No Image

विश्व पानी दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
अप्रील 7, 2021

विश्व पानी दिवस – परिचय

विश्व पानी दिवस हरेक वर्ष मार्च २२ मा ताजा पानीको महत्त्वलाई उजागर गर्ने उध्येस्य का साथ अवलोकन को साथ साथै मनाउने समेत गर्ने गरिन्छ। पन्च तत्त्वहरू मध्येको एक तत्त्व हो, पानी। यस ग्रहमा आँप देखि अमीबासम्मको जीवनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका यही तत्त्व, अर्थात् पानी को रहन्छ। यो सबै जीवित प्राणीहरूको जीवनमा नभई नहुने महत्त्वपूर्ण तत्त्वहरू मध्ये को एक हो।

पानीलाई विभिन्न भाषा, क्षेत्र र ठाउँका मानिसहरूले फरक फरक नामले बोलाउने गर्छन् जस्तै एक्वा, ला, वा, पानी इत्यादि। तर, नाम जे भए पनि जुनै पनि जीवको जीविकोपार्जनका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका रहन्छ, पानीको। यस ग्रहको सम्पूर्ण क्षेत्र मध्ये, लगभग ७५% पानीले भरिएको छ। तर, सागर र समुद्रको पानी भने नुनिलो पानी हुने गर्छ।

विश्व पानी दिवस लाई भव्यता को साथ मनाउनु पछाडिको मनसाय भने हरेक व्यक्ति लाई पानी र पानी सम्बन्धी मुद्दाहरूको ’boutमा अझ बढी जानकार बनाउने नै हो। त्यसै गरी सम्पूर्ण विश्वका मानिसहरूलाई पानी बचाऊ अभियानमा प्रेरित गर्नु यसको अर्को उध्येश्य रहेको छ। त्यसै कारण यो एक अन्तराष्ट्रिय रूपमा अवलोकन गरिने दिवसहरू मध्येको एक दिवस हो। सबैभन्दा पहिलो विश्व जल दिवस संयुक्त राष्ट्र सङ्घले तोके अनुसार १९९३ मा मनाइएको थियो।

पानीको स्रोत

हिमालय, जसलाई अक्सर “विश्वको छत” पनि भनिन्छ, यस ग्रहको धेरै विस्तृत र चिसा क्षेत्रहरू भित्र पर्छन्। यिनै क्षेत्रहरूले दुई ध्रुवहरू भन्दा बाहिरको हिमनदी र चिसा क्षेत्रहरूको ठुलो क्षेत्रफल ओगटेको छ। एसिया भित्र रहेका विभिन्न नदीहरू मध्ये १० ठुला नदीहरू यही क्षेत्र बाट निस्केका छन्।नेपालको गण्डकीहरू र भारतको गङ्गा हिमालयबाट निस्केका नदीहरूका उदाहरणहरू हुन्। यो व्यापक पानीको प्रवाहले एक अरब भन्दा बढी व्यक्तिको जीविकोपार्जनमा सहयोग पुर्याउछ।

पिउने पानी भनेको त्यो पानी हो जुन उच्च गुणस्तरको हुन्छ, र कुनै पनि तत्कालीन वा दीर्घकालीन जोखिमहरू बिना पिउन सकिन्छ। पिउन योग्य पानी वा प्यास मेटाउने जललाई पिउन योग्य पानी पनि भनिन्छ। त्यस बाहेक खेतीपाती र अन्य औद्योगिक गतिविधिहरूमा पनि पानीको उत्तिकै आवश्यकता पर्ने गर्दछ।

पानी घट्नु र पानी प्रदूषण को कारण

पानीको उपयोग र प्रयोग कृषि देखि औद्योगिक क्षेत्र अथवा घरेलु प्रयोग र मनोरञ्जनको लागी समेत हुने गर्दछ। यसरी विभिन्न मानव क्रियाकलापहरूमा पानीको प्रयोग हुँदा यो प्रदूषणको सिकार पनि हुन् जान्छ। यद्यपि पानी नवीकरणीय स्रोत हो, यो सम्पूर्ण विश्वमा बिस्तारै खस्कँदो अवस्थामा रहेको छ। ताजा पानी वा पानीका श्रोतहरू प्राकृतिक रूपमा वर्षाको पानीबाट नै भरिने गर्दछ वा भरिन्छ। यो खोलानाला हुँदै महासागरहरूमा मिसिने कार्य पनि भइरहेको छ। पानीको प्रकृति अनुसार यो वाष्पीकरण हुन्छ, सामान्यतया सूर्यको ताप वा अरू विभिन्न कारणहरू बाट यो भू-सतहबाट वातावरणमा हराउने गर्दछ।

आज संसारमा रहेका विभिन्न प्रदूषणहरू मध्ये पानी प्रदूषण पनि एक हो। यो धेरै अघि देखिनै संसार भरको राष्ट्रहरूको मुख्य चिन्ताको विषय समेत बनेको छ। असङ्ख्य देशहरूका सरकारहरूले यस समस्यालाई कम गर्ने समाधानहरू खोजी गर्ने प्रयास पनि गरिरहेका छन्। आजकल धेरै प्रकारका प्रदूषणहरू छन् जसले पानीको आपूर्ति माथि धम्की दिइरहेका छन्। कच्चा फोहोरलाई प्राकृतिक पानीमा मिसाउने सब भन्दा ठुलो समस्या रहेको छ। एसियाका विकासोन्मुख देशहरू, खास गरी भारत, नेपाल र चीन जस्ता एसियाका विकासोन्मुख देशहरूमा यो चलन रहेको छ।यस कार्यले पानी प्रदूषण हुने र गर्ने काम लाई तीव्र बनाई दिएको छ।

ढल निकासको यो कठोर विधि अविकसित देशहरूमा प्रचलनमा रहेको सबैभन्दा सामान्य विधि हो। अविकसित देशहरूमा सामान्य यस अभ्यासले अवस्थालाई अझ जटिल बनाउँदै गएको छ। विश्वको जलवायु परिवर्तनले गर्दा तापमान बढ्दै गएको छ जसले यस विषयलाई अझ जटिल बनाउने कार्य गरी रहेको छ। यो एउटा विश्वव्यापी मुद्दा वा समस्या बनेको छ। पृथ्वीको तापक्रम सय वर्षको अवधिमा करिब ०.७ डिग्री सेल्सियसले बढेको छ, भने नेपालमा पनि गत दशकमा मात्रै ०.६ डिग्रीले तापक्रममा वृद्धि भएको छ।

ग्लोबल वार्मिंग र प्रदूषणले पानीको अभाव सिर्जना गर्दछ। त्यसै गरी हाम्रो संसारमा “पानीको सङ्घर्ष” समेत पनि रहेको छ। पानीको स्रोतमा पहुँचको अधिकारलाई लिएर पानीको सङ्घर्ष वा पानी द्वन्द्व पनि सृजना भएको हो। रुवान्डाको नरसंहार वा सुडानी दार्फुरको युद्ध जस्ता मानवीय प्रकोपहरूलाई पानीको द्वन्द्वमा रूपमा जोडिएर हेरिएको छ। सामान्यतया देशहरू, राज्यहरू, वा समूहहरूबिच पानीको स्रोतको पहुँच र अधिकारलाई लिएर पानी द्वन्द्व सृजना भएको हो।

अन्तमा

सबैले भावी पुस्ताको प्रयोगका लागि आजैबाट पानी संरक्षणमा विशेष प्राथमिकता दिन जरुरी रहेको छ। पानी बिना यस पृथ्वीमा जीवन असम्भव रहेकोले यसलाई सबले बचाउने र प्रदूषित हुन नदिनु हरेक समाज र व्यक्ति विशेष ले आ-आफ्नो ठाउँ बाट आफू सक्दो प्रयास जारी राख्नु नै समय को माग हो।


Comments

    चेत बहादुर नेपालि

    sai ho kuro hamilai paniko hakara xa hoi

    Narendra Jain

    OR water is best for drink

    PNKantha

    very good

    MD afajal

    no


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!