No Image
नेपाली पात्रो > प्रमुख लेख > बुद्ध जयन्ती र उनको शिक्षा

बुद्ध जयन्ती र उनको शिक्षा

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in प्रमुख लेख .
फ्रेवुअरी 21, 2022

बुद्ध धर्म, कहिले र कहाँबाट सुरु भयो।

बौद्ध धर्म छैठौं शताब्दीको मध्यतिर त्यस समयको एसियाको नेपाल भित्र दक्षिण पूर्वी क्षेत्र लुम्बिनी राज्यअन्तर्गत पर्ने सहर कपिलवस्तुमा भएको थियो। त्यस बेला लुम्बिनी र त्यसको वरिपरिको क्षेत्र “शाक्य” नामक एक वंशले शासन गर्ने गर्थे, र उक्त वंश त्यस बेला त्यहाँ एक प्रमुख गुटको रूपमा परिचित थियो। शाक्यहरू परम्परागत रूपमा क्षत्रिय (योद्धा-कुल) को हुन् भन्ने विश्वास गरिन्छ। सामान्य विश्वास अनुसार त्यस बेलाको उत्तरी भारतमा जनसङ्ख्याको एक विशाल बहुमतले ब्राम्हण पुजारीहरूको नेतृत्व/अगुवाइमा वैदिक हिन्दु परम्पराहरू अभ्यास तथा प्रयोग गर्ने गर्थे। जुन रीतिरिवाज, परम्परा र विश्वासहरू बलियो सँग र धेरै हदसम्म सांसारिक चिन्ताहरूमा केन्द्रित थिए, मौसम व्यवस्थापन वा राम्रो फसल (राम्रो कृषि उत्पादन) को लागि मौसम नियन्त्रणको लागि कोसिस गर्ने वा रोग निको पार्ने र यस्तै कुराहरू, तर त्यस्ता परम्परा, विश्वास र अभ्यासहरू लगायतका विषयमा जनसङ्ख्याको केही भागले भने त्यसको प्रभावकारिताको सन्दर्भमा पहिले नै प्रश्न उठाइरहेका थिए।

त्यही समयमा केही व्यक्तिहरू लगायत केही साना समूहहरूका धार्मिक साधकहरू मृत्यु पछिको सम्भावित जीवन, अस्तित्वका अन्य मोडहरू जस्तै तल्लो वा उच्च स्तर आदिमा पुनर्जन्मको धारणा जस्ता बिषयहरूमा प्रश्न गरिरहेका थिए। उनीहरूलाई श्रमण भनिन्थ्यो, जुन मगध क्षेत्रमा अवस्थित एक अलग, आदिवासी धर्म समूह थियो। यिनै धार्मिक साधकहरू द्वारा उठाइएको प्रश्नहरूबाट आत्माको प्रकृति र बृहत्तर आध्यात्मिक वास्तविकताहरूको गहिरो प्रतिबिम्बको साथ उपनिषद जस्ता धर्मग्रन्थहरूको जन्म भयो।

त्यस समयमा वैदिक हिन्दु विश्वास र पुनर्जन्म जस्ता विषय अस्वीकार गर्दा विधर्मी वा नास्तिक जस्ता नाम दिइने गरिन्थ्यो। ती यस्ता दिनहरू थिए जब यदि कुनै पनि व्यक्तिले मौलिक वैदिक हिन्दु विश्वासलाई अस्वीकार गर्थ्यो भने, उ (त्यस व्यक्ति) नास्तिक (अस्वीकार गर्ने) बाट नामकरण गरिन्थ्यो।

को थिए गौतम बुद्ध!

सिद्धार्थ गौतमको जन्म ईसा पूर्व ५६३ मा भएको थियो (सिद्धार्थ अर्थात् आफ्नो लक्ष्य हासिल गर्ने व्यक्ति)। सिद्धार्थ गौतम त्यस समयको शासक कुलमा जन्मनुभएको थियो र उहाँका पिता शुद्धोदन र आमा मायादेवी एक धनी एवं कुलीन परिवारका थिए। सिद्धार्थको जन्ममा राजा शुद्धोदनले “छोराको शरीरले के सङ्केत गर्छ” भनेर जान्नको लागि धार्मिक विशेषज्ञहरूसँग सल्लाह गरे। त्यस बेला सिद्धार्थको लक्षण अनुसार दुईवटा भविष्यवाणीहरू गरिएका थिए: पहिलो भबिष्यबाणी अनुसार उहा चक्रवर्ती राजा (चक्रवर्ती) वा बुद्ध हुने र दोश्रोका अनुसार सिद्धार्थ बुद्ध बन्ने। सिद्धार्थले आफ्ना बाबु शुद्धोदनको दरबारमा रहँदा आराम र आनन्दको जीवन बिताए । बुबा, शुद्धोदनले पनि आफ्नो छोरा “चक्रवर्ती सम्राट्” बन्ने अर्थात् शक्ति र प्रभावको बाटो लिनेमा निश्चित थिए। शुद्धोदनले सिद्धार्थलाई धन र सौन्दर्यले घेरेर राखे र सिद्धार्थले सांसारिक जीवनलाई नत्यागुन् भन्ने अभिप्रायले १६ वर्षको उमेरमा उनको विवाहको व्यवस्था गरे। र, यस विवाह पछि सिद्धार्थ पत्नी यशोधरा बाट राहुल नामको एक छोराको जन्म भयो।

यसरी विवाह भई छोरा समेत भइसकेपछि पनि सिद्धार्थले विलासितालाई किन छोड्नुभयो भन्ने कारण भने उहाँले देख्नुभएको “चार निमित्त” रहेका छन्: मृत शरीर, वृद्धावस्था, रोग र एक तपस्वी। सिद्धार्थले दरबार बाहिर जाने अवसर पाउँदा त्यस्ता अवसरहरूमा उनको बुबाले भने सेवकहरूलाई मानव जीवनको कमजोरीको कुनै पनि अप्रिय सम्झना दिने खालका अवस्थाहरू बाट सबै यात्राको बाटो खाली गर्न निर्देशन दिएका हुन्थे। तर ती सबै निर्देशन हरूको बाबजुद सिद्धार्थले मानव जीवनका ती चार वास्तविकताहरूलाई बुझ्नुभयो।

एक पटक सिद्धार्थले एक जना वृद्ध झुकेर हिँड्न पनि सङ्घर्ष गरिरहेको देखे। उनको सारथिले सिद्धार्थ लाई बुढ्यौलीका कारण मानिसले कष्ट भोग्नु पर्ने सुनाए। सिद्धार्थ लगायत सबैले अन्ततः आफ्नो जीवनमा यसको सामना गर्नुपर्छ। अर्को दिन उहाँको अर्को यात्राको क्रममा एक कुष्ठ रोगी ठुलो पीडामा बाटोमा सुतिरहेको अवस्थामा भेटियो। फेरि उहाँलाई व्याख्या गरियो: यो एक रोग हो, जुन धेरै मानिसहरूलाई हुन सक्छ। अझ अर्को भ्रमणको क्रममा, उनले मानव अन्त्येष्टि देखे; उहाँको प्रश्न पछि, जवाफ थियो “यो मृत्यु हो, र यसबाट कोही पनि उम्कन सक्दैन। यो निश्चित छ।” त्यसपछि एक दिन सिद्धार्थले एउटा अनौठो कुरा देख्नु भयो: सिद्धार्थले बाटोको छेउमा एक जना युवक, जो सँग कुनै सम्पत्ति थिएन, तर पनि सन्तुष्ट देखिन्थ्यो। तिनी एक तपस्वी थिए। यी माथि वर्णन गरिएका सबै दृश्यहरूलाई सामान्यतया “चार निमित्त” भनेर चिनिन्छन् जसले सिद्धार्थको दरबार त्यागको जग बसाल्यो, र “बुद्धत्व” नामक ज्योति तर्फको यात्रा सुरु गरिदियो।

महान् त्याग

सिद्धार्थ गौतम, जसलाई आज हामी भगवान बुद्ध वा एसियाको ज्योतिको नामले समेत चिन्छौ परम्परागत मान्यताअनुसार उहाँले आफ्नो दरबार, सुख-सुविधा आदी सबै छोडेका वा त्यागेका थिए। संसार र मानव अवस्थाको यथार्थपरक बुझाइको खोजीमा उनले दरबारको पर्खाल पार गरेका थिए।

उनको बुबा शुद्धोदनको चाहना र इच्छा सिद्धार्थ गौतमलाई जीवनको वास्तविकताहरू बुझ्न नदिने थियो, जसले उनलाई संसार त्याग गर्ने बनाउन सक्थ्यो। यद्यपि, सिद्धार्थले ती चार निमित्तहरू देखे पश्चात् २९ वर्षको उमेरमा, उहाँले दरबार, श्रीमती यशोधरा र आफ्नो छोरा (राहुल) छोडेर आफ्नै बाटो खोज्न लाग्नुभयो। सिद्धार्थको जीवन कथामा राहुल प्रारम्भिक भिक्षुहरूमध्ये एकको रूपमा र उनकी पत्नी यशोधरा उहाँको पहिलो भिक्छुनी (नन) को रूपमा देखा पर्छन्।

प्रारम्भिक सिकाइको पहिलो चरणमा दरबार छोडेर सिद्धार्थले दुई जना जैन शिक्षक उद्रक रामपुत्र र आराद कलामा सँग सिक्न जानुभयो। सिद्धार्थले उनीहरूको मार्गदर्शनमा उच्चतम समाधिहरू प्राप्त गर्नु भयो तर उनीहरूको विधिबाट भने असन्तुष्ट हुनुहुन्थ्यो। उहाँले सोच्नु भयो कि उहाले दुःखलाई जित्न सक्नु भएको छैन, जुन आफ्नो दरबार त्याग्नुको मुख्य कारण थियो। त्यस पछि उहाँ बनारसमा तपस्वीहरूको समूहमा सामेल भएर आफूलाई धेरै वर्षको तपस्याको अधीनमा राख्नु भयो। दिनमा एक दाना चामल मात्र भोजन गरी उहाँले आफूलाई सबैभन्दा ठुलो तपस्याको अधीनमा राख्नुभयो। यस्तो कठोर तपस्याका अभ्यासहरूको क्रममा उहाँको लगभग मृत्यु नै हुन लागेको पनि थियो। अन्ततः उहाँले महसुस गर्नुभयो कि यस्तो कठोर तपस्याले ज्ञान प्राप्त गरिँदैन। त्यस पछि उहाँले तिनीहरूलाई त्याग्नु हुन्छ, उहाँले आफ्नै विगतका जीवनहरूमा धेरै बुद्धहरूबाट सिकेको मार्गको आफ्नै बुझाइलाई पछ्याउने निर्णय गर्नु हुन्छ।

उनको ज्ञान ज्योति, “बुद्धत्व”

आफूले अघिल्ला बुद्धहरूबाट सिकेको बाटोमा हिँड्नु राम्रो हो भनी सोचेर उहाँ अघि बढ्दै बोधगयाको एउटा पिपल रुखमुनि बुद्धत्व प्राप्त नभएसम्म एक्लै ध्यान गर्ने निधो गर्नुहुन्छ। बुद्धत्वको रातमा, उहाँले बुद्धहरूको प्राचीन मार्ग पत्ता लगाउनुहुन्छ; अनि सिद्धार्थले अनुलोम र प्रतिलोम दुवै हिसाबले द्वादशाङ्ग प्रतित्य समुत्पादको अवलोकन गर्नु हुन्छ। अन्ततः सिद्धार्थले तीन ज्ञान प्राप्त गर्नु हुन्छ: उहाँले आफ्ना सबै अघिल्ला जीवनहरू सम्झनुहुन्छ; समस्त प्राणीहरूको उत्पत्ति र निधन/मृत्यु हेर्नका लागि दिब्य चक्षु प्राप्त गर्नु हुन्छ र आफ्ना सबै क्लेसहरूलाई पूर्ण रूपमा उन्मूलन गर्न सफल हुनु हुन्छ। यसरी अन्ततः उहाँकोजीवनको सबैभन्दा आधारभूत सत्यहरू फेला पार्ने आफ्नो लक्ष्य प्राप्त गर्न सफल हुन्छ, जसलाई उहाँले “चार आर्य सत्य ” भित्र समेट्नु भएको छ। त्यस क्षणदेखि, उहाँलाई भगवान् बुद्ध, भनेर चिनिन्छ, जसले हाम्रो (मानव) अस्तित्वको परम सत्यलाई बुझ्न सफल हुनु भयो। बौद्ध परम्पराहरू अनुसार भगवान् बुद्ध ले आफ्नो ज्ञान प्राप्त गर्नु अघि र पछि भयानक विघ्न वा सङ्घर्षहरूको अनुभव गर्नु भयो। यी चार विघ्नहरूलाई मार भनिनछन् जुन चार प्रकारका छन् : भगवान् बुद्धको आफ्नै क्लेश, मृत्यु, स्कन्ध, र देवपुत्र-मार भनिने एक देवता। मारहरू मध्येको चोथो, देवपुत्र-मारले हस्तछेप/विघ्न पैदा गर्दै भगवान् बुद्धको “बुद्धत्व” रोक्नको लागि समेत आफ्ना सबै शक्तिशाली शक्तिहरूलाई आव्हान गरेको थियो; भगवानले बुद्धत्व प्राप्त गरिसकेपछि पनि त्यही देवपुत्र-मारले भगवान् बुद्धलाई आफ्नो ज्ञान सर्वसाधारणमा फैलाउनबाट रोक्ने प्रयास समेत गरे।

बनारसमा भगवान् बुद्धको पहिलो प्रवचन!

बुद्धत्व प्राप्त गरिसकेका भगवान् बुद्धले सुरुमा नयाँ पत्ता लागेको सत्य संसारलाई नसिकाउने सोच्नु हुन्छ, किनकि मानिसहरूलाई नयाँ ज्ञान बुझ्न गाह्रो हुन्छ। यद्यपि, संहपति ब्रह्माको अनुरोध पछि, उहाँले धेरैको कल्याणको लागि धर्म सिकाउने निर्णय गर्नुहुन्छ ताकि मानिसहरूले दुःख र पीडालाई जित्न सकुन् र यो संसारबाट तर्न सकुन। बुद्धले पत्ता लगाइसक्नु भएको थियो कि ससारको दुख: र पीडाको कारण आशक्ति हो जुन सबै दुखको मुख्य कारण (जड) हो। यो माया/मोह को कारण पाँच स्कन्धहरूलाई “आत्मा” अर्थात् “आफू” को रूपमा बुझ्नु हो। भगवान् बुद्ध फेरी बनारस फर्किनु भयो। उहाँले त्यहाँ फेरि ती पाँच तपस्वीहरू भेट्नु भयो। तिनले गरेको कस्टकारी तपस्याका असन्तुष्टिका कारण उहाँले पहिले उनीहरूको साथ छोड्नु भएको थियो। र, भगवान् बुद्धले यिनै पाँच व्यक्तिहरूलाई “धर्मको चक्र प्रवर्तन ” भनेर पनि चिनिने पहिलो शिक्षा प्रदान गर्नु भयो। अब, सिद्धार्थ गौतम वास्तवमा नै “चक्र-बर्तिन” थिए जसरी उनको जन्ममा भनिएको थियो तर उनको बुबाले चाहेको वा कल्पना गरे जस्तो भने होइन। भगवान् बुद्धको ८० वर्षको उमेरमा कुशीनगरमा ४६३ ईसा पूर्वमा मृत्यु भयो। करिब ४५ वर्षसम्म उहाँले धर्मका  चक्रहरू घुमाउनुभयो।

चार आर्य सत्य !

बुद्धत्व भनेको आधारभूत यथार्थहरू/सत्यलाई बुझ्नुलाई पनि भन्न सकिन्छ जसलाई चार आर्य सत्यको रूपमा संक्षेपमा वर्णन गर्न सकिन्छ।
क- दुःख एक सत्य हो।
ख- दुःखको कारण छ।
ग- कारण हटाउने बित्तिकै कारण भएको कुनै पनि कुराको अन्त्य हुन्छ।
घ- दुःखको कारण हटाउने बाटो छ।

आर्य अष्टाङ्ग मार्ग

आर्य अष्टाङ्ग मार्ग अन्तर्गत जीवनका लागि आठ अङ्गहरू भित्र तीन ठुला वर्गहरू विभाजन गरिएको छ: क) शिल ख) समाधि र ग) प्रज्ञा।
आठ अष्टाङ्ग मार्ग लाई यसरी व्याख्या गर्न सकिन्छ: शीलको दुई भाग हुन्छन्, सही दृष्टिकोण र सही आशय। एकाग्रताका तीन भागहरू हुन्छन्: सही प्रयास, सही सजगता र सही एकाग्रता। नैतिकताको पनि तीन भागहरू छन्: सही वाणी, सही कर्म र सही जीवन।

सबै भन्दा महत्त्वपूर्ण भाग हो प्रज्ञा। धेरै बौद्ध धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार अन्य सबै अङ्गहरू प्रज्ञाबाट निर्देशित हुन्छन्, जसलाई आँखासँग तुलना गरिएको छ। सही दृष्टिले सम्पूर्ण प्रणालीलाई दिशा प्रदान गर्दछ। मुख्यतया कुनै पनि त्रुटि बिना, वास्तविकता को सही ज्ञान पाउन सक्नु नै सही दृष्टिकोण हो। छोटकरीमा भन्नुपर्दा, धर्म वा सम्पूर्ण घटनाक्रमलाई अनित्य, दुःख, अनात्म र स्वभावरहित रूपमा हेर्नु नै सही दृष्टिकोणको सार हो। सही आशयको फेरि तीन वटा भागहरू छन्: संसार त्याग गर्ने अभिप्राय; पीडा नदिने उद्देश्य र हानि नगर्ने उद्देश्य। अन्तिम दुईलाई मैत्री र करुणाको रूपमा पनि परिभाषित गरिएको छ। महायानमा एक अभिप्राय थपिएको छ, त्यो हो बोधीचित्तको आकाङ्क्षा, सबै प्राणीहरूलाई मद्दत गर्न बुद्धत्व प्राप्त गर्ने उद्देश्य।

शिलको सवालमा, यो मुख्यतया अन्य प्राणीहरूसँग हामीले कसरी व्यवहार र आचरण गर्छौँ भन्नेसँग सम्बन्धित छ। तसर्थ, हामीसँग सही प्रकारको बोली/वाणी हुनुपर्छ। अर्थात् हामीले झूट बोल्ने छैनौँ, विभेदकारी शब्द बोल्ने छैनौँ, कठोर शब्द प्रयोग नगर्ने र व्यर्थको सानातिना कुरामा लाग्ने छैनौँ। सही प्रयास ती गतिविधिहरू र कार्यहरूसँग सम्बन्धित छ जुन हामी आफै लगायत अरू अर्थात् दुवै पक्षको लागि लाभदायक हुन्छ। सही जीविकोपार्जन भनेको प्राणीहरूलाई हानि पुऱ्याउने गलत प्रकारको जीविकोपार्जनबाट बच्नु जस्तै विष वा हतियार बिक्री गर्ने, नशालु पदार्थ र मासुको व्यापार गर्ने जस्ता कार्य वा जीविकोपार्जनबाट बच्नु हो।

सम्यक समाधि, जुन तेस्रो श्रेणीमा पर्छ त्यसलाई पनि तीन भागमा विभाजन गरिएको छ, जुन माथि उल्लेख गरिएको अनुसार रहेको छ। सबैभन्दा पहिले सही अभ्यास/व्यायाम आउँछ, अर्थात् विचारहरूसँग सही प्रकारको अभ्यास/व्यायाम गर्नु हो। यसले मुख्यतया सम्पूर्ण सकारात्मक विचारहरू बढाउने र दिमागबाट हानिकारक विचारहरू हटाउने काम गर्दछ। सही स्मृति भनेको सजगताका चार स्थितिहरूको अभ्यास गर्नु हो, अर्थात् शरीर, सवेदना, मन र धर्मको सजगता। यो सतिपत्थान सुत्त जस्ता सुत्तहरूमा राम्रोसँग परिभाषित गरिएको छ। सही समाधि भनेको समथा ध्यानको अभ्यास गर्नु हो। यो चार मुख्य समाधिहरूमा प्रवेश गर्ने संग सम्बन्धित छ, जसलाई ‘ध्यान’ वा “समापत्ती” पनि भनिन्छ।

आठ अष्टाङ्ग मार्ग/ अष्ट मार्गको माथिको व्याख्याबाट हामी ढुक्कका साथ भन्न सक्छौँ कि भगवान् बुद्ध एक यथार्थवादी व्यक्ति हुनुहुन्थ्यो। उनले दैनिक जीवनको अनुभवमा सन्तुलन हासिल गर्ने तरिकाको सुझाव दिनुभयो र सही तथा सन्तुलित दृष्टिकोणको यो शिक्षालाई “मध्य मार्ग” पनि भनिन्छ। आफ्नो भोक अनुसार सेवन गर्नुहोस्। सामान्य मानवको रूपमा एक सामान्य जीवनको लागि आवश्यक पर्ने कुराहरू मात्र प्रयोग गर्नुहोस्। यदि तपाईँ धेरै खानुहुन्छ, तपाईँको शरीरको आवश्यकता भन्दा बढी भने तपाईँको पेट पक्कै खराब हुनेछ। होइन र? त्यसैले मध्य मार्ग अपनाउ र खुसी हुनुहोस्।
भवतु सर्व मंगलम् !!!

यो विस्तृत लेख मित्र श्री विवेक शर्माको अत्यन्त आवश्यक सहयोगबाट तयार गरिएको हो।

 

 

 


Related Posts

बुद्ध जयन्ती

By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017

Comments

    pradeep kumar kc

    thank you

    सुन्दर बहादुर गोदार

    हामी सबैलाई बुद्ध को ज्ञानको आवश्यक रहेको छ।सबैलाई शान्ति चाहिएको छ । सुख शान्ति बजारमा किन्न पाइदैन ।आफ्नो शरीर भित्र आत्मै देखि खोजियो भने शरीर भित्र नै पाउन सकिन्छ ।

    सुन्दर बहादुर गोदार

    जय बुद्ध जय हिन्दु जय समाज

    सुन्दर बहादुर गोदार

    यस्तो ज्ञान पढ्न पाइ राख्न पाए आभारी हुने थिए म ।

    purna prasad sharma

    माथिको व्याख्या ध्यानले पढदा पनि मन स्वच्छ हुन्छ ।


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!