No Image
नेपाली पात्रो > राष्ट्रिय दिवस > राष्ट्रि्य भूकम्प सुरक्षा दिवस

राष्ट्रि्य भूकम्प सुरक्षा दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .
जनवरी 15, 2021

राष्ट्रि्य भूकम्प सुरक्षा दिवस

आज माघ २ गतेको दिन देशभर २२ औँ राष्ट्रि्य भूकम्प सुरक्षा दिवस मनाइँदै  छ। नेपालमा विभिन्न समयमा धेरै चोटि साना ठुला गरी धेरै  भूकम्प जाने गरेका छन् । नेपालमा बि.स २०४५ को भूकम्प, २०७२ सालको महाभूकम्प, त्यस भन्दा बढी मानिसहरू माझ भूकम्पको कुरा हुँदा भने  बि .स . १९९० को महा-भूकम्पकोनै धेरै कुरा हुन्छ जसमा धेरै जनाले ज्यान गुमाएका थिए। नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा पर्दछ। भूकम्पको दृष्टिले नेपाल केही  देशहरू, जापान, चिन, इन्डोनेसिया , इरान, तुर्की र इटाली  भन्दा पनि अत्यन्तै सक्रिय स्थानमा रहेको छ। यसको मुख्य कारण करौडौ वर्ष पहिले अफ्रिकन प्लेट छुट्टिएर आई युरेसियन प्लेट सँग ठोक्किँदा हिमालयको उत्पत्ति भएको र यसै दुई प्लेट बिच सधैँ जसो घर्सन भइरहने हुन्छ। यसै घर्सनको क्रममा कुनै बेला कुनै स्थानको चट्टान सर्ने वा फुस्किने, जस्ता अवस्था भएमा भूकम्प जान्छ। संसारमा  भूकम्पको लामो इतिहास छ र भूकम्पलाई हामी हरेक वर्ष राष्ट्रि्य भूकम्प सुरक्षा दिवसका दिनमा सम्झना गर्ने गर्छौँ।

हाम्रो देशमा राखिएको भूकम्पको अभिलेख अनुसार पहिलो भूकम्पको  घटना राजा अभय मल्लको शासनकालमा  सन १२५५ को जुन १ (११९८ बि.स.) को ७.८ रेक्टर स्केल थियो जुन भूकम्पले राजाको ज्यान समेत लिएको थियो र काठमाडौँको त्यति बेलाको जनसङ्ख्याको एक तिहाइ भाग मेटिदिएको थियो भन्ने अभिलेखमा लेखिएको पाइन्छ। अभिलेख अनुसार त्यस बेला देखिनै नेपालले प्रति शताब्दीमा कम्तीमा एउटा धेरै ठुलो भूकम्प बेहोर्दै आएको छ। जसको मतलब त्यस अघि पनि भूकम्प जाने गर्थे जुन अभिलेखमा नलेखिएका हुन्  सक्छन् । 

 

नेपाल र भूकम्प

यसरी नेपालमा हरेक ८०-९०  वर्ष देखि १ सय वर्षको अन्तरालमा ६ रेक्टर स्केल देखि ९  अथवा ९ भन्दा बढी रेक्टर स्केल सम्मको ठुला- भूकम्पहरू जाने र त्यो भन्दा पनि सानो सानो रेक्टर स्केल का भूकम्प हरू भने गई नै रहेका हुन्छन् जुन  मानिसहरूले खासै त्यति धेरै  महत्त्व नदिएको पनि देखिन्छ। तर, भूकम्प नेपालको मात्र समस्या नभएर सम्पूर्ण संसार लाई नै विभिन्न समयमा दुख: दिई रहने एक त्यस्तो प्रकारको प्राकृतिक प्रकोप हो जुन हामी मानव जातीको  हातमा नभएको कुरा प्रस्ट छ । नेपालमा धेरै भूकम्प जानु को एक कारण भने अफ्रिकन प्लेट उता बाट छुट्टिएर आई युरेसियन प्लेट सँग ठोक्किएर  हिमालयको उत्पत्ति भएको र यसै दुई प्लेट बिच  सधैँ जसो भई रहने घर्सन र त्यस बाट उत्पन्न हुने तरङ्ग नै एक कारण हो। यसै कारण हाम्रो देशमा साना तिना भूकम्पहरू गई रहन्छन् भने ७०-८० /८०-९०  वर्षको अन्तरालमा ठुला भूकम्पहरू जाने गर्दछन् । 

 

सन् १९९० को भूकम्प

वि.सं. १९९० साल को माघ २ गते को दिन  गएको महाभूकम्पको सम्झनामा आज देशभर भूकम्प ’bout र यसबाट कसरी बच्न सकिन्छ भन्ने जस्ता कुराहरू जन-साधारणहरु लाई   जानकारी  दिने उद्देश्य का साथ  विभिन्न कार्यक्रमहरू  आयोजना गरी “राष्ट्रिय भूकम्प सुरक्षा दिवस” मनाइँदै छ।  भूकम्प एउटा नितान्त प्राकृतिक प्रकोप हो यसलाई रोक्न  भने सकिन्न तर हामी यसबाट हुनसक्ने सम्भावित जोखिमहरूबाट आफूलाई जोगाउन भने अवश्य पनि सक्छौ। ’cause भूकम्पले हामीलाई मार्ने हैन त्यसैले भूकम्प आएपछि हामीले अपनाउनुपर्ने सावधानीहरू अपनाएको खण्डमा केही हद सम्म भए पनि भूकम्पको क्षति  कम भने अवश्य गर्न सकिन्छ।  सामान्यतया भूकम्पबाट हुने मानवीय क्षति भनेको भूकम्प आउने बित्तिकै डराएर घरको झ्याल , कौसी वा अग्लो स्थान बाट हाम फालेर हुने गर्दछ भने हामी आफैले बनाएको घर वा अरु वरिपरि रहेका घरका  गाह्रा भित्ता हरू अथवा पर्खाल आदिले  किचेर मानिसहरूको ज्यान जान्छ । बि.स २०७२ साल अर्थात् सन २०१५ अप्रिल २५ को गोर्खा महाभूकम्प बिहान समय ११:५६ मा बजे गएको र यो ८ .७  – ८ .८ रेक्टर स्केलको महाभूकम्पको केन्द्रबिन्दु बारपाक थियो र यसको हाइपोसेन्टर लगभग ८.२   किलोमिटरको गहिराई मा थियो। गोर्खा काठमाडौँबाट सिधा ८० कि.मि भने सडकबाट १८० कि.मि मा  अवस्थित छ।

 

यस महाभूकम्पले, ९००० जति व्यक्तिहरूको ज्यान लियो भने २२,००० भन्दा बढी घाइते भएका थिए। त्यस भूकम्पको  मुख्य केन्द्रबिन्दु गोरखाको बारपाक  भएता पनि काठमाडौँ लगायत देश भरि र भारतको समेत केही सहर सम्म यसको धक्का महसुस भएको थियो ।  भोलिपल्टै  फेरि दक्षिण पूर्व , सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाई ६.७  रेक्टर स्केलको  अर्को ठुलो पराकम्पन गएको थियो भने यस दुई दिनका भूकम्पहरूको पराकम्पन  झन्डै एक वर्ष सम्म १०० भन्दा बढी महसुस गरिएको थियो। मुख्य भूकम्पको लगत्तै पराकम्पनहरुको   शृङ्खला सुरु भयो, १५ देखि ३०-३५ मिनेटको अन्तरालमा, पराकम्पन  ६. ६ रेक्टर स्केल सम्मका  थिए ।

 

भूकम्पको बैज्ञानिक रहस्य

भूकम्पको उद्गम विन्दुलाई हाइपोसेन्टर र केन्द्रबिन्दु लाई इपिसेन्टर भन्ने गरिन्छ। यस भूकम्पले छोमोलुङ्मा “माउन्ट एभरेस्ट” मा ठुला ठुला हिम पहिरो  सुरु गर्‍यो जसका कारण २२ जनाको ज्यान गयो।  यस भूकम्पले २५ अप्रिल २०१५  लाई इतिहासमा हिमालको सबैभन्दा खतरनाक दिनको रूपमा चिनायो । यसै भूकम्पले लाङ्टाग उपत्यकामा पनि अर्को ठुलो हिम पहिरो निम्त्यायो, उक्त पहिरोले त्यस उपत्यकामा २५० व्यक्ति बेपत्ता भएको रिपोर्ट गरिएको थियो।

 

यस भूकम्पले देशका धेरै जिल्लाहरूमा समग्र गाउँहरू सखाप पार्‍यो भने हजारौँ नेपाली घरबार विहीन भए। युनेस्कोको विश्व सम्पदा स्थल भित्र रहेका काठमाडौँ दरबार स्क्व्यार परिसर, पाटन दरबार स्क्व्यार परिसर, भक्तपुर दरबार स्क्व्यार परिसर, त्यसै गरी धेरै पुरानो तथा ऐतिहासिक महत्त्व बोकेको मन्दिर चांगु  नारायण मन्दिर, तथा बौद्धनाथ स्तुपा  र स्वयम्भूनाथ स्तुपा जस्ता विश्व सम्पदा स्थलहरू र त्यस वरिपरि रहेका  शताब्दीयौं पुराना भवनहरू ध्वस्त भए। ६१.८८ मिटर अग्लो धरहरा, जसलाई भीमसेन स्तम्भ को नामले पनि चिनिन्छ, नौ-तल्ले यस चिर -परिचित स्तम्भ समेत नष्ट भयो। यो स्तम्भ युनेस्को द्वारा मान्यता प्राप्त काठमाडौँको वास्तुकलाको एक प्रमुख हिस्सा थियो। धरहरा बि .स . १९९० को महाभूकम्प अगाडी ११ तल्ले रहेको र उक्त महाभूकम्पमा ३ तल्ला ध्वस्त भई ९ तल्लामा सीमित रहेको थियो। इतिहास अनुसार एस स्तम्भको निर्माण सन १८३२ भीमसेन थापाको समयमा भएको थियो। 

 

भूकम्पले कतै कतै पानीको  मूल सुके भने त्यसै गरी कति नयाँ मूलहरू रसाए र धेरै अगाडी सुकेका ढुङ्गे धारा हरू बाट फेरि पानी आउन थाल्यो । कति ठाउँमा बाटोहरू चिरा परे, कति बस्तीहरूमा धाँजा फाटेको कारण आजको दिनसम्म पनि पहिरोहरू गई नै रहेका छन्।  भूकम्पले प्रमुख त मानव बस्ती हरूमा यति धेरै जन-धन को क्षति पार्नु वा भनौँ यती ठुलो प्रभाव पर्नुको कारणहरू लाई खोतल्ने हो भने, गलत तरिकाले बनाइएका  भौतिक संरचना तथा पूर्वाधारहरू मुख्य  कारण हुन् जसको कारण  धेरै मानिसहरूले  ज्यान गुमाए। त्यसै गरी तर्क नभएको भूकम्पबाट जोगिने उपायहरू जस्तै  टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने , डरले भाग भाग गर्नुको सट्टा भित्तामा आड लाएर घरभित्रै बस्ने अव्यवहारिक र अ-तार्किक गलत जानकारीहरूका कारण पनि धेरै मानिसले आफूलाई बचाउने समय हुँदा पनि आफूलाई बचाउन नसकेको हुन सक्ने सम्भावना धेरै नै देखिन्छ । बाहिर खुल्ला आकाश मुनि बसेका व्यक्तिहरू  भूकम्पको आभास पाएपछि घरभित्र खाट वा टेबल मुनि लुक्न गएको घटनाहरू समेत सुन्नमा आएको थियो। 

 

निष्कर्ष

नेपाल यसको भूगर्भीयता, सहरीकरण र वास्तुकलाका कारण एक घातक भूकम्पको चपेटामा रहेको विभिन्न समयमा विभिन्न भुगर्व विज्ञ, र अन्य विज्ञहरूले दशकौं देखि चेतावनी दिएका थिए। तर, यस प्रकारको चेतावनी हरूलाई सरकारले कहिल्यै ध्यान नदिनु पनि यत्रो बिध्वस हुनु को एक मुख्य कारण  हो। त्यसै गरी भूकम्प प्रतिरोधक संरचनाहरू बनाउने तर्फ सरकारको सबै तहको ध्यान जानु पनि जरुरी छ। पुराना घरहरू जसले भूकम्प सहन सक्दैन ती भवनहरूलाई भूकम्प प्रतिरोधात्मक बनाउन सकिने छन् भने त्यस्ता संरचना हरूलाई भूकम्प प्रतिरोधात्मक बनाउन पटि लाग्नु पर्ने देखिन्छ। त्यसै गरी अन्दाधुन्द रूपमा जग्गाहरूलाई टुक्र्याउने र जथाभाबी कुनै नियम बिना बस्ती बसाल्ने काम हरूमा पनि रोक लगाउनु पर्ने जरुरी देखिन्छ। आजको जस्तो  कार्यक्रमहरूमा वास्तवमा समय र परिस्थिति अनुसार भूँईचालो सम्बन्धी जानकारीहरू व्यापक रूपमा प्रवाह गर्ने र भूकम्प आएको बखतमा साँच्चिकै कसरी सुरक्षित रहन सकिन्छ भन्ने जस्ता उपायहरू दैलो दैलो मा र हरेक व्यक्तिलाई बुझाई अर्को भूकम्प आएको खण्डमा कसरी जिउ ज्यान बचाउने भन्ने ’boutमा प्रस्ट जानकारी दिन सकेको खण्डमा आजको यो  “राष्ट्रिय भूकम्प सुरक्षा दिवस” साँचो रूपमा सार्थक हुने कुरामा केही भए पनि विश्वस्त हुन् सक्छौ । प्राकृतिक विपत्तिलाई रोक्न त सकिन्न तर त्यसका लागि अग्रिम तयारी हरू भने अवश्य पनि अपनाउन सकिन्छ।  सतर्क रहौँ, भूकम्पबाट बाचौँ अनि बचाऔँ। 


Comments

    Nabin Dhobi

    news

    karan

    Ramro


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!