No Image

फूलपाती

By Nepali Patro in चाडपर्व .
मार्च 21, 2017

हिन्दू शास्त्रको कथन अनुसार र हिन्दू नेपालीहरुको मान्दै गरिआएको चलनअनुरुप नेपाली पात्रोको आश्विन शुक्लपक्ष सप्तमी तीथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ | यस दिन सबै नेपालीहरुको घरमा दशैंको पूजा सामग्रीस्वरूप फूलपाती भित्र्याउने चलन छ | बडादशैंको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्व रहन्छ | यस दिन काठमाडौँको टुँडिखेलमा बढाईं गरेपछि फूलपातीको रुपमा केरा,दारिम,धान, हलेढो,माने,कर्चुर, बेल, अशोक, र जयन्ती आदि नौ प्रकारका पातहरु प्रत्येकको नौं/नौं प्रतिका दरले दुर्गापूजा स्थापना गरेको ठाउँमा भित्रयाउँछन् | ती नौंवटा पातहरुमा क्रमश: नवदुर्गा स्वरुपिनी माता अर्थात् देवीहरू लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहरिणी,ब्रम्ह्माणी, रक्तचण्डिका र कीर्तिका देवीलाई आवाह्न गरेर घर-घरमा विधिवत पुजा-अर्चना गरिन्छ | अरु महत्वपूर्ण दिनसरी फूलपातीको दिन पनि सार्वजनिक विदा रहन्छ |

यसदिन काठमाडौँका नेवार समुदायका घर-घरमा प्राय विश्वकर्मा एवं विध्यादेवी महासरस्वतीलाई आवाह्न गरीकन विधिवत् तरीकाले पुस्तक,कपी, कलम, ज्यावलहरु, मेशिन-सामाग्रीहरु अनि कृषकका कोडाला, हँसिया, खन्तीहरु आदि इत्यादिको पनि स्थापना गरी पूजाआजा गरिन्छन् | त्यसका साथै किसानहरु भने खेतमा गई लत्तरम्म फलेको धनको बालाहरु पनि घरमा भित्र्याएर त्यसको पूजा गर्ने गर्दछन् | परापूर्वकालदेखि चलिआएको चलन अनुसार गोरखा दरबारबाट फूलपाती राजधानीको हनिमानढोका दरबारमा पनि भित्र्याउने गरिन्छ | यस दिनबाट झन् दशैंको बजारको मेला नै ठाउँ ठाउँमा लागेको हुन्छ जुन हेर्न लाएको हुन्छ |


Comments

    Basir Khan

    veri nice to see the hindu kast bat so nice kast

    rajesh

    सप्तमी को साहित

    मोहन पुरूष ढकाल

    फूलपाती भित्राउने समय भए ठीक पार्न सजिलो हुनेथ्यो।

    shyam

    shubhkamna

    Laxman Dahal

    Dherai Ramro
    Thanks

    दयाराम जोशी

    हार्दिक आभार हाम्रो पात्रो टिम, अनि वडा दशैं 2078 को हार्दीक मंगलमय शुभकामना

    Bhupendra

    Dipawali

    dak bahadur

    सबैलाई खुसी पार्छु भन्दा भन्दै, आफ्नो ओठको हासोँ हराएको पत्तो नै हुँदैन!

    manishsharma

    Very good history Pooja is great Jai maa Durga ☑️ Very good

    Amit pariyar

    ramra xa

    बिरेन्द्र बहादुर धामी

    समस्त नेपालीजनहरुमा बिजय दसैंमी 2078को हार्दिक शुभकामना व्यक्त गर्दछु ।।

    सत्रोहन यादव साधु बरहम चारिमां दानहो मांता नगर डिहिबार र

    जय नेपाल जय हिन्दू राष्ट्र साधु को 1008ra151 satrohan yadav visit nepal hindu rasta

    satrohan yadav

    Satrohan yadav visit nepal hindu rasta nepal sadhu ko san ho ra shiree 1008ra 151shiree sadhu ho

    manisha

    fullpati bhittaune sait

    Damodar poudel

    very happy to celebrate phul pati in a big way better than last year


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!