No Image
नेपाली पात्रो > चाडपर्व > बिनाग्रास लाग्दैन ग्रहण सूतक – २०७६ पौष २५

बिनाग्रास लाग्दैन ग्रहण सूतक – २०७६ पौष २५

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
जनवरी 10, 2020

२०७६ पौष २५ गते राति केही समयका लागि चन्द्रमा पृथ्वीको विरल छायामा प्रवेश गर्ने हुँदा सामाजिक सञ्जालमा त्यसैलाई चन्द्रग्रहण भनी धेरैले सेयर गरेको पाइएको छ। नेपालका पञ्चाङ्गमा उल्लेख नभएको विषय, सामाजिक सञ्जालमा धेरैले सेयर गरेपछि यस’bout धेरैतिरबाट जिज्ञासा आएको छ, जसको समाधान यहाँ उल्लेख गरिन्छ।

ग्रहण

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। छेक्ने, छेकिने र छाया पर्ने बिम्बको परिस्थितिअनुसार नै सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र लाग्छ। तर सबै औंसी र पूर्णिमामा भने ग्रहण लाग्दैन।

चन्द्रग्रहण लाग्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी रहन्छ र पृथ्वीको सघन छायाभित्र चन्द्रमा प्रवेश गर्छ। पृथ्वीमा खग्रास चन्द्रग्रहण लागेको समयमा चन्द्रधरातलबाट हेर्ने हो भने खग्रास सूर्यग्रहण लागेको देखिन्छ।

चन्द्रमा र सूर्यको बीचमा एउटै दृष्टिरेखामा पर्ने गरी पृथ्वी रहेका बखतमा मात्र चन्द्रग्रहण लाग्ने गर्छ। तर कहिलेकाहीं चन्द्रमा पृथ्वीको सघन छायामा प्रवेश नगरी त्यसको नजिकै विरल छायामा मात्र प्रवेश गरेको देखिन्छ। वैज्ञानिकहरू यस्तो अवस्थालाई ‘पेनम्ब्रल इक्लिप्स’ अर्थात् विरल–छाया ग्रहण भन्दछन्। विरल–छाया ग्रहणमा चन्द्रमा कालो देखिँदैन, विरल छायामा प्रवेश गरेको चन्द्रमाको भाग केही मधुरो देखिन्छ। यही समयमा चन्द्र धरातलको केही भागबाट भने खण्डग्रास सूर्यग्रहण लागेको देखिन्छ। धर्मशास्त्रमा यस्तो अवस्थालाई ग्रहण मानिदैन।

ग्रीनवीच समयअनुसार बेलुकी ७:१० बजे चन्द्रमा पृथ्वीको छायाको निकटमा आउनेछ तर छायाभित्र प्रवेश गर्ने छैन। सघन छायामा प्रवेश नभई ग्रास हुँदैन र बिनाग्रास ग्रहण देखिँदैन। ग्रहण त प्रत्यक्ष देखिनुपर्छ। जुन ठाउँबाट प्रत्यक्ष ग्रहण लागेको देखिन्छ, धर्मशास्त्रअनुसार त्यहाँ मात्र ग्रहणको सूतक लाग्छ। सघन छायामा चन्द्रमाको बिम्ब प्रवेश गर्न थालेपछि ग्रहणको स्पर्श र सघन छायाबाट चन्द्रबिम्ब बाहिरिनासाथ मोक्ष हुने शास्त्रीय नियम छ। यसर्थ सघन छायामा प्रवेशै नगरेको अवस्थालाई शास्त्रीय रूपमा चन्द्रग्रहण मानिदैन र सूतक पनि लाग्दैन।


Related Posts

खग्रास चन्द्रग्रहण, ग्रहणमा व्रत – पर्व र तिथि – श्राद्ध’bout शास्त्रीय निर्णय

By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 31, 2017

खण्डग्रास चन्द्रग्रहण – आषाढ ३१, २०७६

By उपप्रा. लक्ष्मीप्रसाद बराल in सूचना .
जुलाई 15, 2019

खग्रास चन्द्रग्रहण – साउन ११, २०७५

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
जुलाई 27, 2018

Comments

    ishak hussy

    सबै झुटो कुरा हो तर ग्रहण ले केही असर गर्दैन मानव जीवन मा ?


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!