No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > बाल श्रमको विरुद्ध विश्व दिवस

बाल श्रमको विरुद्ध विश्व दिवस

By Nepali Patro in अन्तराष्ट्रिय दिवस .
मे 29, 2020

“बाल मजदुर / बाल श्रमको विरुद्ध विश्व दिवस” जुन १२ को दिन हरेक वर्ष आयोजित हुन्छ, यसको उद्देश्य जुनै पनि रूपमा बाल श्रम विरुद्ध विश्वव्यापी आन्दोलनलाई बढुवा दिने उद्देश्य अनुसार मनाइन्छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले बाल श्रमको विरुद्ध विश्व दिवस सन २००२ देखि बाल श्रमको विरुद्धमा विश्वव्यापी रूपमा ध्यान केन्द्रित गर्दै र यसलाई पूर्ण रूपमा अन्त्य गर्न आवश्यक पर्ने कार्य र प्रयासमा ध्यान केन्द्रित गर्ने गरेको छ। प्रत्येक वर्ष १२ जुनको दिन, विश्व बाल श्रमको विरुद्ध दिवसको भेलाले सरकार, रोजगारदाता र मजदुर सङ्गठनहरू, नागरिक समाजका साथै विश्वका लाखौँ मानिसहरूलाई बाल मजदुरहरूको दुर्दशा उजागर गर्दै उनीहरूलाई कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहँदै १२ जुन लाई विश्व बाल श्रमको विरुद्धको दिवस मनाउने गर्दछ। आईएलओले विश्वव्यापी समुदायलाई “जबरजस्ती श्रम उन्मुलन गर्न, आधुनिक दासत्व र मानव बेचबिखनको अन्त्य गर्न बाल सेनाको भर्ती गर्ने र प्रयोग गर्ने लगायतका बाल श्रमको निषेध र उन्मुलनको लागि तत्काल र प्रभावकारी कदमहरू चाल्नका लागि र सन २०२५ सम्म माथि उल्लेखित सबै प्रकारका बाल श्रम निषेध र उन्मुलनको लागि तत्काल र प्रभावकारी पहलहरू गर्नु पर्ने तथ्यमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु पर्नेमा जोड दिएको छ।

बाल श्रम के हो?

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम “त्यो काम हो जसले बच्चाहरूलाई बाल्यावस्था, उनीहरूको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ”। वास्तवमा कुनै पनि प्रकारको काम जसले बच्चाहरूलाई स्कुल शिक्षा लिन रोक्दछ त्यो पनि बाल श्रम हो। यसलाई तीन प्रकारमा वर्गीकृत गरिएको छ: १. काम जसले बच्चाहरूलाई स्कुल जाने अवसरबाट वञ्चित गर्दछ, २. काम जसले बच्चाहरूलाई सानै उमेरमा स्कुल छोड्नुपर्दछ र ३. यस्तो काम जुन बच्चाहरूलाई स्कुल जान आवश्यक छ तर भारी कामको भारको साथमा।

आइ एल ओ ले सन २०१९ को विषयवस्तु: बच्चाहरूले खेतका फाँटहरूमा काम गर्नु हुँदैन, गर्नु पर्छ त आफ्ना सपनाहरूमा भन्ने नाराका साथ यो दिवस मनाउँदै आएको छ तर अझै, पनि तथ्याङ्क अनुसार बालश्रममा १५२ मिलियन बालबालिका अझै श्रममा कार्यरत छन्। यद्यपि बाल श्रम प्रायः सबै जसो क्षेत्रमा देखा पर्दछ, त्यो पनि विकासोन्मुख देशहरू जस्तो नेपालमा यो सङ्ख्या प्रत्येक १० जना मध्ये सात कृषिमा कार्यरत छन्। २०१९ मा, अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सामाजिक न्यायलाई अगाडि बढाउने र सभ्य कार्यलाई बढाउने कार्य गरेको १०० वर्ष मनाएको छ। यस १०० वर्षको अन्तरालमा यसले बाल श्रम विरुद्धको विश्व दिवसले बाल श्रमको सामना गर्ने देशहरूलाई आईएलओ को सहायताले हासिल गरेको प्रगतिलाई विश्व सामु देखाएको छ। सन् १९१९ मा यसको स्थापना भएदेखि, बाल-बच्चाहरूको संरक्षणका विषयलाई आईएलओ को प्रस्तावना मा सम्मिलित गरेको छ। आईएलओ ले अपनाएको पहिलो कन्भेन्सन मध्ये एक न्यूनतम उमेर हद हो जस अनुसार १८ वर्ष पुरा नभएका बालबालिकाहरूलाई कुनै पनि उद्योग वा जुनसुकै पनि श्रम मा लगाउन प्रतिबन्ध गरेको छ।

बाल श्रम विरुद्धको विश्व दिवस र यसको महत्त्व

यो दिन मुख्यतया बाल विकासमा केन्द्रित छ र यसले बच्चाहरूको शिक्षा र सम्मानजनक जीवनको सुरक्षा गर्दछ। त्यसैले सन २०२० सम्ममा संयुक्त राष्ट्रसङ्घद्वारा प्रचारित दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि बाल श्रम रोक्नु पर्ने एक महत्त्वपूर्ण चुनौती रहेको छ। आईएलओ लगायत बालबालिकाहरूका हितमा काम गर्ने धेरै सधं सङ्गठन हरू बाल श्रम रोक्न र त्यसको उन्मुलनका लागि हरेक दिन विभिन्न प्रयासहरू गरिरहेका छन्।

आईएलओ को तथ्याङ्कका अनुसार, विश्वभरि सयौँ करोडौँ केटाकेटीहरू विभिन्न प्रकारका काममा संलग्न छन् जुन कारणले उनीहरू पर्याप्त शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता आधारभूत स्वतन्त्रता प्राप्त गर्नबाट वञ्चित रहेका छन्। हरेक दिन उनीहरूको वाल अधिकारहरूको हनन भइरहेको छ। यी बालकहरू मध्ये, झन्डै आधा भन्दा बढी बाल श्रमको सबैभन्दा नराम्रो प्रकारहरूमा रुमलिएको तथ्याङ्कहरू बाहिर आएका छन्। बाल श्रमका यी नराम्रा प्रकारका कामहरूमा खतरनाक वातावरण, गृह-गुलामी, तथा अन्य प्रकारका जबरजस्ती श्रम, अवैध गतिविधिमा लागूपदार्थको तस्करी र वेश्यावृत्ति, साथै सशस्त्र द्वन्द्वमा संलग्नता जस्ता काम हरूमा समेत बालकहरू संलग्न भएको देखिएको छ।

कामको विश्वलाई नियमित गर्ने संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले बाल श्रमको विरुद्ध लड्ने प्रयासमा ध्यान दिन र सामेल हुन सन २००२ देखि बाल मजदुर विरुद्ध विश्व दिवस सुरु गरेको हो। यस दिनले बाल श्रम समस्या औँल्याउन र बाल श्रमिकहरूलाई मद्दत गर्ने दिशानिर्देशहरूलाई परिभाषित गर्न विभिन्न देशका सरकार, स्थानीय निकाय तथा अधिकारीहरू, अन्तर्राष्ट्रिय नागरिक समाज, समाजका अगुवाहरू, मजदुरहरू र रोजगारदाता सङ्घ-संस्थाहरूलाई एक साथ ल्याउँदछ।

यस विश्व बाल श्रम विरुद्धको दिवसमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय श्रम सङ्गठन सङ्गै हामी सम्पूर्ण नेपालीहरूले पनि सन २०२५ सम्ममा सबै प्रकारका बाल श्रम अन्त्य गर्ने आह्वान गर्दै दृढ सङ्कल्पका साथ त्यसलाई कसरी पूर्णता दिन सकिन्छ, के कस्ता जनचेतना सम्बन्धी कार्यक्रमहरू तयार गरी राष्ट्रिय तवरमा अन्तर्राष्ट्रिय समुदायले तय गरेको संयुक्त राष्ट्र दिगो विकास लक्ष्य ८.७ को लागी अगाडि बढ्नु पर्ने चुनौती देखिन्छ।आईएलओ ले विश्वभर श्रमको अवस्था सुधार गर्न धेरै अधिवेशनहरू पारित गरेको छ। यो मात्र होइन, यसले ज्याला, हरेक दिन काम गर्ने अधिकतम घण्टा, काम गर्ने अनुकूल वातावरण आदि विषयमा दिशानिर्देशहरू पनि प्रदान गरेको छँदै छ।

संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा बालबालिका हितमा काम गर्ने धेरै सङ्गठनहरू बाल श्रम रोक्न प्रयास गरिरहेका छन्। तर हामी पनि जिम्मेवार हुनुपर्छ र बाल श्रम हटाउने मद्दतको लागि हाम्रो कर्तव्यहरू पनि हामीले लिनुपर्दछ। बाल श्रमबाट बाहिर निस्केको बालबालिकाले उसको आत्म-मूल्य चिन्छ। उनीहरूले सामान्य जीवन, मानव अधिकार र मर्यादित जीवन बिताउन थाल्नेछन्। यी बच्चाहरूले देश र विश्वको आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्‍याउँछन् भन्ने कुरामा दुई मत हुन सक्दैन। यिनै बच्चाहरू देशको भविष्य होइनन् र?! तर यसरी बनाइएका नीति निर्माण हरू तथा हरेक दृष्टिकोण तथा निर्णयहरू लाई कागजमा मात्र सीमित नराखी विश्व समुदाय सामु बाल श्रम को उन्मुलन को लागी दृढ मार्ग अपनाई त्यसको अवलम्बन पनि गर्नु पर्ने अन्तर्राष्ट्रिय समयको माग पक्कै पनि हो भनी नकार्न सकिँदैन। जस्का लागि आईएलओ ले जारी गरेको रिपोर्टहरू र नीतिले प्रस्ट दृष्टिकोण र प्रतिक्रियाहरूको साथ मार्ग निर्देश गरेको छदैंछ।

त्यसैले हामी सबै मिलेर बाल श्रम रोक्ने कार्य गरौँ, बच्चाहरूको अधिकार सुरक्षित गरौँ, तिनीहरूलाई शिक्षाको उज्यालो दिऊ र उनीहरूलाई समर्थन गरौँ।


Related Posts

Comments

    Hikmat rawal

    so nice bout very good

    आलोक श्रीवास्तव

    Child labour should be strictly banned all over the world. We should focus for the bright future of the children not to seek for the production of labour.

    Suraj bista

    this apps is good for us

    sikendra kumar Chaudhary

    good


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!