
नेपाली पात्रोको मेगा अपडेट
By Kiran Silwal in NewsLetter .नेपालकै सबैभन्दा लोकप्रिय एप नेपाली पात्रोले आफ्नो एपमा मेगा अपडेट ल्याउने भएको छ । प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनकालागि मेगा अपडेट (6.1.0) ल्याउन लागेको हो । यो अपडेट माघ १५ गते भन्दा अगाडी उपलब्ध हुनेछ ।
यो अपडेटमा प्रयोगकर्ताले आफ्नो कार्यक्रमहरू बनाउन पाउनेछन् भने जन्म तिथी तथा श्राद्ध जस्ता तिथीमा आधारित मितीहरूको रिमाइण्डर राख्न पाउनेछन् । नयाँ एप अपडेट हुँदा 5.0.6 भर्जनको एप भन्दा अगाडीको भर्जनहरूमा रहेको कार्यक्रमहरू हराउन सक्ने हुँदा 5.0.6 भन्दा अगाडीका एप प्रयोगकर्ताहरूले गुगल लगइन गर्नु पर्ने भएको छ ।
यस्तै, यो अपडेटमा प्रयोगकर्ताले नयाँ युजर इन्टरफेस तथा विज्ञापनरहित एप पाउनेछन् । यस अन्तर्गत प्रयोगकर्ताले डार्क थिम, आकर्शक डिजाइन पाउनेछन् भने वार्षिक रू १०० मा विज्ञापन रहित सब्स्क्रिप्सन लिन सक्नेछन् ।
यस्तै, नयाँ अपडेटमा प्रयोगकर्ताले कुण्डली तथा नेपाली पात्रो ज्योतिष सेवा लिन सक्नेछन् । जसअनुसार आफ्नो तथा परिवारको कुण्डली बनाउन मिल्ने साथै नेपालका संस्कृत विश्वविद्यालयका प्राध्यापक गुरुहरूसगँ ज्योतिष परामर्श लिन मिल्ने सुबिधा उपलब्ध गराइएको छ ।
यसैगरी, नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सजिलोको लागि यस अपडेटमा समाचार नपढिकन, एपले नै समाचार पढेर सुनाइदिने भएको छ । एपमा हाल विभिन्न चर्चित अनि लोकप्रिय ६० भन्दा बढी न्युज पार्टनर (सञ्चार माध्यम) रहेका छन् । साथै उस्तै खालका समाचारहरू एकै ठाउँमा सङ्ग्रह गरिएको छ ।
प्रयोगकर्ताको गुनासोलाई महसुस गर्दै यस अपडेटमा सुन चाँदीको भाउ, दैनिक विदेशी विनिमयको दर सजिलै हेर्न मिल्नुका साथै ईकाई परिवर्तन (आना, धार्नी, माना, रोपनी, विघा, कठ्ठा, मुठ्ठी जस्ता नेपाली इकाइहरूलाइ मिटर, घनत्व, किलोग्राम ) जस्ता अन्तराष्ट्रिय मानक मा परिवर्तन गर्ने सुवधा उपलब्ध गराइएको छ ।
जनवरी 21, 2021 1 महिना
सम्पादक ज्यू,
नेपाली पात्रो ।
पात्रो को नयाँ अपडेट लाई स्वागत छ, mid-april भनेको चैत्र सक्रांती न भै बैसाक सक्रान्ती हो, पात्रो मा एउटा नोट प्याड होस, जहाँ आफ्नो भावी जरुरि कार्यक्रम नोट गर्न पाइयोस्, कार्यक्रम को टाइम अलर्ट पनि होस । दोश्रो – महत्वपूर्ण सम्पर्क हरुमा पञ्चाङ्ग निर्णायक समिति, नेपालको सुचना बिभाग र गुगल सर्च मा सिधै जान सकियोस, तपाइले घण्टा घण्टामा राख्ने संक्षिप्त समाचार सामान्य शुल्क तिरेर कुनै ट्रान्समिटरले ट्याप गर्न मिलोस
जनवरी 21, 2021 1 महिना
work
जनवरी 22, 2021 1 महिना
yasmaa jabmkundali anusar fal herna sake privision vae ajh ramro hunthyo
जनवरी 22, 2021 1 महिना
समस्या
जनवरी 22, 2021 1 महिना
jotis app
जनवरी 24, 2021 1 महिना
School
जनवरी 27, 2021 4 हप्ताहरु
atiramro
जनवरी 29, 2021 4 हप्ताहरु
सबै राम्रो
जनवरी 29, 2021 4 हप्ताहरु
राम्रो सुबिधा
फ्रेवुअरी 5, 2021 3 हप्ताहरु
पहिला अझ तिथिहरू detail मा आउँथ्यो जस्तै प्रदोष व्रत आदि । यो हटाईएको हो कि भुल वस हटेको हो । कृपया पुन आउनेछ भन्ने आशा गर्दैछु।
फ्रेवुअरी 8, 2021 2 हप्ताहरु
राम्राे छ।
फ्रेवुअरी 11, 2021 2 हप्ताहरु
नेपाली पात्रोको मेगा अपडेट अती राम्रो हुन्थ्यो
फ्रेवुअरी 11, 2021 2 हप्ताहरु
good
फ्रेवुअरी 13, 2021 2 हप्ताहरु
Ati Uttam Xcha Nepali Panchanga.
फ्रेवुअरी 13, 2021 2 हप्ताहरु
good morning