
न्हूँः दँयाः भिन्तुना – नेपाल संवत् ११३८
By Nepali Patro in चाडपर्व .नेपाल संवत् ११३८ आजबाट प्रारम्भ भएको छ। प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि त्यसको भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ।
चान्द्रमानले कार्तिक शुक्लपक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुन्छ। यो चान्द्रमानमा आधारित संवत् हो। यसर्थ यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक ३ वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ।
आज देश–विदेशमा बस्ने नेवार समुदायले आफ्नो मौलिक संवतको नयाँ वर्ष (न्हूँः दँयाः भिन्तुना) धुमधामसाथ मनाउने गर्दछन्। यस दिन तिहारका अन्य दिनसरह राष्ट्रिय बिदा हुने गर्दछ। नेपालमा नेवारको बसोबास रहेका क्षेत्रहरू काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा, पाल्पा, चित्लाङ लगायतका स्थानहरूमा भव्य कार्यक्रम गरी नयाँ वर्ष मनाउने गरिन्छ।
यस दिन नेवारी परम्परा र संस्कृति झल्कने वेशभूषा, बाजागाजा नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं संवर्धनका कार्यक्रम गरिनुका साथै शुभकामना आदानप्रदान गरी दिनभरि नाचगानका साथ गाउँ, टोल, सहर तथा सडकहरूमा विभिन्न झाँकी एवं रयाली निकाल्ने गरिन्छ। यसलाई नेपालभाषामा ‘न्हूँः दँयाः भिन्तुना’ भन्दछन्।
नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। युगपुरुष तथा संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी सन् ८८० तिर ऋणको मारमा परेका गरिब नेपाली जनताहरूको सबै प्रकारको ऋण चुक्ता गरिदिएका थिए। उनले सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको खुसियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवको आज्ञाले वि. सं. ९३७ देखि नेपाल संवत् स्थापना भएको इतिहास पाइन्छ। उसबेलादेखि सरकारी कामकाजको संवतका रूपमा चलेको नेपाल संवत् राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालासम्म कायम थियो।
चान्द्रमास अनियमित रूपमा फेरिने र तीन–तीन वर्षमा १३ महिनाको लामो वर्ष पर्ने समस्या देखिएकाले वि.सं. १९६० देखि यसलाई परिवर्तन गरिएको हो। हाल सरकारी कामकाजको संवतका रूपमा नरहे पनि नेपालका प्रचलित पञ्चाङ्गहरूमा समान रूपले नेपाल संवत् उल्लेख गरिन्छ र यसलाई व्यवहारमा समेत प्रयोग गर्ने चलन अद्यापि छँदै छ।
अक्टोबर 29, 2019 1 वर्ष
Lak dam ramro chha
अप्रील 29, 2020 9 महिनाहरु
nhu da ya vintuna
मे 15, 2020 8 महिनाहरु
Nhu daya vintuna