
फाल्गुनान्द जयन्ती
By Nepali Patro in चाडपर्व .नेपालको पूर्वीय लिम्बुवान क्षेत्रका किरात नेपालीहरुको महागुरु अर्थात् महान नेताको उपनामबाट इतिहासमा चिनिनुहुने एक धार्मिक किराते नेताको नाम फाल्गुनान्द लिङ्गदेल हो |नेपालका लिम्बु जातिका नेपालीहरुमाझ आफ्नो मौलिक धर्म र किरात जातको सामाजिक, सांस्कृतिक एवं धार्मिक उत्थान र विकासको निमित्त उनले गरेका योगदान तथा उपदेशहरुका कारण लिम्बु-किरात जातिका धार्मिक गुरु अर्थात् नेता फाल्गुनान्द लिङ्गदेल निकै चर्चित तथा प्रशंसनीय छन् | सन् १८८५ अर्थात् वि.सं.१९४२ मा आजैको दिन कार्तिक २५ गते जन्मिएर सन् १९४९ अर्थात् वि.सं. २००६ मा बित्नु भएका किरात नेता फाल्गुनान्द लिङ्गदेल एक नेपालका ऐतिहासिक महत्व र परिचय बोकेका महापुरुष हुन् |
धेरै लामो समयसम्म गुमनाम भई इतिहासको गर्भमै अस्तित्व विलिन हुन लागेको किरात धर्म,संस्कृति, जात र सभ्यतालाई यिनै महापुरुषले उज्जागरण गरी नेपाली इतिहासको मूलधारमा उभ्याएका थिए | यिनले दिएका अनेकन ज्ञान र उपदेशमध्ये परापूर्वकालमा नेपाली समाजमा कुनैपनि जन्म, विवाह तथा मृत्युपश्चात् गरिनुपर्ने कर्मकाण्ड, पूजा इत्यादिका निमित्त गरिने पशुबलि आदि गरिनु नहुने उनको उपदेशका कारण आजसम्म पनि सबै धर्म र जातिका नेपाली मानिसले पनि यिनको विचारलाई अनुकरण गर्ने र सम्झिने गरेका छन् |
किरात धर्म र संस्कृतिको संस्थागत स्थापना, विकास र प्रवर्द्धनको लागि यिनले मठमन्दिरहरु अर्थात् किरात भाषामा ‘मानघिम’ र हस्त अभिलेखसमेत् बनाउन भ्याए | जसले किरात धर्म, संस्कृति र जातको अस्तित्व बचाई राख्न र अगाडि बढाउन र राष्ट्रिय पहिचानमा ल्याउन चुनौतीपूर्ण योगदान दिलाए | तसर्थ तीनै महापुरुष फाल्गुनान्द लिङ्गडदेललाई किरात समुदायले मात्र नभई राष्ट्रले समेत् हरेक वर्ष सम्झिने गर्दछ |
नोभेम्बर 11, 2019 1 वर्ष
16 राष्ट्रीय बिभुती पनि थप्नु पर्यो नि।
नोभेम्बर 10, 2020 2 महिनाहरु
कृपया गुरु शब्द प्रयाेग गरे पश्चात नेता शब्द प्रयोग नगर्दा ठिक हुन्थयो कि?
एवंम १६औ राष्टिय बिभुति भनेर जानकारि गराउन उपयुक्त होला
कि?
नोभेम्बर 10, 2020 2 महिनाहरु
कृपया गुरु शब्द प्रयाेग गरे पश्चात नेता शब्द प्रयोग नगर्दा ठिक हुन्थयो कि?
एवंम १६औ राष्टिय बिभुति भनेर जानकारि गराउन उपयुक्त होला
कि?
नोभेम्बर 12, 2020 2 महिनाहरु
यहाँको अमूल्य सुझावका लागि धन्यवाद ।