसम, तापक्रम, अनि वातावरणको वर्षभरिको वैज्ञानिक अध्ययन,खोजीनीति गरी भैरहने फेरबदल तथा परिवर्तन अनुरुप हुनसक्ने खतरा, नोक्सानी, प्राकृतिक विपत्तिहरुको चेतावनी र त्यसको रोकथाम गर्न भावी बचाऊका योजनाहरुको लेखाजोखा तथा प्रतिवेदन विवरणहरु मौसमसम्बन्धित् संघ-संस्थाहरुले मौसमविद्हरुको प्रयासबाट विश्व मौसम दिवसको दिन पारेर विभिन्न राष्ट्रहरुमा प्रकाशन,विश्लेषण एवं सम्प्रेसण गर्ने गर्दछ |जसबाट अहिलेसम्मका कार्यगति,प्रगति, र भावी कार्य योजनाहरुको ’bout स्पष्ट हुन्छ |
यस दिन विश्वका सबै राष्ट्र एवं ठाउँहरुमा विश्व मौसम तथा तापक्रम परिवर्तन र त्यसको खतरा, हानी-नोक्सानी र बचाऊ ’bout थप अध्ययन र जानकारी हेतु विभिन्न सभा,गोष्ठी,भेला र कार्यक्रमहरु संचालन भएका हुन्छन् | नेपाल अधिराज्यभरि पनि संयुक्त राष्ट्रसंघको मातहतमा रहेका विभिन्न गैर-सरकारी संघ-संस्थाहरु नेपाली सरकारसंगको हातेमालोका साथ विश्व मौसम दिवसको दिन वर्षौंदेखि गरिएका खोजी-नीति, अध्ययनको प्रतिवेदन विवरण र भावी चुनौती र योजनाहरुको जानकारीमूलक एवं जन-चेतनामूलक कार्यक्रमहरु गरेर विश्व मौसम दिवस बढो रुचिकासाथ मनाइन्छ |