विजया दशमी
विशेषगरी हिन्दूहरुले वर्षदिनमा एकपटक मनाउने चाड दशैं सम्पूर्ण नेपालीहरुको एक प्रमुख महान चाडपर्व हो | नेपालको राष्ट्रिय चाडको गरिमा बोकेको बडा दशैं अर्थात् विजया दशमी हाम्रो मौलिक नेपाली पात्रो अनुसार हरेक वर्षको आश्विन शुक्लपक्ष प्रतिपदाको घटस्थापनाको दिन देखि शुरु हुने नौरात्रीको समाप्तिपछि पुर्णिमाको दशौ अर्थात् दशमीको प्रमुख विजय उत्सवको दिनलाई बडा चाड दशैको विजया दशमीको दिन भन्ने गरिन्छ |
दशैंको पहिलो दिनदेखि दशमीको दिनसम्म माता नवदुर्गा एवं त्रिशक्तिदेवी माता- महाकाली, महालक्ष्मी र महासरस्वतिको विधिवत् पूजाआजा एवं आराधना गरिन्छ |हिन्दू धार्मिक शास्त्र अनुसार विजया दशमीको दिन माता दुर्गा भगवतीले दानवी शक्तिमाथि अर्थात् असत्य,अन्याय र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतिकको स्वरूप तथा भगवान् श्रीरामले अधर्मी एवं अत्याचारी राक्षस रावणमाथि विजय हासिल गरेका उपलक्ष्य वा उत्सवको रुपमा लिने गरिन्छ | तसर्थ यस पावन दिनको खुशियालीमा नेपाली समाजमा आफूभन्दा उमेरमा ठूला-बडाबाट सानाले नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने र आशिर्वाद लिने चलन छ |
शास्त्रीय मान्यता एवं विश्वास अनुसार भगवान श्रीरामले यसै शुक्लपक्ष, दशमीको दिन अधर्मी दानव रावणको वध गरी लोकको कल्याण गरेका थिए भन्ने कथन भएकोले यसलाई पछिगएर हिन्दू धर्ममा आस्था राख्ने हिन्दूहरुले विजया दशमी भनिएको हो | त्यसैले यसदिन नेपाल,भारत लगायतका अन्य हिन्दू राष्ट्र र
ठाउँहरुमा रावणको कटपुतली ठड्याएर यसलाई अग्निवाणले प्रहार गरी ढाल्ने र
जलाउने चलन पनिचल्तीमा छ |
नेपाल र छिमेकी रास्ट्र भारत लगायतका अन्य केही हिन्दू धर्म मान्ने राष्ट्रहरुमा समेत् मनाइने विजया दशमी अथवा बडा दशैं एक शक्ति तथा शास्त्र पूजनको पर्व र विजय उत्सवको पर्व पनि हो | यस विशेष दशमीको दिनलाई नेपालीहरुले टीकाको दिनपनि भन्ने गरिन्छ | तसर्थ आफ्ना इष्टमित्र,नातागोताका मानिसहरु आफूभन्दा ठूलाबडा एवं आफना मान्यजनहरुबाट आशिर्वाद स्वरूप टीका र जमरा लगाउन जाने/आउने,नयाँ नयाँ लुगा कपडाहरु लगाउने आफ्नो हैसियतको मीठो मीठो खानेकुरा,मासु बनाई खाने, खुवाउने र
घर आँगन,टोल समाज सरसफा राख्ने जस्ता कार्यहरु हर्ष र उत्साहका साथ गर्ने गर्दछन् | विजया दशमीको दिन नेपालको प्राय ठाउँहरुमा विभिन्न मेला, मनोरन्जनात्मक कार्यक्रमहरु लाग्ने गर्दछन् भने राष्ट्राध्यक्षका हातबाट लगाउने सर्वसाधारणको पनि राष्ट्रपति भवनमा घुइंचो लागेको हुन्छ |
हिन्दू संस्कृति र परम्परा अन्तर्गत नेपाली पात्रो अनुसार चैत्र दशैं र बडा दशैं अर्थात् विजया दशमी गरी मनाइने दुईटै दशैंले मानिसमा हुने दशौँ प्रकारका पापहरु तथा अवगुणहरु त्याग्न र नयाँ उमङ्ग,सहास. वीरतालाई जीवनमा अपनाउने प्रेरणा दिइरहेको हुन्छ
मार्च 2, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
मार्च 13, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
अप्रील 7, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
अप्रील 6, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
अप्रील 6, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)