No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस 

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
अप्रील 22, 2021

परिचय

आज, अप्रिल २३ पुस्तक पढ्ने र लेख्ने हरूको दिवस अर्थात् “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” हो। सन् १९९५ देखि हरेक वर्ष विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रमहरू गर्दै मनाइँदै आइएको छ। यस “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” को प्रचलन भने युरोपको स्पेनबाट सुरु भएको हो। मध्य-कालीन स्पेनमा, अप्रिल २३ का दिन “गुलाब दिवस” मनाइने गरिन्थ्यो। सन् १९२६ मा स्पेनिस लेखक मिगेल डी सर्वान्तेज़, नाम गरेको लेखकको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनका नागरिकहरूले पुस्तक आदान–प्रदान गर्न थाले। र, यही दिन नै विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस  को रूपमा परिचित भयो।

एउटा पुरानो भनाई समेत रहेको छ, “पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन”। यस भनाई लाई पूर्ण रूपमा चरितार्थ पार्न नसके पनि “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” को दिन नेपालमा पनि विभिन्न साहित्यिक उत्सव र समारोहहरू आयोजना गरेर मनाइने गरिन्छ। 

पृष्टभूमि 

सन् १९९५ मा फ्रान्सको पेरिसमा सम्पन्न भएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठन, युनेस्कोको एक महासभाले अप्रिल २३ को दिन “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” को रूपमा मनाउने घोषणा गरेको थियो। महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार विलियम सेक्सपियर को पूण्यतिथि पनि २३ अप्रिलको दिन नै पर्दछ। युनेस्कोले पुस्तक अध्ययन, प्रकाशन र बौद्धिक अधिकार प्रवर्द्धन गर्नका लागी यो दिवस मनाउँदै आएको हो।

नेपालको सन्दर्भ

नेपालको सन्दर्भमा, रत्न पुस्तक भण्डारको तथ्याङ्क अनुसार नेपाली इतिहासमै सबैभन्दा बढी बिक्री भएको पुस्तक लक्ष्मी प्रसाद देवकोटाको “मुनामदन” हो। त्यसै गरी पाठ्य-पुस्तकमा समेत समावेश भएका पुस्तकहरूको नाम लिनु पर्दा भने लीलबहादुर क्षेत्री द्वारा लिखित उपन्यास “बसाई” र पारिजातको “शिरीषको फूल” पर्छन्। 

त्यसै गरी नेपाल-भाषाका (नेवा: समुदायले बोल्ने प्रादेशिक भाषा जसलाई नेवारीमा “नेवाः भाय्” पनि भनिन्छ) लेखकहरूले १४ औँ शताब्दी तिर संस्कृतका प्रचलित ग्रन्थहरूलाई नेपाल-भाषामा अनुवाद गर्ने परम्पराको थालनी पनि गरेको पाइन्छ। उक्त बेला अनुवाद भएका ग्रन्थहरू मध्ये सन १३७३ को “विचित्र कौटुक”, सन १३७४ मा रचिएको “हर मेखला” आदि प्रमुख रहेका पाईन्छन्।

नेवा: भाषाको कवि सिद्धिदास महाजु जसको वास्तविक नाम सिद्धिदास अमात्य थियो, उनलाई नेपाल भाषाको महाकवि भनेर चिनिन्छ। उनैले रामायणलाई समेत नेपाल भाषामा अनुवाद गरेका थिए। रामायणको साथ-साथै उनले नैतिकता सम्बन्धित थुप्रै कविताहरू समेत रचना गरेका थिए। 

विश्व साहित्यमा महत्त्वपूर्ण दिनको रूपमा लिइने यस दिवस, नेपालमा भने केही वर्ष यतादेखि मात्र मनाउन थालिएको हो। यो दिवस मनाउनु को पछाडि रहेको मनसाय मूख्यत् युवा पुस्तामा पुस्तक पढ्ने संस्कृति र बानीको विकास गर्नु नै प्रमुख कारण रहेको पाइन्छ। डिजिटल प्रविधिको यस नयाँ युगमा संसारभरि पुस्तकको बिक्री ७५ प्रतिशत अनलाइन र २५% पुस्तकहरू अझै पनि पुस्तक पसलहरूबाट नै हुने गर्दछन्। 

विश्व पुस्तक प्रचलनहरू

डेली टेलिग्राफ मिडिया ग्रुप, लन्डन द्वारा प्रकाशित एक तथ्याङ्क अनुसार संसारमा अहिलेसम्मकै सबैभन्दा बढी पढिएको पुस्तक मा ‘बाइबल’, ‘कोटेसन फ्रम चेयरम्यान माओ-त्से तुङ’ लगायत ‘ह्यारी पोर्टर’ पर्दछन्। कोटेसन  फ्रम चेयरम्यान माओ-त्से तुङ ८२० मिलियन प्रतिहरू बिक्री भएर बाइबल पछि दोस्रो स्थानमा आएको थियो, भने ह्यारी पोर्टर ४०० मिलियन प्रतिहरू बिक्री गरेर तेस्रो स्थानमा परेको थियो। 

पुस्तक पारखीहरूको सेतो साग अर्थात् किताब एक आपसमा साटासाट गरेर, मन पर्ने लेखक वा सर्जकको किताब किन्ने वा साथी-भ्याई आफन्तहरूलाई उपहारमा दिएर यो दिवस मनाउने गरिन्छ। पुस्तकले ज्ञान र अज्ञान बिचको दूरी मेटाउने काम गर्न को साथ साथै साधन र साध्यबिचको फरक कम गर्न समेत बहु आयामिक भूमिका खेलेको छ भन्न पनि सकिन्छ।

पुस्तक पढाइको फाइदा

विचारमा तीक्ष्णता, र विवेकमा स्पातिलोपना थप्न पनि पुस्तक अध्ययन एक जरुरी माध्यम हो भन्न सकिने पर्याप्त ठाउँ हरू छन्। पुस्तक पढ्न जति कम गर्‍यो, उति ज्ञान खुम्चँदै जाने पनि पुस्तक प्रेमी हरूको अनुभव सुन्न सकिन्छ। विभिन्न पुस्तक अध्ययन गरेर नै नयाँ पीढीमा फरक जाति, धर्म, समुदाय, र सम्प्रदायका मानिसहरू बिच सहिष्णुता को भावना सञ्चार गराउन सकिने देखिन्छ। 

एक जनाले पढेको पुस्तक अर्कोले पनि पढ्ने वा पढ्न दिने प्रचलनलाई बढावा दिँदा एउटै पुस्तक बाट धेरै जनाले लाभ लिन सक्ने छन्। यसले पुस्तक पढ्ने संस्कार र बानी लाई अझ बढी विकास गर्ने देखिन्छ। पढ्ने बानीको विकास गर्नको लागि यो तरिका अपनाउँदा अझ बढी लाभ हुने समेत देखिन्छ। पठन संस्कृति बढाउन तथा आफूलाई मन परेका कृति अन्य साथीलाई पढ्नका लागि हौसला दिन पनि पुस्तक उपहार दिने कार्यक्रमहरू आयोजना गर्न सकिन्छ। यसो गर्दा खेरि एक पुस्तकले थप व्यक्ति / वा व्यक्तिहरूलाई उक्त पुस्तक र ज्ञानको ’boutमा जानकारी दिन अवश्य मद्दत गर्ने छ। 

प्रतिलिपि अधिकार

अहिलेको विश्वमा प्रतिलिपि अधिकार एउटा जल्दो बल्दो विषयको रूपमा प्रस्तुत भएको बेला यस दिवसको भूमिका महत्त्वपूर्ण देखिन्छ। सबै लेखक एवं कलाकार, सङ्गीतकार तथा अन्य सबै छेत्रका रचनात्मक व्यक्तित्वहरूको अधिकार सुरक्षित गर्नको लागि प्रतिलिपि अधिकारले ठुलो भूमिका खेल्दै छ। विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यु.आई.पी.ओ) जस्ता अन्तराष्ट्रिय संस्थाहरूले प्रतिलिपि अधिकारको विषयमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। साहित्य र कलात्मक कार्यहरूको संरक्षणको लागि “बर्न कन्भेन्सन” पनि स्थापना भएको छ जसले ती कार्य हरूको अधिकारका लागि आवाज उठाउने काम गर्ने गर्दछ। 

अन्तमा

नेपालमा विश्व पुस्तक दिवस र प्रतिलिपि अधिकार दिवस मनाउने यस चलनले एउटा सकारात्मक सङ्केत अवश्य पनि दिएको छ। यस चलनले हाम्रो समाजमा ज्ञानको लागि फैलिएको चेतना र उत्सुकतालाई समेत दर्साउँछ। साच्चै नै विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसले हामीलाई पुस्तकको महत्त्वको ’boutमा जानकारी एवं पुस्तक अध्ययनको दिगो विकासको लागि हामी सबैलाई सधैँ चेतना प्रदान गरिरहोस्, यही छ, नेपाली पात्रोको प्रयोगकर्ता सबैलाई यस दिवसको शुभ-कामना। 


Related Posts

Comments

    sagar Pokharel

    didi bhai haru ramrari basnuhos. be careful Corona viruses badhdai gako xa spl boys be careful

    Ratan Ansari

    Ratan Ansari

    Anil kumar sahani

    सामाचार


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!