विश्वसम्पदा दिवस
By Nepali Patro in
अन्तराष्ट्रिय दिवस .
विश्वभरिका प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेका प्राचीन सम्पदाहरुको जानकारी,संरक्षण तथा सम्वर्धन र प्रवर्धनको लागि मानव संसारको भावी नयाँ पुस्तामा चेतना र जागरुकता ल्याउने अभिप्रायले अंग्रेजी पात्रोअनुसार हरेक वर्षको अप्रिल महिनाको १८ तारिखको दिन विश्व सम्पदा दिवस सारा विश्वभर भव्यताका साथ मनाउने गरिन्छ | विश्वका अन्य मूलुकहरुमा झैँ नेपालमा पनि यसदिन राष्ट्रिय सम्पदाहरुको संरक्षण र प्रवर्धनका विविध विषयमा जनचेतनामूलक एवं जनसहभागितामूलक कार्यक्रमहरु गर्ने गरिन्छ | संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको (युनेस्को) पहिचानको कार्यक्षेत्र तथा दायराभित्र पर्ने क्षेत्रहरु जस्तै संस्कृति, इतिहास,जैविक विविधता, पर्यावरण र प्रकृतिक सौन्दर्यतासंग सम्बन्ध र सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संघ-संस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ विश्वभर विश्व सम्पदा दिवस वर्षेनी मनाउने गरिन्छ |
संयुक्त राष्ट्र शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)को मातहतमा रहेको विश्व सम्पदाका धरोहर,स्तम्भ, तथा स्थलहरुको अन्तर्राष्ट्रिय कमिटीले विश्व सम्पदा दिवस मनाउने प्रस्ताव सन् १९८२, अप्रिल १८ तारिखको दिन सर्वप्रथम प्रस्ताव राखेकोमा सन् १९८३ गएर युनेस्कोको साधारण सभाबाट र विशेष कमिटीबाट पनि पारित भई त्यसउप्रान्तदेखि विश्व सम्पदा दिवस मानिनथालिएको हो | संयुक्त राष्ट्र शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले अघिसारेको १० नं को सिद्धान्त तथा मापदण्डको अवधारणा अनुसार १० मध्येमा कम्तिमा १ नंसम्मको दायराभित्र भएमा ऐतिहासिक, पौराणिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिकोणबाट महत्वपूर्ण ठहरिएका कुनैपनि स्थल, मठ-मन्दिर र स्तम्भलाई विश्व सम्पदाको सूचीमा नामांकित हुने र तीनको संरक्षण गर्ने गर्दछ|
सेप्टेम्बर 24, 2020 4 महिनाहरु
latest khabar