राष्ट्रिय पत्रकारिता दिवस

राष्ट्रिय पत्रकारिता दिवस

By Nepali Patro
मे 7, 2025

वैशाख २४ गते, नेपालमा राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम सहित मनाइन्छ। २०७३ सालमा सरकारले यस दिनलाई राष्ट्रिय दिवसको मान्यता दिएपछि औपचारिक रूपमा यो दिवस राष्ट्रिय तहमै मनाइँदै आएको छ। यही दिन वि.सं. १९५८ सालमा साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु गरिएको थियो।

२०८२ को नारा:

यस वर्षको पत्रकारिता दिवस “विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार” भन्ने मूल नाराका साथ मनाइँदैछ। 

गोरखापत्रको इतिहास 

वि.सं. १९५८ सालको वैशाख २४ गते सोमबारदेखि साप्ताहिक रूपमा प्रकाशन सुरु गरिएको थियो। यसका पहिलो मुद्रक तथा व्यवस्थापक पण्डित नरदेव पाण्डे थिए। गोरखापत्र वि.स. २००० असोज २९ गतेदेखि हप्तामा दुई पटक, वि.स.२००३ पुस ८ गतेदेखि हप्तामा तीन पटक, र वि.स. २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो। गोरखापत्र प्रकाशन भएको ३३ वर्षपछि मात्र, वि.सं. १९९१ सालमा, यसको सम्पादकको नाम छापिन सुरु गरियो। त्यस क्रममा पहिलो पटक नाम प्रकाशित हुने सम्पादक प्रेमराज थिए, जसपछि पत्रिकामा सम्पादकीय लेख प्रकाशित गर्ने चलन पनि सुरु भएको हो।

नेपालमा पत्रकारिताको अहिलेको स्थिति 

नेपालमा आजको दिनमा ४,९०० भन्दा बढी छापा प्रकाशनहरू, १,१९३ वटा रेडियो स्टेसनहरू, २४६ टेलिभिजन च्यानलहरू र ४,६०० भन्दा बढी अनलाइन न्युज साइटहरू छन्। तर नेपालमा पत्रकारिता अहिले सम्भावना र चुनौतीको दोभानमा उभिएको छ। सूचनाको सहज पहुँच र प्रविधिको विकाससँगै पत्रकारिताले नयाँ गति लिएको छ, तर निष्पक्षता, खोज मूलकता र उत्तरदायित्वजस्ता आधारभूत मूल्यहरूमा प्रश्न उठ्न थालेका छन्।

Related Posts

कुमार षष्ठी तथा सिथि नखः

जुन 19, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

निर्जला एकादशी व्रत

जुन 24, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ