
विश्व क्षयरोग विरुद्ध दिवस
By Nepali Patro in अन्तराष्ट्रिय दिवस .विश्व क्षयरोग विरुद्ध दिवस, अर्थात् (World Tuberculosis Day) अंग्रेजी पात्रोको हरेक वर्षको मार्च २४ तारिखको दिनमा पर्दछ | विश्वभर मानिसहरुको बढ्दो मृत्युदरको प्रमुख कारणहरु मध्येको एक प्रमुख महामारी रोगको रुपमा चिनिएको क्षयरोगको ’bout सारा विश्वमा जनचेतना फैलाउने,त्यसको उपचार तथा रोकथाम र पूर्ण निर्मूलन एवं उन्मूलनको अभिप्रायले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुप वार्षिक रुपले विश्वका सबै राष्ट्रहरुमा विश्व क्षयरोग विरुद्ध दिवस मनाइने परम्परा बसेको छ | विश्व स्वास्थ्य संगठनको प्रमुख आठ आधिकारिक विश्व साझा जान-स्वास्थ्य अभियानहरुका दिवसहरु मध्येको एक महत्वपूर्ण दिवस, विश्व क्षयरोग विरुद्ध दिवस रहिआएको छ |
मार्च २४ तारिख,विश्व क्षयरोग विरुद्ध दिवसले सन् १८८२ मा डा. रोबर्ट कोच नामक वैज्ञानिकले बर्लिनको एक विश्व विध्यालयमा विश्वका वैज्ञानिकहरु समक्ष त्यसताकाको महामारी क्षयरोग लाग्नु र फैलिनुको प्रमुख कारण, टि.बी. ब्यासिल्लस (T.B.Bacillus) नामक ब्याक्टेरिया रहेको सोध, एवं खोज पत्ता लगाई प्रस्तुत गरेको दिनको सम्झना गराउँछ | जुन बेलामा पूरा युरोप,अमेरिका लगायतका अरु विकास-उन्मुख राष्ट्रहरुमा समेत् क्षयरोगको महामारी फैलिएर करोडौं मानिसहरुको मृत्यु भइसकेको र रोगबाट ग्रसित भई मर्ने क्रममा हुनेहरुको संख्या निकै नै तर्साउने खालको थियो | सारंशमा भन्नुपर्दा त्यसबेलामा सारा विश्व क्षयरोगको चपेटामा परेको अवस्था थियो | पछि गएर, त्यही महान् वैज्ञानिक डा. रोबर्ट कोचको सोध तथा खोजको आधारबाट विश्व वैज्ञानिकहरुलाई क्षयरोगको रोकथाम तथा उन्मूलनको लागि उपयुक्त औषधि एवं उपचार पद्धतिको खोज र आविस्कार गर्न थप मद्दत पग्यो|
तसर्थ, सन् १९८२ मा तीनै महान् वैज्ञानिक डा. रोबर्ट कोचको क्षयरोग सम्बन्धिको विशेष खोज एवं सोधको सयौं वर्षको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्षयरोग तथा फोक्सो रोग विरुद्धको एक संगठनले हरेक वर्षको मार्च २४ तारिखको दिनलाई टी महान् व्यक्तिको सम्झनामा विश्व क्षयरोग विरुद्ध दिवस मनाउने प्रस्ताव पेश गरे र पछि गएर सन् १९९५ देखि विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनको निर्णय र संयुक्त राष्ट्रसंघको अगुवाईमा विश्व क्षयरोग बिरुद्ध दिवस हरेक वर्ष मानिंदै आइरहेको छ |