
विश्व नृत्य दिवस
By Nepali Patro in अन्तराष्ट्रिय दिवस .अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अंग्रेजी पात्रो अनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखको दिनमा संसारभर नृत्य सम्बन्धि विभिन्न कार्यक्रमहरु गरिकन विश्वस्तरमा मनाईने गरिन्छ |यसदिन नेपाल लगायत विश्वभरका अनेकन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको उचित सम्मान,त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्धेश्य हेतु विभिन्न कार्यक्रम गरी विविध नृत्य कला प्रदर्शन गरिन्छन् |
अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस सर्वप्रथम इश्वी सं १९८२ अप्रिल २९ आजकै दिनमा एक महान रिफांर्मर जीन जार्ज नावेरे नामको व्यक्तिको जन्म दिनको सम्झनामा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ(युनेस्को)को अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले मनाउने घोषणा गरी मनाइएको थियो र त्यसपश्चात हरेक वर्ष अप्रिल २९ मा नृत्य दिवस विश्वस्तरमा मनाउँदै आएको छ |
विश्व नृत्य दिवसको दिन मनाइनुको प्रमुख उद्धेश्य भनेकै विश्वस्तरमा जनसर्वसाधारण माझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु रहेको छ | त्यसको साथ साथै सरकार मार्फत पुरै विश्वमा नृत्यकलालाई शिक्षा प्रणालीमा सम्मानपूर्वक उचित स्थान उपलब्ध गराउनु प्रमुख उद्धेश्य रहेको छ | जसअनुसार सन् २००५ मा नृत्य दिवसको अवसरमा नृत्यकलालाई संसारभर प्राथमिक शिक्षा प्रणालीमा आबद्ध तथा केन्द्रित गरिएको थियो |
नृत्यकलासंग जोडिएको हिन्दू धार्मिक प्रसङ्ग अनुसार आजभन्दा २००० वर्ष इशापूर्व त्रेतायुगमा समस्त देवताको विनयमा पर-ब्रह्माजीले नृत्यवेद तयार गरेका थिए र त्यहीबेला देखि नृत्यको उत्पति संसारमा भएको भनी धार्मिक विश्वास गरिन्छ |