वन उपभोक्ता दिवस

वन उपभोक्ता दिवस

By Nepali Patro
मे 20, 2025

हरेक वर्ष जेठ १८ गते नेपालमा वन उपभोक्ता दिवस मनाइन्छ। यो दिवस २०५१ सालमा सरकारले वन संरक्षणका लागि उपभोक्तालाई वन हस्तान्तरण गरेको ऐतिहासिक निर्णयको सम्झनामा मनाइन्छ। यसले सामुदायिक वनमार्फत संरक्षण, व्यवस्थापन उपयोगमा जनताको भूमिकालाई सम्मान दिन्छ।

सामुदायिक वन

नेपालको सामुदायिक वन कार्यक्रम विश्वकै सफल नमुना योजना मानिन्छ। सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियताले वन नाफामूलक स्रोतभन्दा पनि सामूहिक स्वामित्व साझा उत्तरदायित्वको अभ्यास भएको प्रमाणित गरेको छ।

२०६८ को जनगणना अनुसार, नेपालमा ८४,६७० घरधुरी सामुदायिक वनमा आवद्ध छन्, जसबाट ५५७,७०८ जना मानिसहरू प्रत्यक्ष लाभान्वित छन्। सामुदायिक वन उपभोक्ताहरूले जैविक विविधताको संरक्षण मात्र नभई ग्रामीण जीवनशैलीमा आर्थिक, सामाजिक पर्यावरणीय सुधार पनि ल्याएका छन्।

वनको वर्गीकरण: जैविक विविधताको सम्पदा

नेपालमा वनलाई सात प्रकारमा वर्गीकरण गरिएको छ: सामुदायिक, साझेदारी, सरकारी, निजी, धार्मिक, संरक्षित र कबुलियत वन। यिनले विभिन्न स्वामित्व र व्यवस्थापन ढाँचालाई प्रतिनिधित्व गर्छन्। यस्तै, भौगोलिक बनावटका आधारमा वनलाई उष्ण, उपोष्ण, समशीतोष्ण, शीतोष्ण, सब अल्पाइन र अल्पाइन गरी छवटा वर्गमा विभाजन गरिएको छ। साल, सल्ला, देवदार, गुराँस, भोजपत्र, धुपीजस्ता जैविक विविधता बोकेका वनस्पतिहरूले नेपाललाई वन सम्पदाको धनी मुलुक बनाएका छन्।

वन उपभोक्ता दिवसको महत्व

वन उपभोक्ता दिवस मनाउने उद्देश्यहरूमा मुख्यतः जनचेतना अभिवृद्धि, सामुदायिक समूहहरूको योगदानको कदर, महिला तथा युवाको नेतृत्वको सशक्तीकरण, र स्थानीय नेतृत्वको प्रवर्द्धन सामेल छन्। सामुदायिक वन उपभोक्ता समूहहरूको प्रयासले वन स्रोतको संरक्षण मात्र होइन, ग्रामीण समुदायमा समावेशी विकास र समान अवसरको वातावरण समेत सिर्जना गरेको छ।

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ