No Image

भानु जयन्ती

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .
जुलाई 12, 2020

नेपाली (विक्रम सम्बत) पात्रो अनुसार हरेक वर्ष आषाढ महिनाको २९ गतेको दिन आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती उत्सव भानु जयन्ती भव्य रूपमा मनाउने गरिन्छ। बि.स १८७१ वा ई.श. १८१४ मा नेपालको तनहुँ जिल्लाको रमघा (चुन्दी राम्घ) भन्ने गाउँमा भानुभक्त आचार्यको जन्म भएको थियो। यो जन्म जयन्ती प्रत्येक वर्ष आजको दिन नेपाल सरकार, नेपाली समुदाय र विश्वभर छरिएर रहेका नेपालीहरूले तथा भारतमा दार्जिलिङ लगायतका भारतीय-नेपालीहरुको बाहुल्य रहेको स्थानहरूमा भव्यता का साथ मनाउने गरिन्छ। भानुभक्त आचार्यको जन्म पिता धनञ्जय आचार्य र आमा धर्मवती देवीको सन्तानको रूपमा भएको थियो। भानुभक्त आचार्यको जन्म जयन्ती भानु जयन्ती सांस्कृतिक महोत्सवको रूपमा मनाइन्छ जुन विश्वभरिको नेपालीहरूका माझ उनको र उनको प्रसिद्ध साहित्यिक कार्यहरूको स्मरणार्थ मनाउने प्रचलन छ। भानुभक्त आचार्य एक उच्च श्रेणीको ब्राह्मण परिवारमा जन्मनुभएको थियो र उनले आफ्नो हजुरबुबा श्री कृष्ण आचार्यबाट घरमा नै प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो। पछि, उनका बुबाले उनलाई संस्कृत भाषा, जुन त्यस समयको भाषा थियो त्यसको उचित शिक्षा प्राप्त गर्ने हेतु बनारस पठाएका थिए। आदिकवि भानुभक्त आचार्यको बि.स. १९२५ तदनुसार जुलाई १८६८ मा आश्विन महिनामा मृत्यु भयो।  भानु जयन्ती ।

भानुभक्त आचार्य – उहाँको जीवन र उनका योगदानहरू

भानुभक्त आचार्य एक उच्च श्रेणीको ब्राह्मण परिवारमा जन्मेका थिए, उनका बुबा धनञ्जय आचार्य नेपालको पश्चिमी भागको पाल्पामा गभर्नरको रूपमा जनरल अमरसिंह थापाको लागि कार्यरत थिए। भानुभक्तले प्रारम्भिक शिक्षा आफ्नो हजुरबुबा श्रीकृष्ण आचार्यबाट प्राप्त गरे र पछि उत्तर भारतको बनारसमा उच्च शिक्षा हासिल गरे। त्यस समयमा सबै जसो कवि तथा लेखकहरू संस्कृत भाषामा लेख्ने गर्थे किनकि त्यतिखेर संस्कृत प्रयोग भइरहेको भाषा थियो र यो विद्वानहरूको भाषा थियो। तर वास्तविकतामा प्रायः जसो सामान्य मानिसहरूले संस्कृत बोल्ने वा लिखित रूपमा पढ्न समेत पनि संस्कृत भाषा जान्दैनथे। यसको अतिरिक्त, संस्कृत भाषाको रूपमा सिक्न पनि अलि गाह्रो थियो र अझै पनि संस्कृतमा राम्रो दक्खल राख्न गाह्रो नै छ। तसर्थ, त्यस समय प्रायः जसो ग्रन्थहरू संस्कृतमा लेखिएका हुन्थे, जुन सामान्य व्यक्ति हरूका लागि यसलाई पढ्न वा बुझ्न असम्भव प्राय नै थियो।

तसर्थ, कवि, लेखकहरूको रचना र ग्रन्थहरू संस्कृतको ज्ञान भएका शिक्षित व्यक्तिहरूको एउटा सानो समूहमा मात्र सीमित थियो। तर, भानुभक्त आचार्यले परिवर्तनको थालनी गरे र उनले नेपाली भाषामा लेख्न सुरु गरे जसले संस्कृत ज्ञान नपाएका वा नभएका मानिसहरूले पनि उनका रचनाहरू पढ्न सक्ने अवस्थाको सृजना भयो। भानुभक्त पहिलो लेखक थिए जसले रामायणको महान् महाकाव्यलाई संस्कृतबाट नेपालीमा अनुवाद गरे जसले समग्रमा नेपाली भाषा र नेपाली साहित्यलाई लोकप्रिय बनायो। त्यो मात्र होइन, उनी भगवान् रामको अनन्य भक्त पनि थिए।

त्यस समयमा नेपालमा अन्य समकालीन कविहरू लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौड्याल, मोतीराम भट्ट आदि पनि थिए, तर भानुभक्त आदिकवि अर्थात् नेपाली भाषाको “पहिलो कवि” पदवीबाट आदर र सम्मानित भएका थिए। कवि भानुभक्त आचार्य पहिलो व्यक्ति हुन् जसले नेपाली भाषा, अर्थात् नेपाल र अन्य मुलुकमा रहेका धेरै मानिसहरूका मातृभाषामा पहिलो कविता लेखेका थिए। त्यति बेलाको नेपाली साहित्यमा अरू नेपाली कवि र लेखकहरू, लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट आदिले पनि नेपाली साहित्यमा मा योगदान पुर्‍याइरहेका भए पनि भानुभक्त नेपालीहरूका माझ लोकप्रिय भएका पहिलो कवि थिए। भानुभक्त आचार्यलाई नेपाली जनताको पहिलो कवि “आदिकवि” को उपाधिले सम्मान र आदर गरिन्छ। उनले वाल्मीकि रामायणको नेपाली अनुवाद “भानुभक्ते रामायण” को नामले परिचित नेपाली भाषामा रामायण अनुवाद गरी नेपाली साहित्यमा प्रख्याति कमाए। भानु भक्तले अरू पनि धेरै छोटा कविताहरू र साहित्यहरू आफ्नो पोल्टोमा राखेका थिए, र उनका “रामगीता”, “वधुशिक्षा”, “प्रश्नोत्तर”, “भक्त माला” जस्ता रचनाहरू हरू उल्लेखनीय रचनाहरूमा पर्दछन् ।

महाकाव्य रामायणको संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेपछि भानुभक्तले नेपाली भाषा र साहित्यलाई लाई लोकप्रिय बनाए र उनले यसो गर्नुको मुख्य कारण सबै साधारण मानिसहरूले रामायण पढ्न पाउन् भन्ने उद्देश्य थियो किनकि त्यस समयमा संस्कृत भाषा सिक्ने कुनै अवसर थिएन। समय बित्दै जाँदा भानुभक्ते रामायणको लोकप्रियता बढ्नुका साथै मानिसहरूले रामायणलाई घरमै राख्ने र पाठ गर्ने तथा गाउने जस्ता कार्य गर्न थाले यसै कारण भानुभक्तलाई सम्मान स्वरूप “आदि कवि” उपाधि दिइयो जसको अर्थ नेपालको पहिलो कवि भन्ने हुन्छ। उनी विदेशी एव पाश्चात्य साहित्यका सँग परिचित थिएनन् किनकि उनले पश्चिमी शिक्षा प्राप्त गरेनन् तर यही कारणले उनलाई आफ्नो मूल कार्यलाई जारी राख्न मद्दत पुर्‍यायो र उहाँको साहित्यको अनुभविक यात्रा असाधारण भाषाको हुनु जसले उनको लेखनमा शुद्ध नेपाली स्वाद दिने कार्य गर्दछ। भानु भक्तको लेखनका मुख्य विशेषताहरूका कुरा गर्दा उनका रचनाहरू सधैँ सरल तर मिठो, एव धर्मको भावनाले भरिएको, सरलताको भावना भएको र आफ्नो देश प्रति न्यानोपन, देश प्रेमले भरिएको तथा धेरै प्रभावकारी रहेका छन्।

भानुभक्त र घाँसी

भानुभक्त एक धनी परिवारका सदस्य थिए, यसै कारण उनले कुनै आर्थिक समस्या भोग्नु परेन र राम्रो, जीवन बिताए, एक दिन उनले एक घाँसीलाई भेटे जसले समाजलाई केही दिने इच्छा राख्दथे ताकि उनी मरणोपरान्त आउने पुस्ताको पनि सम्झनामा रहन सकुन्। एउटा घाँस काट्ने घाँसीले भनेको कुरा सुने पछि भानुभक्तलाई पनि समाजमा कुनै एक छाप छोड्ने काम गर्न उत्प्रेरित गर्‍यो।

एक दिन भानुभक्तले एक गरिब घाँसीलाई भेटे, उनी पाल्तु गाई, बाख्रा पालन गर्ने व्यक्तिहरूलाई लाई घाँस काटेर बेच्दै आफ्नो जीवन निर्वाह गर्ने गर् थिए, र समय बित्दै जाँदा उनीहरू बिच राम्रो मित्रता भयो। घाँसीले दिनभर काम गरेर आफ्नो परिवार र आफ्नो लागि दुई छाकको सामान्य खाना कमाउँथ्यो। घाँसी एक गरिब र दुख: पाएको मान्छे थियो भने भानुभक्तको एक राम्रो पारिवारिक पृष्ठभूमिको व्यक्ति थिए। एक दिनको कुरा हो, भानुभक्त बिहान सबेरै ताजा हावाका लागि बिहानको टहल मा थिए र उनले घाँसीलाई सडकको किनारमा खाल्डो खन्दै गरेको भेट्टाए। यो देखेर भानुभक्तले घाँसीलाई तिमीलाई बिहान बेलुकीको खाना, दुई छाक अन्न व्यवस्था गर्न कठिनाइ भएको बेला किन यसरी खाल्डो खनेर समय खेर फालेको भनेर सोधे। गरिब तर बुद्धिमान घाँसीले जवाफ दिए, जीवन केवल एक पटक आउँछ, हामी भोलि मर्नेछौँ, त्यसैले म यो संसारबाट गइसकेपछि पनि मानिसहरूले मलाई याद गरेको चाहन्छु। यस ठाउँमा, यो गांउमा पानीको साह्रै अभाव भएको कारण म यहाँ कुंवा खन्दै छु जसले गर्दा गाउँलेहरूले पानी लिन धेरै लामो यात्रा गर्नु नपरोस्। छिमेकी गाउँका मानिसहरू पनि यहाँ यो बाटो हिडदा खेर तिर्खा र थकाइबाट लोत भएर जानुपर्दछ। त्यस कारण, म जनताको सेवा गर्न चाहन्छु र म मरे पछि पनि मानिसहरूको हृदयमा जीवित नै रहन चाहन्छु।

भानुभक्त एक गरिब तर नम्र घाँसीको यी शब्दहरूबाट प्रेरित भए। अनि ऊनले सोचे:-

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति:
धिक्कार हो म कन बस्नु न राखि किर्ति

Translation

All his life he earns his little living by cutting the grass.
And constructs a well for his name even after his vitality will pass.
Indigent grass cutter but how high thinking is this.
Being Bhanubhakta but why did I myself miss it?
I have neither wells nor rest houses, every riches I have is only within my house.
This grass cutter has opened my eyes today.
Worthless is the life whose memories of existence just fades away.

घाँसीले भानुभक्तलाई जनताको सेवाको लागि असल कामहरू गर्न प्रेरित गरेको कुरालाई इन्कार गर्न सकिदैंन। मोतीराम भट्ट द्वारा लिखित भानुभक्तको जीवनीमा भनिएको छ कि भानुभक्तले एक घाँसी लाई भेटे जसले खानेपानीको कुँवा बनाउने कामको लागि घाँस काट्ने, र त्यो घाँस बेचेर पैसा जम्मा गर्ने एव त्यो जम्मा भएको पैसाले खानेपानीको कुँवा बनाउने काम गरे जसबाट आम जनतालाई फाइदा होओस् होस्। जब भानुभक्तले यस गरिब व्यक्तिको शब्दहरू र उनको दृढ सङ्कल्प सुने, तब उनी ले आँफु धनी भएको बाबजुद पनि जनताका लागि केही पनि नगरेका महसुस गर्न थाले ।

घाँसीका शब्दहरू र जनताको लागि केही राम्रो गर्ने तथा तिनका मन मस्तिष्कमा सदाको लागि अनन्त रही रहने आकाङ्क्षाले भानुभक्तको दिमागलाई पनि गुदगुदायो। त्यस दिन पछि भानुभक्तले धेरै दिन सम्म के गर्ने भनेर सोच्न सुरु गरे र अन्तमा उनले यो निर्णय गरे कि “घाँसी जस्तो एक गरिब मान्छे समाज र सामान्य व्यक्तिहरूका लागि केही गर्न सक्छ भने म किन केही गर्न सक्दिन”? घाँसी उनका लागि प्रेरणाको स्रोत बन्न पुगेको थियो र अन्ततः भानुभक्तले आफू सङ्ग भएको संस्कृतको ज्ञान प्रयोग गर्ने निर्णय गरे। र यस घाँसीबाट प्राप्त गरेका प्रेरणाको साथ, उनले वाल्मीकि द्वारा लिखित संस्कृत रामायण / वाल्मीकिको रामायण नेपालीमा अनुवाद गरे। उनले पूर्ण महाकाव्य सहजै बुझ्न सकिने र रामायणको हरेक पाठको स्वरूपको मजा लिन सक्ने तरिकाले अनुवाद गरे र भगवान् राम र सीताको काव्य कथा नेपालीहरू बिच धेरै लोकप्रिय भयो। तर, भानुभक्तको नेपाली संस्करण रामायणको ’boutमा धेरैलाई थाहा थिएन, रचनाकारको मृत्यु भएको केही समय पछि मोतीराम भट्ट, अर्का एक कविले भानुभक्तीय रामायण प्रवर्तन गरेर यसलाई लोकप्रिय बनाए। भानुभक्त द्वारा रामायणको नेपाली अनुवादलाई नेपाली भाषाको विकासको पहिलो चरण मानिन्छ र यो नेपाली साहित्यको पहिलो प्रमुख कार्य पनि हो। भानुभक्तले बि.स.१९०५ सालमा रामायण अनुवाद गर्न सुरु गरे र करिब १५० वर्ष अघि स्थानीय बोलीमा वाल्मीकिको रामायण महाकाव्य अनुवादका लागि उनी धेरै सम्मानित छन्।

भानुभक्तले आफ्नो जीवनमा दुई वटा उत्कृष्ट कृतिहरू लेखेका थिए जसमध्ये एउटा भानुभक्तीय रामायण हो र त्यस पछि प्रधानमन्त्री जङ्ग ब. राणा लाई आफू जेलमा छँदा पद्यको रूपमा लेखिएको एक चिठ्ठी हो। कागजातमा हस्ताक्षर गर्दा केही गलत बुझाइ एवम् गलतफहमीको कारण उनलाई जेलमा पठाइएको थियो, उनलाई कुमारिचोक जेलमा कैद गरिएको थियो, उनलाई त्यस मुद्दामा फसाइएको थियो। जेलमा छँदा उनको स्वास्थ्य बिग्रियो र उनलाई छिट्टै नै जेलबाट छोडिनेछ भन्ने झूटो आशा दिइन्थ्यो। तर सम्बन्धित निकायले उनको मुद्दासमेत सुनेन, त्यस कारण उनले तत्कालीन प्रधानमन्त्री जङ्ग बहादुर राणालाई स्वतन्त्रताको लागि निवेदन दिए जुन पछि गएर उनको अर्को उत्कृष्ट लेखन हुन गयो। र, भानुभक्तले जेलको अवधिमा रामायणको अनुवाद पूरा गरेका थिए।

भानुभक्त आचार्यको १८६८ ई.श. (१९२५ बी.स.) मा मृत्यु भयो तर उनलाई नेपालीहरूले कहिल्यै भुल्ने छैनन्। भानुभक्त जीवितै छँदा, उनका कार्यहरू अन्य ठुला लेखक र कवि हरूबाट छोपिएका थिए। उनले आफ्ना रचना तथा साहित्यिक कार्यहरू का लागि कुनै श्रेय पाएनन्, उहाँ मर्नुभयो र कवि मोतीराम भट्टले उनका पाण्डुलिपिहरू फेला पारेपछि भने उनको सम्मान भयो र उहाँ प्रसिद्ध हुनुभयो। मोतीराम भट्टले भानुभक्तको काम तथा रचनाहरू प्रकाशित गरे। स्कुल जाने प्रायः स्कुले बालक हरू समेतलाई घाँसी कविता थाहा हुन्छ, जुन भानु भक्तले घाँसीबाट प्रेरित भएर लेखेका थिए त्यो कविता माथि उल्लेख गरिएको छ।

त्यो मोतीराम भट्ट नै थिए जसले भानुभक्तलाई पहिलो पटक आचार्यको जीवनी लेख्दा आदिकवि भनेर सम्बोधन गरे। उनले स्पष्ट पारेका थिए कि भानुभक्त आचार्यलाई आदिकवि भनिन्छ ’cause उनी नेपालमा पहिलो कवि थिए र उनी यस उपाधि को योग्य व्यक्ति थिए किनकि उनी कविता र साक्षरताको मर्म (भित्री सार) बुझेर लेख्ने पहिलो कवि थिए। कवि भानुभक्त आफ्नो पुस्तक र कविताहरू आदि इत्यादि कति लोकप्रिय भए वा भयो र आफै पनि कत्ति लोकप्रिय भए भन्ने कुरा थाहा पाउन जीवित रहेनन्। यद्यपि भानु भक्त अहिले हामीबिच छैनन्, उहाँ नेपाली रामायणलाई हाम्रो जीवनमा प्रस्तुत गर्ने व्यक्ति हुन र धनी नेपाली साहित्यको यात्रा सुरु गरिदिने कविको रूपमा सधैँ हामी सम्झिरहने छौँ।

बि.स. २०३४ तदनुसार १९७८ ई.श. देखि भानु जयन्ती प्रत्येक वर्ष जुलाई १३ वा आषाढको २९ को दिन साहित्यिक सङ्गोष्ठी सहितको भव्य कार्यक्रमका रूपमा मनाइन्छ, र कार्यक्रममा नेपाली लेखक, कवि, उपन्यासकार, अन्य साहित्यिक व्यक्तित्वको उत्कृष्ट उपस्थिति रहेको हुन्छ। आजको दिन काठमाडौँको रानी पोखरी अगाडि दरबार हाई स्कुलको परिसरमा रहेको भानु भक्तको अर्ध कदको मूर्तिमा विभिन्न उमेर, पेसा आदिका व्यक्तिहरू भेला भएर माल्यार्पण र उनका कविता वाचन जस्ता कार्यक्रमहरूका साथ भानु जयन्ती मनाउने गरिन्छ। देशभरका स्कुल र कलेजहरूमा आजको दिन विभिन्न कविता पाठ, भानुभक्तको जीवनमा आधारित नाटक मञ्चन, आदि सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ। कार्यक्रममा कविहरूलगायत अन्य साहित्यकारहरूले भानुभक्त आचार्यको कविता पाठ गरी उनको जन्म जयन्तीमा उनको सम्मान गर्ने चलन रहिआएको छ। भानुभक्तको विशाल फोटो रथमा राखेर कवि, साहित्यकार, लेखक, उपन्यासकार हरूका साथ साहित्यमा रुचि राख्ने व्यक्ति हरूसमेत को यो झाँकी राजधानी काठमाडौँको विभिन्न स्थान हरूको परिक्रमा गर्ने गर्छ। साथै देशका अन्य स्थानहरूमा पनि यसरी नै भानु जयन्ती मनाउने चलन रहेको छ। समारोहको अवसरमा सम्मानित कवि भानु भक्त लाई पुष्पाञ्जली अर्पित गर्छन्। आजको दिन नेपाल, भारत (दार्जिलिङ, सिक्किम इत्यादि) तथा अन्य देशहरूमा समेत भानु जयन्ती भव्य रूपमा मनाउने गरिन्छ।


Related Posts
चैते दसैं
By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 1, 2020
इन्द्रजात्रा
By श्यामलाल श्रेष्ठ in चाडपर्व .
मार्च 2, 2017
Comments
    bikas nath

    Good

    genalal mandal

    According to Bhanubhakta we should also do something different for our nation


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!