No Image

विश्व आदिवासी दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
जुलाई 1, 2020

संयुक्त राष्ट्र सङ्घको साधारण सभाले १९९९ अर्थात् २०४९ बि.स लाई विश्व भरि रहेका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा घोषणा गर्‍यो र त्यही वर्ष, सम्मेलनले १० डिसेम्बर १९९४ देखि सुरु हुने गरी विश्वका आदिवासीहरूको अन्तराष्ट्रिय दशकको पनि घोषणा गर्‍यो। २३ डिसेम्बर १९९४ (२०५१ बि.स) मा, संयुक्त राष्ट्र सघंको महासभाले विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ को दिन अन्तराष्ट्रिय रूपमा मनाउनु पर्ने निर्णय गरेको थियो। आदिवासी जनसङ्ख्या सम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्य समूहले मिति १९८२ अर्थात् २०३९ बि.स.लाई अन्तराष्ट्रिय दशकको पहिलो बैठकको दिनलाई सङ्केत गर्ने गर्दछ। संयुक्त राष्ट्र सङ्घको पहिलो अन्तराष्ट्रिय दशकको लक्ष्य भनेको आदिवासी जनजातिहरूको मानव अधिकार, वातावरण, विकास, शिक्षा र स्वास्थ्य जस्ता समस्याहरू, विभिन्न क्षेत्रका आदिवासी जनजातिहरूले भोगिरहेका विभिन्न प्रकारका समस्याहरू समाधान गर्न का लागि अन्तराष्ट्रिय सहयोगलाई सुदृढ गर्नु थियो।

पृष्ठभूमि: नेपालका आदिवासीहरू

नेपालमा गणतन्त्रको आगमन पछि आदिवासीहरूलाई आधिकारिक रूपमा आदिवासी जनजातिहरूको रूपमा वर्णन गरिएको छ। मुलुकको कुल जनसङ्ख्याको ३५.८१ प्रतिशत (करिब २८ करोड नेपाली मध्ये ८.५ मिलियन) आदिवासीहरू देशको विभिन्न स्थानमा पूर्वदेखि पश्चिम, तथा उत्तरदेखि दक्षिणसम्म बसोबास गर्दै आइरहेका छन्। तर, आदिवासी जनजातिको लागि काम गरिरहेका संस्थाहरू भने यो प्रकाशित तथ्याङ्कको तुलनामा आदिवासी हरू अझ धेरै बढी हुन सक्ने दाबी गर्दछन्। जनसङ्ख्यामा एक महत्त्वपूर्ण हिस्सा ओगटेको तथ्यको बाबजुद पनि, इतिहास पल्टाएर हेर्दा आदिवासी जनजातिलाई भाषा, राजनीति, संस्कृति तथा अन्य विभिन्न अवसरहरूमा सीमान्तकृत गरिएको देखिन्छ।

ई.श. २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२६ जात र अन्य जातीय समूहहरूले १२३ भन्दा बढी भाषाहरू बोल्दछन्। यहाँ बिर्सनु नहुने एक तथ्य के हो भने देशका ९० प्रतिशत भाषाहरू आदिवासी मानिसहरूले बोल्ने गरेका छन्। नेपालका आदिवासीहरूको हिमाल, पहाड र तराईको मैदानमा बसोबास गर्ने अर्थात् देशको विभिन्न स्थानमा बसोबास गर्ने सबैको आ-आफ्नै छुट्टै संस्कृति, तथा भाषाहरू साथ आफ्नै तौर तरिका र विश्वास प्रणाली हरू पनि छन्। देशका कूल ७५ जिल्लाहरू मध्ये २७ जिल्लामा आदिवासी जनसङ्ख्याको बाहुल्य रहेको छ। अधिकतर आदिवासीहरू देशको दुर्गम ग्रामीण क्षेत्रको पनि ग्रामीण इलाकाहरूमा बस्छन् र त्यहाँ उपलब्ध जमिनबाट आफ्नो र परिवारको दैनिक जीविका चलाउन बाध्य छन्।

आदिवासीहरूको ’bout ’boutमा कुरा गर्दै गर्दा नेपालमा धेरै जसो सजिलै भेटिने आदिवासी हरू भनेका, थारु, झन्गड, धानुक, राजवंशी, गंगाई, संथाल, सतार, धिमाल, ताजपुरिया, मेचे, कोचे, किसान, मुण्ड, कुसबडिया, चेपाङ, आदि हुन्। तर, कुनै पनि व्यक्तिले यो नामको सूची पूर्ण गर्न सक्दैन किनकि यी आदिवासीहरू बाहेक नेपालका विभिन्न स्थानमा आदिवासी जनजातिहरूको अझै ठुलो संख्या रहेको छ।

नेपाली संस्कृति, भाषा, धर्म, जैव-विविधता र सामाजिक सांस्कृतिक विविधताका हिसाबले एक धनी देश हो भन्ने कुरालाई नकार्न सकिँदैन। सन २००२ (बि.स. २०५९) मा नेशनल फाउन्डेसन (एन.एफ.डी.आई.एन) को माध्यमबाट नेपालमा आदिवासी जनजातिहरू मध्ये ५९ भन्दा बढी आदिवासी समुदायलाई औपचारिक र कानुनी मान्यताका साथ नेपाल सरकारले आदिवासी जनजातिहरूलाई कानुनी रूपमा आदिवासी जनजाति भनेर मान्यता दिने एवं चिनाउने काम गरेको छ।

ई.श १९८२ (२०३९ बि.स) मा जेनेभामा आयोजना गरिएको आदिवासी जनसङ्ख्या सम्बन्धी पहिलो संयुक्त राष्ट्रसङ्घ कार्य समूहलाई मान्यता दिनका लागि विश्वका आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस प्रत्येक वर्षको ९ अगस्टमा मनाइन्छ। डिसेम्बर २३, १९९४ (२०5१ बी.स) मा, संयुक्त राष्ट्र सधको साधारण सभाले अन्तराष्ट्रिय आदिवासी जनसङ्ख्याको अन्तराष्ट्रिय दशकको समयमा हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गर्‍यो।

ई.श. २००४ (२०६१) को संयुक्त राष्ट्रसङ्घ सम्मेलनले विश्वका आदिवासी जनजातिहरूको दोस्रो अन्तराष्ट्रिय दशक (२००५-२०१४) घोषणा गर्‍यो, जसले दोस्रो दशकमा पनि आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गर्‍यो। दोस्रो दशकको लक्ष्य संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातावरण, र सामाजिक र आर्थिक विकास जस्ता क्षेत्रहरूमा आदिवासी जनजातिहरूले सामना गरिरहेका समस्याहरूको समाधानका लागि अन्तराष्ट्रिय सहयोगलाई थप सुदृढ गर्नु रहेको थियो।

आदिवासी दिवस किन मनाइन्छ

अप्रिल २००० (२०५७ बि.स.) मा मानवअधिकार आयोगले आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र सङ्घ स्थायी फोरम स्थापना गर्न प्रस्ताव पारित गर्‍यो जुन आर्थिक र सामाजिक परिषद्ले अनुमोदन गरेको थियो। फोरमको उद्देश्य आदिवासी हरू सम्बन्धित संस्कृति, आर्थिक र सामाजिक विकास, शिक्षा, वातावरण, स्वास्थ्य र मानव अधिकार सम्बन्धी विषयहरूमा छलफल गर्नु हो।

आदिवासी समुदायहरूले स्वास्थ्य सेवामा धेरै कम पहुँच अनुभव गरिरहेका छन्, यसैले तिनीहरू विभिन्न रोगको सिकार भइरहेका पनि छन्। उनीहरूलाई यस समस्याहरूबाट बचाउन आवश्यक सेवाहरू, लगायत सरसफाइ सम्बन्धित जानकारीहरू र अन्य रोग रोकथामकारी उपायहरूमा उनीहरूको सहज पहुँच पुगेको छैन, जस्तै सफा पानी, साबुन, कीटनाशक, इत्यादि। त्यस्तै स्थानीय आदिवासी जनजाति बसोबास गर्ने स्थानीय क्षेत्रमा चिकित्सा सुविधाको अभाव नेपालको सबैभन्दा डरलाग्दो अवस्था हो किनकि कुनै पनि इलाका, हरू सम्म पहुँचयोग्य सडकहरू नहुनु वा भएको खण्डमा पनि विकटता जस्ता कुराहरूमा राज्य र सम्बन्धित निकाय हरूको तुरुन्त ध्यान जानु पर्ने आवश्यकता टड्कारो देखिन्छ। यस विषयमा धेरै देखिएको र अनुभव गरिएको अर्को कारक तत्त्वको कुरा गर्दा, आदिवासी हरू अवस्थित ठांउहरुमा स्थानीय चिकित्सा सुविधाहरू अक्सर कम सुसज्जित र कम कर्मचारीहरू रहेको पाइएका छन् जुन एकदम नै आधारभूत आवश्यकता तथा अवस्थाको स्वास्थ्य सेवा को लागी समेत पर्याप्त छैन। आदिवासी मानिसहरूले स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्न नसक्ने अवस्थामा अर्को समस्या, स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा कार्यकर्ताले उनीहरूले बोल्ने भाषाको ज्ञान नभएको कारण, भाषाको सामना गर्न नसक्नु पनि एक समस्या हो।

आदिवासी मानिसहरू खाद्यान्न असुरक्षाको सामना पनि त्यतिकै गर्छन् उनीहरूको परम्परागत भूभाग र क्षेत्रहरू वा यहाँ सम्म कि जलवायु परिवर्तन प्रभावहरू को परिणाम समेत खेप्दै आइरहेका छन्। आदिवासी जनजातिहरू जलवायु परिवर्तन प्रभावबाट पनि प्रभावित छन् किनकि उनीहरू आफ्नो जीविकोपार्जनका लागि नाजुक इकोसिस्टममा निर्भर छन्। उदाहरणका लागि, उनीहरूले परम्परागत स्वदेशी ज्ञान र वातावरण ढाँचा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने गर्दछन्। आदिवासी जनतासँग विभिन्न स्थानीय बिउ बिजन र कृषिको धेरै प्रजातिहरूको ज्ञान छ जसले कृषि क्षेत्रमा लामो समयसम्म अनुकूल र टिकाउपन बढाउन मद्दत गर्दछ। यसैले आदिवासी जनजातिको आधारभूत आवश्यकता तथा अन्य विभिन्न आवश्यकताको ’boutमा चेतना जगाउन प्रत्येक वर्ष अगस्ट ९ ले विश्वको आदिवासी जनजातिहरूको अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ। विशेष गरी अब यस दिनको अवसरमा हामी उनीहरूको परम्परागत ज्ञान, उनीहरूका आवाज र आदिवासीहरूको ज्ञानको अवलोकन गर्न सक्छौँ र तिनीहरू प्रयोग पनि गर्न सक्छौँ।

अन्तमा

देशमा आएको विभिन्न राजनीतिक परिवर्तन पछि, अहिले नेपालमा आदिवासी जनजातिको हितका लागि काम गरिरहेका विभिन्न सङ्गठनहरू छन्। आदिवासी जनजातिको अधिकार र पहिचानको लागि लड्ने प्रमुख उद्देश्यका साथ नेपाल सरकारले मान्यता दिएका विभिन्न स्वायत्त प्रतिनिधि छाता सङ्गठनहरू पनि प्रशस्तै छन्। त्यसैले आदिवासीहरूका लागि काम गरिरहेका, आदिवासीहरूका लागि समान र लोकतान्त्रिक समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्यको साथ जुटेका सङ्घ संस्था हरूका लागि आदिवासीहरूको हक हितका लागि राज्य सङ्ग मिलेर अगाडि बढ्ने उचित अवसर हातमा आएको छ । जुन संस्थाको नाम जे होस, तर के उनीहरूले आदिवासीहरूको लागि वास्तवमै केही गरिरहेका छन् वा छैनन् यो कुरा अबका दिनहरूमा महत्त्व राख्ने छन्। नामले होइन कामले, कसले आदिवासीहरूको लागि के गर्‍यो भनेर समयले बताउने छ। रत्नपार्क ’roundका जुलुसहरू वा टुँडिखेलमा भाषणले अब धेरै समय आदिवासीहरूलाई झुक्क्याउन सकिने छैन। जब सम्म यी संस्थाहरू साँच्चै आदिवासीहरूको हक हितका लागि कार्य गर्दैनन् र आदिवासी जनजातिको अधिकारको लागि साँचो प्रतिबद्धता देखाएर काम गर्दैनन् तब सम्म आदिवासीहरूले पनि उनीहरूलाई साँचो रूपमा विश्वास गर्ने छैनन्। जबसम्म राज्य र आदिवासी जनजातिहरूका लागि काम गर्ने संस्थाले आफ्नो काम इमानदारीताका साथ प्रदर्शन गर्दैनन् , आदिवासी जनजातिहरूको विकास र अधिकारका लागि यस दिन मनाउनु व्यर्थ हुनेछ।


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!