• 37
  • नेपाली  पात्रो’को सिइओमा सन्तोष कुमार देवकोटा नियुक्त 
    नेपाली पात्रो > सूचना > नेपाली  पात्रो’को सिइओमा सन्तोष कुमार देवकोटा नियुक्त 

    नेपाली  पात्रो’को सिइओमा सन्तोष कुमार देवकोटा नियुक्त 

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    फ्रेवुअरी 25, 2022

    काठमाण्डौ । डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो – Nepali Patro – Nepali Calendar’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त भएका छन् । 

    विक्रम सम्वत् २०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् । 

    रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मेडिया तथा कम्यूनिटि प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आउनुभएको छ । देवकोटाले यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त हुनुभएको हो । 

    विक्रम संवत् २०६३ साल (सन् २००८) मा सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरुकाका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो । पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।

     “हाम्रो समय, हाम्रो गौरव” मूलमन्त्र बोकेको नेपाली पात्रो र हाम्रा ९० लाख प्रयोगकर्ता, हाम्रा अनलाइन तथा प्रिन्ट मेडिया, टेलिभिजन, देशभरीको रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरुसँगको अबको यात्रालाई अझ बढी उर्बर र उत्पादक, अझ नविन बनाउनका लागि हामीसँग सिइओको भूमिकामा सन्तोष कुमार देवकोटा आवद्ध हुनुभएको हो । नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार स्रोत आवद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामाग्रीहरुलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहूँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमैं उत्पादित पहिलो कम्यूनिटि एप हो । आउँदा दिनहरुमा हामी नेपाली प्रयोगकर्ताहरुका लागि आवश्यक ति तमाम कोशिषहरु गर्नेछौं जसले नेपाली पात्रोलाई नेपालीहरुको आधिकारिक तथा विश्वासिलो कम्यूनिटी एप बनाइरहन सहयोग गर्नेछ । हामी हाम्रो एप्लिकेशन ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीहरुलाई जोडिरहने एउटा पुल बन्न चाहन्छौं । लाखौं नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ ।” जिनियस सिस्टम्स सह-संस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले बताउनुभयो । 

    नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि-मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशन हो । यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर-आना र बिघा-रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरुले युक्त छ । 

    “पछिल्ला वर्षहरूमा नेपालबाट विदेश बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै। त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म-संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ । अहिले ‘स्वधर्मे निधनं श्रेयं परधर्मो भयावहः’ भन्ने मान्यतालाई मनन गर्ने समय आएको छ । नेपाली पात्रो परिवार यही मान्यतालाई स्थापित गर्न सदैव क्रियाशील रहन्छ । नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्याउने कर्णधारका रूपमा यस परिवारको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको कार्यभार सम्हाल्न नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मीय मित्र श्री सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टिम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु।” नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलितज्योतिषाचार्य उपप्रा. लक्ष्मीप्रसाद बरालले बताउनुभयो ।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4713 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना
    No Image array(1) { [0]=> object(WP_Term)#4715 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना

    नयाँ वर्ष २०७९ का शुभ साइतहरू

    अप्रील 13, 2022
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4716 (16) { ["term_id"]=> int(3701) ["name"]=> string(27) "वालपेपर्स" ["slug"]=> string(10) "wallpapers" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3701) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(0) "" ["parent"]=> int(0) ["count"]=> int(1) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3701) ["category_count"]=> int(1) ["category_description"]=> string(0) "" ["cat_name"]=> string(27) "वालपेपर्स" ["category_nicename"]=> string(10) "wallpapers" ["category_parent"]=> int(0) } } wallpapers वालपेपर्स
    No Image array(1) { [0]=> object(WP_Term)#4717 (16) { ["term_id"]=> int(14) ["name"]=> string(15) "सूचना" ["slug"]=> string(6) "notice" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(14) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(7) "Notices" ["parent"]=> int(0) ["count"]=> int(21) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(14) ["category_count"]=> int(21) ["category_description"]=> string(7) "Notices" ["cat_name"]=> string(15) "सूचना" ["category_nicename"]=> string(6) "notice" ["category_parent"]=> int(0) } } notice सूचना

    २०७८ सालको पञ्चाङ्ग तथा शुभ साइत

    फ्रेवुअरी 25, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    Comments

      योग्य व्यक्ति योग्य ठाउँमा पुगेको सुन्दा खुसी लाग्यो ।

      योग्य व्यक्ति योग्य ठाउँमा पुगेको सुन्दा खुसी लाग्यो ।

      Narayan Pandey

      हाम्रो पात्रो एप्सको कथाकार वाचक सन्तोष सर हो र हजुर,कति मिठो वाचन शैली अनि धेरै धेरै बधाई टक्र्याउँदछु।।।।।

      घनश्याम भण्डारी

      यस एपको कार्यकारी निर्देशकमा सन्तोषकुमार देवकोटा नियुक्त हुनुभ‌एकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली जनमानसमा विश्वसनीयको स्तरमा रहेको यो एपले उहांको व्यवस्थापनमा समयानुकूल सुधार र प्रगति गर्दै जाओस् ! हार्दिक शुभकामना !!

      shyammukhiya

      mukhiyapatti

      बाल कृष्ण भट्टराई

      तपाइँको सफल कार्यकाल को सुभकामना आझ राम्रो राम्रो उपयोगी कुरा हरु हाम्रो पत्रोमा ल्याउनु होला

      Nareshraj yadav

      mero ma chahi offline ma date show gardain ke samsya xa

      अच्युत सुवेदी

      हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
      मैले पनि मोबाइलमा नेपाली पात्रो नै प्रयोग गरेको छु तर केही समयअघि “कुण्डली” नचल्ने भएको छ । मैले “नेपाली पात्रो”को ठेगानामा इमेल मार्फत पनि यो समस्या जाहेर गरेँ तर समाधान आएन ।
      आशा छ अब यो समस्या मात्र समाधान हुँदैन बरु थप सुविधाहरु पनि समेटिने छन् ।

      अच्युत सुवेदी

      हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
      “नेपालीपात्रो” भित्र रहेको”कुण्डली “लाई सम्पूर्ण पक्ष समेटिएको “जन्मकुण्डली” को रूपमा विकसित गर्न पाए राम्रो हुने थियो ।
      जस्तै :
      इन्डियन drik panchanga तथा सूर्य पञ्चाङ्गको जन्मकुण्डली सफ्टवेयर जस्तो ।
      बरु आवश्यक शुल्क तिरेर मात्र लिन पाउने व्यवस्था गर्ने नि ।
      हवस्, धन्यवाद, नमस्कार!

      निरंजन सुबेदी

      नेपाली पात्रो हाम्रो गौरव हो हामी सबै देश विदेश मा बसने नेपालीहरु को शान हो । नेपाली पत्रों ले गर्दा मेरो आध्यात्मिक र भौतिक जगत मा धेरै सकारात्मक परिवर्तन आएको छ।

      यस पात्रो को नया सीईओ श्री संतोष कुमार जी लाई म निरंजन सुबेदी र हाम्रो वेबसाइट का सबै टीम ले हार्दिक स्वागत गरिन्छ।

      Madan Jnavaly

      Congratulations


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!