Related Posts
धनतेरस र धन्वन्तरी जयन्ती
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
डिसेम्बर 10, 2021
पात्रो अनुसार हरेक वर्षको कार्तिक शुक्लपक्ष, प्रतिपदाको दिन अर्थात् नेपालका सबै नेवार समुदायका मानिसहरुले राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी.सं. ८८० मा गरिब जनताहरुको ॠण विमोचन गरी नेपाल संवतको शुरुवात गरेको नेपाल संवतको नव वर्ष अर्थात् नेवारीमा “न्हूँ दँया” को दिनमै मनाइने विशेष सांस्कृतिक महत्व बोकेको पर्वको नाम हो- म्हः पूजा | आजको दिन सम्पूर्ण नेवार समुदायको मानिसहरु म्हः अर्थात् आत्म वा नेपालीमा शरीरको पूजा गरी आफ्नो शरीरको शु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्दछन् | अन्य दिनहरुमध्ये तिहारको चौथौं दिन, म्हः पूजा को बेला अरु मनाउनुपर्नेदिनहरुपनि पर्ने भएकोले तिहार कै विशेष दिनको रुपमा पनि जनसर्वसाधारणले लिने गरिन्छ |
चलिआएको रीतिरिवाज तथा चलन अनुसार सबै परिवार एकै ठाउँमा बसेर परिवारका सबभन्दा जेठी आमा वा बुबाको हातबाट टीका थापी र शरीरपूजा गरिकन सबैको सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित आशिर्वाद लिने गरिन्छ | हिन्दू धर्मको शास्त्रीय कथन अनुसार मानिसको आत्मा नै सबभन्दा महत्वपूर्ण भएकाले म्हः पूजाको दिनमा आत्म पूजा गरी आत्म सन्तुष्ट र शुद्ध बनाई खुशी राख्न सके देवा-देवता पनि प्रसन्न भएर आशिर्वाद दिने र जीवन पनि सफल हुने धार्मिक विश्वास गरिन्छ | यसो गर्नाले वर्षदिनको कामकाजमा शरीर नथाक्ने वा कुनै पनि लाग्ने गरेका रोग-व्यथाबाट छुट्कारा पाउने विश्वास र कथन वृद्धा तथा बुजुर्ग नेपालीहरुको रहेको पाइन्छ |
नेपाल भरका सबै नेवार समुदायमा म्हः पूजाको विशेष महत्व रहने गर्दछ र यसदिन दिनभर जसो मनोरन्जनात्मक कार्यक्रमहरु संचालनमा रहन्छन् भने बेलुकी साँझतिर पारम्परिक हिसाबले सबै नेवारको घर घरमा विशेष प्राथमिकताका साथ मनाइने म्हः पूजाको लागि पूजासामाग्रीहरुको किनमेल र बजारको भीड-मेला यत्र-तत्र लागेको अवस्था हुन्छ | यसदिन नेवार समुदायका बस्तीहरुमा नेवारी परम्पराअनुसारको सांस्कृतिक सजावट र सबैजना आफ्नो मौलिक भेषभूषामा रहेका हुन्छन् | बेलुकी तिहारभरि खेलिने प्रसिद्ध द्यौसी-भैलो कार्यक्रमको रमझम पनि नितान्त मनोरन्जनात्मक रहन्छन् |
जुलाई 1, 2020Nepali Patro (Sudan Bhattarai Upadhyaya)
मार्च 2, 2017उपप्रा. लक्ष्मीप्रसाद बराल
जुलाई 27, 2021Nepali Patro (Sudan Bhattarai Upadhyaya)
मार्च 20, 2017Nepali Patro
मार्च 2, 2017Nepali Patro
अक्टोबर 28, 2019 3 वर्षहरु
याे बिद्युतिय पात्राे निर्माण गरेर नेपालीहरुलाई सेवा पुर्याउनु भएकोमा यश एपका निर्मातालाई धेरै धेरै धन्यवाद छ। तथापि कतिपय सत्य तथ्यलाई हिन्दु धर्म र परम्परा अनुसार भन्नू अाफैमा असत्य र भ्रमपूर्ण हुने भएकोले कुनै पनि चाड, पुजा र पर्व तथा परम्परा कुन समुदायको भित्री उत्पत्ति र बिकासबाट अाएकाे हाे भन्ने कुराकाे हेक्का नराखी हिन्दुकरण गर्न खाेजिएकाे देख्दा दुःख लाग्छ । त्यसकारण नेवारहरुले मात्रै परम्परा थालेर नेवारहरुले मात्रै मनाउँदै अाएका ‘म्ह पुजा’ लाई हिन्दु परम्परा भनेर ब्याख्या गरिनु हुँदैन । यसले सत्य तथ्यलाई लुकाएर झुटकाे प्रचार गरिएको देखिन्छ । सम्पूर्ण हिन्दु जातिले मनाउने गरेको चाड, संस्कार र परम्परा भएको भए “हिन्दु परम्परा ” भन्न सकिन्छ । तर नेवारहरुले मात्रै मनाउँदै अाएकाे चाड तथा पर्वलाई “हिन्दु धर्म ” र परम्परा सँग जाेेडेर ब्याख्या गर्दा सत्यतथ्य लुक्न जान्छ। यसाे गर्दा ऐतिहासिक सत्यता अाेझेलमा पर्न जानुका साथै व्याख्या अाफैमा बिराेधाभासपूर्ण हुन जाने कुरामा सचेत हुन बिनम्र अाग्रह गर्दछु।
अक्टोबर 28, 2019 3 वर्षहरु
Ramro hos
अक्टोबर 28, 2019 3 वर्षहरु
good
अक्टोबर 28, 2019 3 वर्षहरु
good
नोभेम्बर 15, 2020 2 वर्षहरु
Ramro ati ramro
नोभेम्बर 15, 2020 2 वर्षहरु
Very Good
अक्टोबर 27, 2021 10 महिनाहरु
mo ke prati kiya halnu bujina email maa bujai dinu ani hal xuu
नोभेम्बर 5, 2021 9 महिनाहरु
कसैलाई हिन्दु भनेर सम्बोधन गरिदिदा वा लेखिदिदा चित्त दुख्यो भने अथवा त्यसलाई धार्मिक अँाखाले हेरेर अर्थ लगाउछ भने नलेखौ न त !
नोभेम्बर 5, 2021 9 महिनाहरु
Mhah pooja is purely a Bajrayani Buddhist culture not of Hindu and we never believe in Aatma rather we believe in purification of mind.
नोभेम्बर 5, 2021 9 महिनाहरु
Newari samudayle manine mha puja pani bhanidai chha ani feri “hindu parampara” bhanda ta thik lagena. Hindu parampara thiyo bhane Newari Samuday le matra mannu ra Newari Naya Sambat kina maninu
नोभेम्बर 5, 2021 9 महिनाहरु
ati ramro
नोभेम्बर 5, 2021 9 महिनाहरु
good