
मतिना पारू – नेवा: हरूको मौलिक प्रेम दिवस
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .परिचय
आज पौष कृष्णपक्षको प्रतिपदा अर्थात्त थिंल्ला गाः पारू नेपालका नेवार समुदाय (नेवा: समुदाय) को मौलिक प्रेम दिवस, मतिना पारू हो। अङ्ग्रेजी महिनाको फेब्रुअरी १४ को दिन “भ्यालेनटाईन दिवस” त पाठकबृन्दहरूलाई थाहा भएकै कुरा हो! तर, नेपालको नेवार समुदाय, नेवा: हरूको पनि आफ्नै मौलिक प्रेम दिवस छ भन्ने हामी मध्ये थोरैलाई मात्र थाहा भएको हुनसक्छ। नेपालका नेवार समुदाय (नेवा: समुदाय) का साथै सबै नेपालीको लागी महत्त्वपूर्ण रहेको यो संस्कृति अहिले आएर करिब करिब लोपोन्मुख भइसकेको जस्तै हुँदा हामी सबैको लागी यो ठुलो विडम्बना को कुरा हो।
नेपाल भाषामा, नेवा:हरू माझ “मतिना पारू” को नामले यो दिन सदियौँ देखि योमरी पुन्ही (धान्य पुर्णिमा) को भोलि पल्ट, आज “थिंल्ला गाः पारू” अर्थात्, प्रतिपदा को दिनलाई प्रेम दिवस को रूपमा मनाउने गरिन्थ्यो तर, अहिले पश्चिमको भ्यालेनटाईन दिवसको लोकप्रियताले गर्दा थोरैले मात्र मतिना पारू मनाउने गर्दछन्। नेपाल भाषामा “मतिना” को अर्थ “प्रेम” हो भने “पारु” को अर्थ “प्रतिपदा” हुन्छ। नेवा: समुदायहरूको विश्वास अनुसार आजको प्रतिपदाको दिन लगाएको माया, प्रेम, वा प्रेम प्रस्तावहरू सफल तथा माया-प्रेमहरू प्रेममय, स्थायी र दिगो हुने गर्दछ।
योमरी फनेगुको परम्परा
नेवा : समुदायको परम्परा अनुसार योमरी पुन्हीको दिन बच्चा बच्ची सहित ठुलाबडा समेत नजिकको घरहरूमा गएर गीत गाउँदै योमरी माग्ने चलन रहेको छ। यस चलनलाई ‘योमरी फनेगु’ को नामले चिनिन्छ। “’योमरी फनेगु” संस्कृति प्रेम र माया प्रीति सँग सम्बन्धित छ। यसरी घर घर गएर योमरी माग्ने क्रममा उनीहरूले आफ्नो प्रिय प्रेयसी हरूसँग लुकी छिपी कुरा गर्ने मौका पाउँथे किनकि त्यस बेलाको समाज र परम्परागत मान्यता अनुसार यस्तो अवसर पाउन अक्सर गाह्रो नै हुने गर्दथ्यो।
परम्परागत दिनहरूमा, समाजमा माया, प्रेम जस्ता विषय प्रतिबन्धित थियो त्यसै कारण योमरी पुर्णेको ‘योमरी फोनेगु’ संस्कृति त्यस समयमा एक “क्रूजिंग दिन” को रूपमा प्रयोग भएको हुने गर्दथ्यो, र प्रेमीहरू एक आपसमा योमरी पुन्हीको भोलि पल्ट गोप्य रूपमा भेट्ने गर्थे। त्यस बेला सूचना आदान प्रदान गर्ने अहिलेको जस्तो मोबाइल, इन्टरनेट, फोन आदी थिएनन् तसर्थ, योमरी फनेगु को दिन नै कुराकानी वा भेट्ने समय आदीको निर्णय हुने गर्दथियो।
कविताहरू र समाजमा तिनीहरूको सम्बन्ध
प्रेमी प्रेमिकाहरू आफ्ना विशेष अभिव्यक्तिहरू तल दिइएको हरफ झैँ पोख्ने गर्दथिए :
‘द्यः निभाः ह्याउँ ह्याउँ धाइ बलय् बुइँचा हिति फल्चा क्वसं पंबुझाः ल्यूने’
जसको अर्थ हुन्छ : जब गोधुली साझमा सूर्य रातो हुन थाल्छ, बुङ्चा हिटी फाल्चाबाट, बाँसका रूखहरू पछाडि…।
त्यसै गरी तल दिइएको मार्मिक हरफ एक रूपवती, स्वाभिमानी र सच्चा प्रेम पुजारीनी “राजमति” को जीवन कथाबाट लिइएको हो जुन आजको दिनहरूमा पनि नेवा समाजका गल्ली, टोल, चोक र ननीहरूमा उक्त वियोगान्त प्रेमकथा गुञ्जने गर्दछ ।
रूप ब्यु थें, दैब द छं
पलख याउँक म्वाय् मब्यु ॥
ख्वये वया हे ख्वये मखं जि
तये मखं झासुका: तकं ॥
अनुवाद :
रूप दिए सरि, हे दैव तैले
एकछिन आरामले जिउन दिएनौ मलाई
रुन आएनी रुन सकिन म
सकिन डाको छोड़ी रुन
त्यस बेला नेवा: समाजमा प्रचलित भएका तथा रहेका यस्ता धेरै मौखिक कथाहरू, गीतहरू अहिले आएर किंवदन्तीहरूझैँ भई सकेका छन् जसले राजमतिको कथामा जस्तै त्यो समयका यथार्थ परक पलहरू समेटेका छन् भन्न सक्ने पर्याप्त ठाउँ हरू छन् । जुन तल दिइएको हरफ बाट पनि देख्न र बुझ्न सकिन्छ।
मरूहिती ल:का वंम्ह:, तग्व: ल्वहंतय् लुफिं हान
राजमति थस पाल न्हं ॥
राजमति कुमति, जिके वसां पिरती…
अनुवाद :
मरूहितीमा पानी लीन आएकी, ठुलो ढुंगामा औंला ठोकी
राजमति लड्न पुग्यो है
राजमति रूपमति, म संग आए पिरती…
यी प्रेम भावको हरफ एक प्रेमीले त्यो समयको नेपालकै एक अत्यन्त सुन्दर महिला राजमतिलाई स्मरण गरेर बनाएका प्रेम शब्दहरू हुन, जुन प्रेम-शब्दहरूले त्यस समयको जीवन शैलीलाई समेत पनि दर्साएको देखिन्छ ।
पानी स्रोत र यसको उपयोग
त्यस बेला गाऊ घर तिर पधेरो, कुवा आदीले समाज लाई चाहिने खानेपानीको व्यवस्था गरेझैँ नेवा समाजले “यें” अर्थात् उबेलाको काठमाडौँ सहरमा पनि खानेपानीको व्यवस्थाको लागी ढुंगेधारा (हिटी,हिती), तुँ (इनार ), बुंग (कुवा) आदीको निर्माणहरू गरेको पाइन्छ। अनि त्यही हिटी, तुँ, हरुले त्यस समयको काठमाडौँ सहर वरिपरिका धेरै मानिसहरूको पानीको आवश्यकता पुरा गर्ने काम मात्र गरेन, यी स्थानहरू समेत पनि प्रेमी-प्रेमिकाहरू भेटघाट गर्ने ठाउको रूपमा पनि प्रयोग हुने गरेको माथि उल्लेखित राजमतिको गीतबाट पनि प्रष्ट हुन्छ।
यसरी यी पानीका श्रोतहरूले नेवा समाजमा प्रख्यात राजमति जस्तो वियोगान्त प्रेमकथाको एक साक्षी बनेको समेत देखिन्छ। यो पनि हुनसक्छ कि त्यस समय हिमाल, पहाड, तराई (मधेस) हरूमा पनि हरेक नेपाली चाहे नेवा: हुन् या थारु, मङ्गोल हुन या ब्राह्मण हरेक समुदायको नेवा: सभ्यतामा जस्तै प्रेम दिवस थिए कि ?
निष्कर्ष
त्यसैले समयको आवश्यकता अनुसार राम्रा कुराहरूको अनुसरण गरौँ तर, आ-आफ्नो संस्कृति, सभ्यतामा रहेका राम्रा कुराहरूलाई बिर्सिने काम भने नगरौँ। पुराना रितिथितिहरुमा रहेका बेठिक/नराम्रा नियम, कानुनहरूलाई बिर्सिने र अरूको सभ्यताबाट सिक्न र प्रयोग अनि अपनाउने काम भने गर्दै अगाडी बढौँ। आ-आफ्नो भाषा, भेषभुषा , संस्कृति, सभ्यता, रहनसहन आदिको संरक्षण गर्ने हरेक नेपालीको कर्तव्य हो, उक्त कर्तव्यलाई अधिकार सँग सामञ्जस्यता गर्दै अगाडी बढ्नु अहिलेको समयको माग हो।
जसरी राजमतीको नाम त अपभ्रंश भएर राजामती भएको छ, त्यसै गरी नेपालका हरेक समुदायको दिवसहरू, पर्वहरू, देखि सभ्यताको समेत उचित संरक्षण हुन नसक्दा दिनानुदिन हामी र हाम्रा सन्ततिहरू समेत पाश्चात्य सभ्यता अपनाउँदा अपनाउँदै हाम्रा सम्पूर्ण चाडबाड देखि रहन सहन समेत पूर्ण रूपमा विलुप्त हुने त होइन ?
मतिना पारू को सम्पूर्ण पाठकहरू लाई धेरै धेरै शुभकामना !
मार्च 5, 2021 1 महिना
धन्यवाद थाहा नभएको कुरा जानकारी गराई दिनु भएको मा
मार्च 12, 2021 1 महिना
Thank you so much for Readble article !
मार्च 18, 2021 1 महिना
class
मार्च 24, 2021 4 हप्ताहरु
gd
मार्च 27, 2021 3 हप्ताहरु
झी नेवाःत सांस्कृतिक ख्यले साप हे धनी ! ला(महिना) पतिकं तःजि नखःचखः दु । अथे हे थ्व मतिना पारू छगू नं खः। अथे हे होलीबलि लोला दयेकाः उकी दुने अबिर, जगमग टुक्रा तया दयेकी अले मय्जुपिन्त कयेकि बले फ्याट्ट तज्याना ह्मछह्मं अबिर जुइ । लोला दयेके सःपिं मदे धुंकल च्वापोचाय् लः तया विकृति पिहाँ वल !
अप्रील 3, 2021 2 हप्ताहरु
म एक नेवाःभयर पनि आज सम्म मतिना पारूको ’boutमा थाहाथिएन । धन्यवाद जानकारी दीयकोमा
अप्रील 4, 2021 2 हप्ताहरु
जी नेवा: नेवा: जुयान थगु तजिलजि व नख: चख: म्ह मस्युम्ह वोकी जिगु सभ्यता या छगु तिसा मतिना पारु लोम्हङ्का भ्यालेन्टाइन दे हना च्वना । यक्व यक्व सुभाय नेपा: दे वा नेवा: सभ्यता या ’bout वाताला बिउगुलि ।
नेपाल र नेवा: सभ्यता को अर्को प्रतीक “मतिना पारु ” ’bout उजागर गरी दिनु भएँको मा लेखक लाइ मुरी मुरी धन्यवाद !!