भूकम्प स्मृति दिवस

भूकम्प स्मृति दिवस

By Nepali Patro
अप्रील 25, 2025

विसं २०७२ वैशाख १२ गते (सन् २०१५ अप्रिल २५) मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्पले  ठूलो जनधनको क्षति गरेको थियो। यस भूकम्पमा आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ घाइते भएका थिए र अनगिन्ती संरचनाहरू ध्वस्त भए। 

काठमाडौँ शहरको नामसँग जोडिएको ऐतिहासिक काष्ठमण्डप पूर्ण रूपमा भत्कियो भने, शहरको प्रतीक धरहरा पनि भत्क्यो। तर करिब दस वर्षपछि, २०८२ सालमा आइपुग्दा यी सम्पदाहरू पुनर्निर्माण भई पुनः आफ्नै ठाउँमा उभिन थालेका छन्। दरबार स्क्वायर लगायतका पुराना संरचनाहरू पनि क्रमशः आफ्नो पुरानो गौरव फर्काउन थालेका छन्।

यस विपत्तिबाट हामीले के सिक्नुपर्छ?

नेपाल भूकम्पीय जोखिमको दृष्टिले अति संवेदनशील देश हो। तथापि, जोखिम न्यूनीकरण र पूर्वतयारीमा पर्याप्त ध्यान दिइएको देखिँदैन। भूकम्प कुनै पूर्वसूचना नदिई आउने प्रकोप भएकाले अबका दिनमा सुरक्षित संरचना निर्माण र जनस्तरमा चेतनामूलक कार्यमा जोड दिन अत्यावश्यक भएको छ।

धरती मुनिका प्लेटहरू गतिशील रहने भएकाले भविष्यमा पनि भूकम्प आउने सम्भावना यथावत् रहन्छ। त्यसैले, हामीले भूकम्पलाई रोक्न नसके पनि यसको असर कम गर्न सक्ने उपायहरू अपनाउनैपर्छ।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ