No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व मानसिक स्वास्थ्य दिवस

विश्व मानसिक स्वास्थ्य दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
जुन 3, 2021

विश्व मानसिक स्वास्थ्य दिवस

शारीरिक स्वास्थ्य समस्या भएको खण्डमा चिकित्सक कहाँ गई परामर्श लिने गरिन्छ भने मानसिक स्वास्थ्यमा केही भएको खण्डमा भने अलि फरक दृष्टिकोण चाहिने हुँदा लाइसेन्स प्राप्त न्यूरोलोजिस्ट वा मनोचिकित्सकको परामर्श लिनुपर्ने हुन्छ। तर, हामी सबैले यो याद राख्नु पर्छ कि शारीरिक स्वास्थ्य सामान्यतया खतरनाक नभए झैँ मानसिक स्वास्थ्य पनि ध्यान दिएर समयमा औषधोपचार गरी सामान्य हुन सकिन्छ। सबैले यो याद राख्नुपर्दछ कि मानसिक रोग पनि शारीरिक झैँ उपचार योग्य रोग हो। १९९२ देखी हरेक वर्ष अक्टोबर १० को दिन लाई “विश्व मानसिक स्वास्थ्य दिवस” को रूपमा मनाउँदै आइएको छ।

पहिलो पटक, विश्व मानसिक स्वास्थ्य दिवस १० अक्टोबर १९९२ मा विश्व स्वास्थ्य सङ्गठनका उपसचिव, जनरल रिचर्ड हन्डरको पहलमा मनाइएको थियो। विश्व स्वास्थ्य सङ्घको दुनियाँ भर फैलिएको १५० भन्दा बढी सदस्य राष्ट्रहरूले यस दिवस लाई समर्थन गरेका थिए। अहिलेको समयमा, यो दिवस मानसिक स्वास्थ्य लाई सामाजिक कलङ्कको विरुद्ध वकालत गर्दै, मानसिक स्वास्थ्यमा जागरूकता बढाउने उद्देश्यका साथ विश्वव्यापी रूपमा मनाउने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि मानसिक स्वास्थ्य सम्बन्धी मुद्दामा सचेतना जगाउने काम गर्दै यस दिनलाई समर्थन गर्दछ। उसले विश्वका नागरिक समाजसँग रहेको आफ्नो बलियो सम्बन्धलाई मानसिक स्वास्थ्य समर्थित टेक्निकल तथा सञ्चार सामग्रीको विकासको लागि प्रयोग गर्ने गर्दछ।

मानसिक स्वास्थ्य, यो के हो?

मानसिक स्वास्थ्य एक व्यक्तिको अरू कसैमाथि आत्मनिर्भर नरहेको अवस्था हो। उक्त व्यक्तिले यस ग्रहमा एक उत्पादनमूलक, सन्तोषजनक र आनन्दित अनि सामान्य जीवन बिताउँछ। तर, यसो भनी रहँदा हालसालैको एक अध्ययनले भने विश्वभर प्रत्येक पाँच युवाहरू मध्ये एक युवा मानसिक समस्याको सिकार भइरहेको देखाएको छ।

डब्ल्यूएचओका अनुसार करिब २.५ लाख नेपाली कुनै न कुनै मानसिक रोगको साथ बाँचिरहेका छन्। साथै अनुमानित करिब ३ लाख बढी व्यक्तिहरू गम्भीर प्रकारको मानसिक रोग बोकेर बाची रहेका छन्। यस कारण स्वास्थ्य विज्ञहरूले नेपाल सरकारलाई विशेष व्यवस्था गरी छिट्टै यी समस्याहरूको समाधान गर्न विशेष सुझाव समेत दिएका छन्।

मानसिक स्वास्थ्य: इतिहास

मानसिक स्वास्थ्यको पहिलो अग्रगामी सचेतक संयुक्त राज्य अमेरिकाका विलियम स्वीस्टर थिए। सन् १९०० को मध्य तिर, मानसिक स्वास्थ्य माथि पहिलो सकारात्मक चासो व्यक्त गर्ने व्यक्ति उनी नै थिए। प्रख्यात मानसिक स्वास्थ्य संस्थापक आईजेक् रे को साथै अमेरिकी मानसिक स्वास्थ्य सङ्घको चौथो अध्यक्ष डोरोथी डिक्सलाई मानसिक मुद्दाहरूको ’boutमा सकारात्मक अर्थमा कुरा गर्ने र सर्वसाधारणको कल्याणको पक्षमा वकालत गर्ने पहिला व्यक्तिहरू को रूपमा चिनिन्छन्।

मानसिक स्वास्थ्य समस्या: कसरी उब्जिन्छ ?

मानसिक स्वास्थ्य समस्याहरू विभिन्न कारणहरूले उब्जिन सक्छन्। सामान्यतया कुनै उँचाइबाट गिरावट हुँदा, लड्दा वा कुनै अरू कारण मस्तिष्कको कुनै सेरेब्रल भाग मा दुर्घटना भई मानसिक स्वास्थ्य समस्याहरू निम्तिन सक्छन्। त्यसै गरी विश्वव्यापी रूपमा परिवर्तन भइरहेको हाम्रो जीवनशैली ले समेत मानसिक स्वास्थ्यमा केही राम्रो त केही नकारात्मक प्रभाव पनि ल्याइरहेको नै हुन्छ। 

किशोर किशोरीहरूले कम उमेरमा नै रक्सी, धूम्रपान, र / वा अन्य लागूपदार्थको प्रयोग गर्न सुरु गर्ने गरेको खण्डमा र यस्तो लतको कारण उनीहरूमा पछि गएर मानसिक समस्याहरू उत्पन्न हुन सक्दछन्। विभिन्न अध्ययनहरूले देखाए अनुसार दक्षिण एसियाका किशोर-किशोरीहरू कम उमेरदेखि नै लत पदार्थ प्रयोग गर्न थाल्दछन्। भर्खरको एउटा तथ्याङ्कले १४% देखि १५% नेपाली किशोर किशोरीहरू जो १३ देखि १७ वर्षको उमेर समूह बिच छन् उनीहरू आत्महत्याको योजना बनाउने वा आत्महत्या गर्ने प्रयास गरिरहेका हुन्छन्। जुन उनीहरूले सामना गरिरहेका मानसिक स्वास्थ्य समस्याहरूका कारणले गर्दा हो। 

मानसिक समस्या वा बिमारी उब्जिने कारणहरू: 

  • कुनै कुनै परिवारमा मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिले अर्को पुस्तालाई रगत-सम्बन्धको कारण मानसिक स्वास्थ्य समस्या सर्ने गर्दछ, जसलाई आनुवंशिक प्रभाव भन्ने गरिन्छ। त्यस कारण, आनुवंशिक र वातावरणीय प्रभावको कारण मानसिक समस्या हुने जोखिम पनि एक कारक तत्त्व हो।
  • यदि कुनै गर्भवती महिलाले लागूपदार्थ, मदिरा, वा अन्य लत पदार्थ सेवन गर्दछिन्, तब त्यस्ता पदार्थहरूले उनको अण्डाशयलाई असर गर्दछ। र यस्ता अवस्थाहरूमा, यदि गर्भावस्थाको बेला अण्डाशयमा गम्भीर चोटपटक वा आघात भयो भने, यी परिस्थितिहरूमा जन्मेको बच्चाहरूमा बढ्दै गर्दा मानसिक समस्या निम्तिन  सक्दछ। 
  • ती व्यक्तिहरू जो लागु पदार्थको दुर्व्यसनमा फसेका छन्, उनीहरूको लतका कारण उनीहरूमा मानसिक स्वास्थ्य समस्याहरू विकास हुने अझ बढी जोखिम रहन्छ। 
  • मानव मस्तिष्क, उ आफैले उत्पादन गर्ने विभिन्न रसायनहरूले समेत पनि असर हुने गर्दछ। र, त्यस्ता रसायनहरूले दिमाग र शरीरका अन्य भागहरूमा विभिन्न प्रकारका सङ्केत हरू पठाउने पुर्‍याउने आदि काम गर्दछन्। तसर्थ, जब मस्तिष्कबाट त्यस्ता रसायनहरू मानव स्नायु प्रणालीमा प्रवेश गर्दछन्, यसले सुस्त मुड वा डिप्रेसन निम्त्याउँछ। यदि दिमागले सकारात्मक पदार्थ पठाएको छ भने यसले व्यक्तिको मुड राम्रो बनाउन पनि सक्छ। 
  • कुनै व्यक्तिले अनावश्यक चिन्ता लिने गरिरहेको छ भने यस कार्यबाट अर्थात् अत्यधिक सोच र अधिक चिन्ताको कारण पनि मानसिक रोगहरू उब्जिन सक्छन्। 

त्यसै गरी, यदि कुनै व्यक्तिले उदासीनता अर्थात् उदास रहने, अधिक थकान महसुस गर्ने, र / वा आफ्नो काममा कम चासो दिने जस्ता लक्षणहरू महसुस गर्दछ भने त्यस्तो अवस्थामा तत्काल स्वास्थ्य परीक्षण र नजिकको स्वास्थ्य संस्थामा उपचार खोज्नु पर्छ।

वास्तवमा, अहिलेको विश्वको आधा जनसङ्ख्या दैनिक गतिविधिहरू, सामाजिक सम्बन्धहरू, र दैनिक जीवनशैलीको गतिविधिहरूबाट नै मानसिक समस्या निम्त्याएर त्यस बाट प्रभावित छ।

कसरी बच्ने त, मानसिक समस्याहरू बाट: 

यदि कोही मानसिक स्वास्थ्य समस्याबाट पीडित छ भने, उसको सम्पर्कमा आउने निकट व्यक्ति र उसलाई सहयोग गर्न परिवारका निकट सदस्यहरू, साथीहरू वा विद्यालय आदिले सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ। परिवारका सदस्यहरू, साथीहरू, र विद्यालयले मानसिक बिरामी चिन्न र उसको उपचारमा समेत ठुलो भूमिका खेल्न सक्छन्। 

’cause यी निकटतम व्यक्तिहरू हुन् जो बिरामी सँग नजिक रहन्छन्। ती निकट व्यक्तिहरूले बिरामीको ’boutमा राम्ररी जान्न, बुझ्न र सन्दिग्ध सदस्यको आनीबानी नजिकबाट याद गर्न सक्छन्। र, यदि कुनै पारिवारिक सदस्य वा व्यक्तिले निष्क्रियपन, एक्लोपन, दुर्व्यवहार, आदि महसुस गरेको छ भने उनीहरूले निकटको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई सकेसम्म चाँडो सम्पर्क गर्नुपर्ने हुन्छ।

विकासोन्मुख देशहरू को साथ-साथै अविकसित देशहरूले पनि सुर्तीजन्य उत्पादनहरूको बिक्री वितरण तथा खपत सम्बन्धित प्रतिबन्ध तथा कडा कानुनहरू लागू गर्नु पर्ने देखिन्छ। साथ-साथै यससँग सम्बन्धित उत्पादनहरू, मादक पदार्थ र मादक पदार्थको अन्य उत्पादनहरूमा समेत कडाइ गर्नु पर्ने देखिन्छ।

परिवारका सदस्यहरूले सधैँ किशोरावस्थाका सदस्यहरूको आनीबानी परिवर्तनलाई नजिकबाट नियाल्नुपर्दछ र ती व्यक्तिमा असामान्य बानी, क्रियाकलाप वा आचरणको विकास भएको महसुस भएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।

कुनै पनि स्वास्थ्य संस्था, न्यूरोलोजिस्ट वा मनोचिकित्सक लाई देखाउने बेला मानसिक रोगको लक्षणहरू लुकाउनु भने हुँदैन। मानसिक समस्याहरू कहिले पनि लुकाउन भने हुँदैन र यो चरम अवस्थामा पुग्नु अघि नै यसलाई न्यूरोलॉजिस्ट, वा मनोचिकित्सकहरूको सहयोगमा निको पार्नुपर्दछ।  मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य झैँ धेरै नै महत्त्वपूर्ण छ, त्यसैले कुनै पनि प्रकारको समस्या देखिने बित्तिकै त्यसलाई नलुकाई उपचार गर्नुपर्दछ। मानसिक समस्या र रोगलाई लुकाउनु मौद्रिक हिसाबले महँगो त हुने नै छ त्यो भन्दा बढी पीडा त परिवारका सदस्यहरूलाई ती रोगबाट ग्रस्त भएको देख्दा हुनेछ। 

उपचार र निष्कर्ष

मानसिक रोगको उपचारको क्रममा परिवारका सदस्यहरू, साथीहरू र आफन्तहरूको सहयोगको धेरै आवश्यकता पर्ने गर्छ। रोगको पूर्ण उन्मूलनको लागि नजिकबाट सुपरिवेक्षण गर्न आवश्यक हुन्छ जुन सबै जनाको सहकार्य बाट मात्र सम्भव हुन्छ।   

त्यही समयमा, मानसिक समस्या र बिमारी हटाउन को लागी हरेक व्यक्तिले एक सकारात्मक र स्वस्थ जीवनशैली अपनाउनु पर्दछ। त्यसै गरी हरेक व्यक्तिले एक आत्मनिर्भर जीवन शैली को समेत विकास गर्नु पर्ने देखिन्छ। जाड, रक्सी र अन्य मादक पदार्थहरूको कटौती गरेर शून्यमा पुर्‍याउने र दैनिक कम्तीमा आठ घण्टाको पर्याप्त निद्रा प्राप्त गर्नु पर्छ। 

बिहान-बिहान पैदल यात्रा गर्ने र खेलकुदसँग सम्बन्धित गतिविधिहरूले मानसिक रूपमा बिरामी वा मानसिक समस्या भएका व्यक्तिहरूको उपचारमा मद्दत गर्ने गर्दछ।

वास्तवमा, मानसिक स्वास्थ्य समस्याहरू क्यान्सर, मधुमेह, वा हृदय रोग जस्ता रोगहरू भन्दा पनि अझ बढी सामान्य मानिन्छ। यसैले हामी सबैले स्वस्थ्य र चिन्ता मुक्त जीवन बिताउनु पर्छ। जब कतै जहिले पनि मानसिक समस्या वा बिरामीको शङ्का हुन्छ, चाँडो भन्दा चाँडो स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्छ। त्यसै गरी मानसिक स्वास्थ्य हरूका ’boutमा सार्वजनिक जागरूकता बढाउने कार्य पनि उत्तिकै महत्त्वपूर्ण देखिन्छ। 

यसरी समर्थन, प्रेम, र मित्रहरू तथा परिवारको स्नेहको साथ तत्काल जागरूकताको यस कार्यले बिरामी व्यक्तिलाई समर्थन गर्ने गर्दछ। तसर्थ, हाम्रो देशमा पनि विश्व मानसिक स्वास्थ्य दिवस समुदाय स्तरमा मनाउनुपर्छ। यो सार्वजनिक जागरूकता सहित भव्य सहभागिताका साथ अवलोकन गर्ने गर्नुपर्दछ।

नेपालमा, आजको दिन मानसिक स्वास्थ्य क्षेत्रहरूमा जागरूकता सम्बन्धी वार्ता तथा सेमिनार आदि आयोजना गरेर मनाइन्छ। सार्वजनिक व्यक्तित्व, डाक्टर, र स्वास्थ्य शिक्षकहरू समेत सहभागी भएर हरेक नागरिकमा मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउन र हाम्रो समाजमा मानसिक स्वास्थ्य माथि व्याप्त रहेको पूर्वाग्रह हटाउन को लागी विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ। तर अझै पनि, विशेष गरी हाम्रो समाजमा, मानसिक रोग लुकाउने प्रवृत्ति धेरै सामान्य रहेको छ। त्यस कारण, विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज दिन सकिने सबैभन्दा ठुलो सन्देश मानसिक समस्याहरू र यस रोगको ’boutमा ज्ञानको विस्तार गर्नु हो। यही नै आजको दिनमा दिन सकिने एक महत्त्वपूर्ण सन्देशहरू मध्ये को एक हो।

यस विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सम्पूर्ण नेपाली पात्रो प्रयोगकर्ताहरू लाई मानसिक एवम् शारीरिक रूपमा सदैव दीर्घायु को शुभकामना दिन चाहन्छौ ।

श्रोत : विभिन्न पत्रपत्रिका र वेब साइटहरूबाट सर्वसाधारणको जानकारीको लागि।


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!