
राष्ट्रिय मगर दिवस
By Nepali Patro in राष्ट्रिय दिवस .नेपालको सबभन्दा पुरानो आदिवासी समुदायमध्येको एक भनेको मगर समुदाय हो | मगर समुदायका मानिसहरु प्राय: पश्चिम नेपालको हिमाली भेगदेखि काली गण्डकी नदीको ’roundको बस्तीमा फैलिएर बसोबास गरिआएको इतिहासमा पाइन्छ | यिनीहरुको पुर्खा पूर्वी-एशियाली मंगोलियन जातिका रहेका र पछि तिब्बतबाट विस्तारै सिक्किमहुँदै नेपाल भित्रिएका भन्ने जन-बिश्वास र धारणा इतिहासमा उल्लेख छ | पछि कालान्तरमा गएर मगरहरु नेपाल अधिराज्यको पुर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा फैलिंदै गएको र ’emको जनसंख्या बढ्दै गएको तथ्यांकले देखाउँछ |
प्राप्त २०११ को तथ्यांकअनुसार मगरहरु नेपालभरिमा नेपालको जन्संख्याको ७.१३% रहेको देखाउँछ | जसले मगरहरु नेपालको क्षेत्री र ब्राह्मण पछि तेस्रो ठूलो आदिवासी भएको देखाउँछ |नेपालको एकिकरणको बेलादेखि अहिलेको नेपाल बन्दैगरेको अवस्थासम्म मगरहरुको ठूलो योगदान र बलिदान रहेको इतिहासमा’ उल्लेख भएको हामी पाउँछौँ | तसर्थ मगरहरुलाई वीर धर्तीपुत्रहरुको नाममा चिनिने, सम्झिने र बोलाइने गरिन्छ, परापूर्वकालदेखि | यी मगर समुदाय भाषा,संस्कृति,पहिरन र परम्परामा निकै धनी छन् | यिनीहरु बुद्ध धर्म मान्ने बहु-भाषी, बहु-संस्कृतिका छन् | यिनीहरुको भाषिक लिपिलाई “अख: लिपि” भनिन्छ भने मगरहरुको मातृभाषा, मगर भाषा ठाउँअनुसार चार भिन्ना भिन्नै प्रकारका जनवोलीको प्रयोगमा छन् |
यही मगरहरुको ऐतिहासिक महत्वलाई कायम गर्न ती मगर-आदिवासीको सम्झनामा प्रत्येक वर्षको फाल्गुन १५ गतेको दिन राष्ट्रिय मगर दिवस हर्ष,उत्साह,उल्लास र उमंगका साथ मनाइन्छ |यस विशेष दिनमा नेपालभित्र र बाहिर छरिएर रहेका मगर आदिवासी समुदायका मानिसहरु आफ्नो समुदायको राजनैतिक,सामाजिक धार्मिक एवं संस्कृतिक उत्थान र विकासको लागि विभिन्न कार्यक्रमहरु राजनैतिक तहदेखि सरकारी तहसम्ममा गरी मनाइन्छ | यसरी राष्ट्रिय मगर दिवसको दिन मनाउने परम्पराले सम्पूर्ण मगर आदिवासी समुदायलाई एकसूत्रमा बढ्ने सूत्राधार एवं मार्ग निर्देशकका रुपमा काम गरेको छ | वास्तवमा “फ़ल्गुन१५ गते मगरदिवस” ले मगरहरुमा एकता,संगठन, आपसी मेलमिलाप,भाइचारा तथा एक्यवद्धता कायम गरेको पाहिन्छ |
फाल्गुण १५ गते मगर दिवस को उपलक्ष्यमा सम्पुर्ण संघ संस्थाहरुले विगतका वर्षहरुमा मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक तथा राजनैतिक उत्थान एवं विकासका लागि के कस्तो भुमिका खेली आएको छ सो सम्बन्धमा समिक्षा गर्ने गराउने गरिन्छ। त्यस्तै मगर समुदायको हक हित र अधिकारको के कसरी सुरक्षा गर्न सकिन्छ सो सम्बन्धमा आ-आपसमा विचार विमर्श एवं सामाजिक मान्यताहरु के कसरी जोगाउने तथा अझ बढि कसरी विकसित गर्दै लैजान सकिन्छ सो सम्बन्धमा अध्ययन मनन् गर्न गराउने ’bout चर्चा परिचर्चा गर्ने गरिन्छ। राज्यद्वारा सबैभन्दा बढि उत्पिडित र विभेदमा परेका मगर जातिको मुक्तिका लागि पहल गर्न तथा सम्भावित उपायहरु पत्ता लगाउने ’bout छलफल गर्ने गरिन्छ। आदिकाल देखि उपयोग गर्दै आएको मुलभूमि तथा ऐतिहासिक थलो मगरान स्वायत्त राज्यको स्थापना र निर्माणका लागि के कसरी सो प्राप्त गर्ने ’boutमा विचार विमर्श गर्ने गरिएको छ। यस परिपेक्ष्यमा हेर्ने हो भने “फाल्गुण १५ गते मगर दिवस” सम्पुर्ण मगर समुदायको लागि अत्यन्त महत्वपुर्ण दिन हो भनेर मान्न सकिन्छ।
२०३९ फाल्गुण १५ गतेका दिन दमौलीमा हेम बहादुर पुन मगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। पछि वि.सं. २०४० साल वैशाख ३१ गते नेपाल लाङघाली परिवार संघको केन्द्रिय कार्यकारिणी समितिले प्रथम वैठकमा प्रत्येक वर्ष फाल्गुण १५ गते लाई “लाङघाली दिवस” को रुपमा मनाउने प्रस्ताव सर्वसमितिबाट पारित गर्यो। त्यस बेला देखि नेपाल मगर संघ तथा अन्य मगर सम्बन्धि संघ संस्थाहरुले “फाल्गुण १५ गते” लाई “मगर दिवस” को रुपमा मनाउँने भएकाले मगर दिवस मगर समुदायको लागि ज्यादै महत्वपुर्ण दिनका रुपमा लिन सकिन्छ।
फ्रेवुअरी 27, 2020 2 वर्षहरु
आफ्नो देश बाट बाहिर रहेपनि नेपाली की चाडपर्व याद गराउने तपाईं लगायत सम्पूर्ण नेपाली पात्रो परिवारमा हार्दिक हार्दिक धन्यवाद मन देखि गर्दछु ।
फ्रेवुअरी 27, 2020 2 वर्षहरु
dami
फ्रेवुअरी 28, 2020 2 वर्षहरु
Nice
फ्रेवुअरी 29, 2020 2 वर्षहरु
विश्वभरी छरिएर बसोबास गर्नु हुने आम मगर दाजु भाई तथा दिदीबहिनी बुवा बाजे आमा सबै मगर समुदायको लागि आफ्नो ऐतिहास जन्न अती जरुरी छ ? भन्ने मेरो भनाई र हरेक बर्ष फाल्गुन १५ गते राष्ट्रिय मगर दिवशको उपलक्षमा बिविध मगर जातिका हक अधिकार सुनिश्चितको माग राखी सरकार संग जोड गरिरहेको सर्वबितितै छ ?
मार्च 4, 2020 2 वर्षहरु
मलाई गर्भ छ मगर हुनु मा
मार्च 15, 2020 2 वर्षहरु
I’m very proud to be magar…bcoz this is such a cast that everyone likes including world.
मार्च 21, 2020 2 वर्षहरु
very good
अप्रील 6, 2020 2 वर्षहरु
Khusi lagyo
फ्रेवुअरी 27, 2021 1 वर्ष
I am feeling proud to being Magar.
Wish all the magar communities for their well being.
फ्रेवुअरी 27, 2021 1 वर्ष
हामी सबै नेपालीहरुमा मगर दिवसको सुभकामना छ।
फ्रेवुअरी 27, 2022 6 महिनाहरु
संपुर्ण मगर समुदायको दिदि बहिनी तथा दाजुभाइहरु लाइ लाङघालि दिवसकाे सुभकामना
फ्रेवुअरी 27, 2022 6 महिनाहरु
जात जातीय सस्कृती परम्परालाई जानकार गराउनु भएकोमा खुशी लाग्यो
फ्रेवुअरी 27, 2022 6 महिनाहरु
जात जातीय संस्कृति परम्परालाई उजागर गरेकोमा खुशी लाग्यो