नेपाली पात्रोमा आफ्नै पात्रो! – तिथि अनुसार पनि कार्यक्रमहरु सेभ गर्न मिल्ने 

नेपाली पात्रोमा आफ्नै पात्रो! – तिथि अनुसार पनि कार्यक्रमहरु सेभ गर्न मिल्ने 

By Nepali Patro
अप्रील 1, 2025

नेपाली पात्रोमा रहेको ‘My Calendar’ सुविधा ले व्यक्तिगत तथा पारिवारिक महत्वपूर्ण मितिहरू, विशेष गरी तिथि र बि.सं. अनुसार सेभ गर्न मिल्ने भएकाले, यो सुविधा प्रभावकारी विकल्प बन्दै गएको छ।

यस सुविधामार्फत प्रयोगकर्ताहरूले विशेष गरी आफ्नो र आफ्ना परिवार र इष्टमित्रहरूको जन्मदिन, विवाह वार्षिकोत्सव, पुण्यतिथि लगायतका विशेष दिनहरू तिथि र बि.सं. अनुसार सहजै सेभ गर्न सक्छन्। साथै, आफ्ना महत्वपूर्ण दिनहरू आफूले चाहेको समयमा सूचित गराउने रिमाइन्डर सुविधा पनि भएकाले, सोही अनुसार तयारी र योजना बनाउन पनि सहयोग गर्दछ ।

My Calendar सिर्जना गर्ने प्रक्रिया:

१. Nepali Patro एप डाउनलोड गर्नुहोस्।

२. एप्लिकेशन खोल्नुहोस् र तपाईंको खाता बनाउनका लागि ‘लग-इन’ गर्नुहोस्।

३. एपको मुख्य पृष्ठमा ‘My Calendar’ चयन गर्नुहोस् र तपाईंको व्यक्तिगत कार्यक्रमहरू तिथि, वि.सं. वा ई. सं. अनुसार थप्नुहोस्।

४. आफ्नो विशेष मिति (जस्तै जन्मदिन, विवाह वर्षगाँठ, पुण्यतिथि आदि) चयन गरेर त्यसको विवरण लेख्नुहोस्। साथै, तपाईंले रिमाइन्डरलाई हरेक महिना, हरेक दिन वा हरेक वर्षको रूपमा पुनरावृत्त गर्न सेट गर्न सक्नुहुन्छ।

५. सबै जानकारी भरेपछि, ‘सङ्ग्रह गर्नुहोस्’ बटन क्लिक गरेर तपाईंको क्यालेन्डरमा त्यो मिति सेभ गर्नुहोस्।

६. तपाईंले सेभ गरेको सबै दिन तपाईंको ‘My Calendar’ सेक्सनमा हेर्न सक्नुहुन्छ। तपाईंले यहाँबाट कुनै पनि दिनको विवरण हेर्न सक्नुहुन्छ र आवश्यकता अनुसार सम्पादन गर्न सक्नुहुन्छ।

यस सेवालाई अझ सरल तथा सहज बनाउनका लागि हाम्रो इमेल वा कार्यालयको फोन नम्बरमा सम्पर्क गरेर सल्लाह-सुझाब दिनसक्नुहुन्छ। 

Related Posts

नयाँ वर्ष २०७९ का शुभ साइतहरू

अप्रील 13, 2022
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

२०७८ सालको पञ्चाङ्ग तथा शुभ साइत

फ्रेवुअरी 25, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ