
नेपाली नयाँ वर्ष
By Nepali Patro in राष्ट्रिय दिवस .नेपाली नयाँ वर्ष| नेपालको अधिकारिक एवं वैधानिक पात्रो, विक्रम सम्बत् पात्रो अनुसार हरेक वर्षको बैशाख महिनाको पहिलो दिनलाई देश विदेश रहेका सारा नेपालीहरुले राष्ट्रिय नेपाली नयाँ वर्षको रुपमा मनाउने गर्दछन् | हुनतः नेपाल एक बहु-भाषी,बहु-संस्कृति एवं बहु-जातिय राष्ट्र हो,जहाँ कम्तिमा पनि हरेक वर्ष भिन्ना भिन्नै दिन,मितिमा भिन्ना भिन्नै प्रकारले नौ (९) किसिमका नयाँ वर्षहरु मनाइन्छन् | त्यसमध्यमा बैशाख १ गतेको दिनलाई राष्ट्रिय महत्वका साथ राष्ट्रिय नयाँ वर्षको रुपमा मानिदै अहिरहेको छ |
विशेषत: युवा वर्गमाझ एक रमाइलो गर्ने विशेष दिनका रुपमा विकास भएको नेपाली नयाँ वर्षको दिन राष्ट्रिय पर्व झैँ भइसकेको छ | यस दिन नेपाल अधिराज्यभरि सार्वजनिक विदा हनुको साथै अधिराज्यभरिका नेपालीहरु नयाँ वर्षको एक दिन अघावैदेखि एक-अर्कामा मिल्ने साथीभाइ,इस्टमित्रहरुसंग योजना बनाएअनुसार विभिन्न रमणीय स्थानहरुमा भ्रमण गर्ने, पिकनिक जाने वा आफन्तहरुलाई बोलाई भोजभटेर गर्ने गरी मनाउने परम्परा बसिआएको छ|
आर्थिक अवस्थाले सक्नेहरु देश-विदेश पनि घुम्न जान्छन् भने नसक्नेहरु घरैमा वा नजिकको पार्क अथवा रमणीय स्थलहरुमा गई रमाइलो गर्ने गर्छन् | यस दिन राजधानी काठमाडौँ लगायतका सबै ठूला साना शहरमा विभिन्न सरकारी, गैर-सरकारी संघ-संस्था, नागरिक समाज र जनजाति-समुदायका मानिसहरु विभिन्न प्रकारका सांस्कृतिक एवं पारम्पारिक कार्यक्रमहरु गर्ने गर्छन् भने काठमाडौँ नजिकको भक्तपुरमा ‘बिस्केट जात्रा’ स्थानीयवासीहरुको ठूलो सहभागितामा २५ मिटर लामो ‘लिंगम’ बडेमानको ढुङ्गाको ‘योनीमा’ ठड्याइकन मनाइन्छ,- नयाँ वर्षको स्वागतसंगै |
त्यस्तैगरी नेपालीहरुले नयाँ वर्षलाई नयाँ प्रतिबद्धता, नौलो सुरुवात एवं नवीन थालनीको विशेष अवसरको रुपमा पनि लिने गर्छन् | विध्यार्थी वर्गका मानिसहरु भने यस दिन शिक्षाको नयाँ थालनीको योजना गर्छन भने प्रायजसो मानिसहरु आफ्ना इस्टमित्रहरुसंग कोसेली,सौगात तथा सदभावना साटासाट् गर्ने गर्छन् |
अप्रील 14, 2018 5 वर्षहरु
गुरु ज्यु सादर प्रणाम नेपाली पात्रो मा सब ठिक छ तर मेरो आफ्नो मनमा लागेको प्रतिक्रिया के हो भने यसमा तिथि करन नक्षत्र हरु को समय ईन्टरनेट बिना नै हेर्न मिल्न भए नेट सुबिधा नभाको ठाउमा सजिलो पर्ने थियो ।धन्यवाद
अप्रील 14, 2022 12 महिनाहरु
This year should be yr. 2079, instead of 2078. is this a system error?
should update it.
अप्रील 14, 2022 12 महिनाहरु
Nya saal,nya baat ,nya mulakaat,kati xute sathh,katy jute hath,,Feri Aayo ek सुनौलो नया प्रभात…..एक ३६५को रात….राहत र आहत हुने एक नयाँ शूरुवात,,नया यात्रा..नया यात्री…शूभ-प्रभात..शूभरात्री…नारायण सिंह भण्डारी,बेतकोट नगर पालिका वडा नं.८ गैलनदि
अप्रील 14, 2022 12 महिनाहरु
Happy New year
अप्रील 14, 2022 12 महिनाहरु
hello
अप्रील 16, 2022 11 महिनाहरु
naya barsa ko suba kaman
अप्रील 17, 2022 11 महिनाहरु
nyc jo dil me u huaa
अप्रील 18, 2022 11 महिनाहरु
Mero bhaghi ko herdne dinu hajur
अप्रील 18, 2022 11 महिनाहरु
mero rashifal herd
अप्रील 21, 2022 11 महिनाहरु
nepal bata bahira huda nepali patro le malai dherai help gareko chha
अप्रील 21, 2022 11 महिनाहरु
dherai sajilo bhako chha nepali patro le
मे 18, 2022 10 महिनाहरु
suklapakcha tritiya tithi kun date ma hola .
जुन 1, 2022 10 महिनाहरु
दिन