No Image

फूलपाती

By Nepali Patro in चाडपर्व .
मार्च 21, 2017

हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ | यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ | बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ | यस दिन काठमाडौँको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा,दारिम,धान, हलेढो,माने,कर्चुर, बेल, अशोक, र जयन्ती आदि नौ प्रकारका पातहरु प्रत्येकको नौं/नौं प्रतिका दरले दुर्गापूजा स्थापना गरेको ठाउँमा भित्रयाउँछन् | ती नौंवटा पातहरुमा क्रमश: नवदुर्गा स्वरुपिनी माता अर्थात् देवीहरू लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहरिणी,ब्रम्ह्माणी, रक्तचण्डिका र कीर्तिका देवीलाई आवाह्न गरेर घर-घरमा विधिवत पुजा-अर्चना गरिन्छ | अरु महत्वपूर्ण दिनसरी फूलपातीको दिन पनि सार्वजनिक विदा रहन्छ |

यसदिन काठमाडौँका नेवार समुदायका घर-घरमा प्राय विश्वकर्मा एवं विध्यादेवी महासरस्वतीलाई आवाह्न गरीकन विधिवत् तरीकाले पुस्तक,कपी, कलम, ज्यावलहरु, मेशिन-सामाग्रीहरु अनि कृषकका कोडाला, हँसिया, खन्तीहरु आदि इत्यादिको पनि स्थापना गरी पूजाआजा गरिन्छन् | त्यसका साथै किसानहरु भने खेतमा गई लत्तरम्म फलेको धनको बालाहरु पनि घरमा भित्र्याएर त्यसको पूजा गर्ने गर्दछन् | परापूर्वकालदेखि चलिआएको चलन अनुसार गोरखा दरबारबाट फूलपाती राजधानीको हनिमानढोका दरबारमा पनि भित्र्याउने गरिन्छ | यस दिनबाट झन् दशैंको बजारको मेला नै ठाउँ ठाउँमा लागेको हुन्छ जुन हेर्न लाएको हुन्छ |


Related Posts

बडादसैं का महत्त्वपूर्ण दिनहरू

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
अक्टोबर 25, 2021

Comments

    sherbhadur

    सबैसाथी भाई बहिनी हेर्ने हरूलाई वडा दशैं तिहार शुभकामना व्यक्त गर्दछु साथै जहाँ हुन्छ सोस्त ओर मस्त रहनु होला भन्ने आशा गरिएको छ धन्यवाद

    पोष्टराज दहाल

    सम्पुर्ण हिन्दुहरुको चाड बडादशैको शुभकामना व्यक्त गर्दछु सथै आउदै गरेको दिपावली,छड र कृसमस डे को शुभकामना

    पोष्टराज दाहाल

    बिजय दशमीको शुभकामना

    पोष्टराज दाहाल

    नेपाली हरुको चाड बिजया दशमी को शुभकामना ब्यक्त गर्द्छु

    टीकाराम चौबे

    सम्पुर्ण नेपालिहरु मा महासप्तमी को सुभकामना

    नन्दराम खडका

    धेरै राम्रो दीन

    narendra mehta

    phoolpatiko barema jaankaridinuvayo thank U

    रुद्र बहादुर चौलागाईं

    राम्रोसँग भुतभबिष्य हेराईदिने गुरु चाहियो

    Dherei ramro kura hanna paiyo…

    Tirtha b stha

    Tika ko site

    rajesh chaudhary

    tika site

    Puskar Parki

    best Ajhai pani thap jankari pauna saku

    Akbar singh Dhami

    add detail information

    good

    इन्द्र माया गुरुङ

    मेरो यो महीना कस्तो छ


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!