निर्जला एकादशी व्रत
By उपप्रा. लक्ष्मीप्रसाद बराल in
चाडपर्व .
ज्येष्ठ शुक्लपक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ। एकादशी भगवान् श्रीहरिको सर्वप्रिय तिथि भएकाले यस दिन भगवान् नारायणको पूजा–आराधना गरिन्छ। निर्जला एकादशीमा गंगा वा अन्य पवित्र नदीमा स्नान गरेर जलसमेत त्याग गरी व्रत बस्ने विधान छ। यस दिन पूर्ण रूपले उपवास गरी जल वा सर्वतले भरिएको घडा विधिपूर्वक सत्पात्र ब्राह्मणलाई दान गर्नाले दातालाई भगवान् श्रीहरिको सान्निध्य प्राप्त हुने फलश्रुति पाइन्छ। यस्तै, गाई र अन्नसमेत दान गर्दा अझ धेरै पुण्यफल प्राप्त हुने शास्त्रकथन रहेको छ।
वर्षभरिका २४ एकादशी र अधिकमासमा आउने २ वटासमेत गरी २६ वटा एकादशीको आ–आफ्नै महिमा र महत्त्व रहेको छ। निर्जला त्यो एकादशी हो, जुन अन्य एकादशीहरूको व्रत गर्न असमर्थ हुनेहरूका लागि पनि पूरण फलदायी मानिएको छ।
द्वापर युगको अन्त्यतिर महाभारतकालमा भगवान् श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई सबै एकादशीको महिमा बताउनुभएको प्रसंग पाइन्छ। युधिष्ठिरको जिज्ञासा शान्त पार्दै भगवान् श्रीकृष्णले वेदव्यासले भीमसेनलाई उपदेश दिँदै निर्जला एकादशीको व्रत गर्न सुझाउनुभएको प्रसंग उल्लेख गर्नुभएको छ। कथाप्रसंग अनुसार एक दिन वेदव्यासले पाण्डव परिवारलाई धर्म–अर्थ–काम–मोक्ष प्रदायक एकादशी व्रतको संकल्प गराउने सन्दर्भमा कुन्तीनन्दन भीमले आफ्नो पेटमा रेहेको ‘वृक’ नामक जठराग्नि शान्त गर्न नखाई नसक्ने कमजोरीका कारण एकादशी व्रत गर्न नसकेको सुनाउँछन्। आफ्नो परिवारमा अन्य पाण्डवहरू, द्रौपदी र माता कुन्तीले सहजै एकादशीको व्रत गरेको देख्दा आफूलाई पनि एकादशीको व्रत गर्ने उत्कण्ठा जागेको तर व्रत गर्न नसकेको बताएपछि वेदव्यासले भीमलाई निर्जला एकादशीको व्रत गर्न सुझाउनुभएको हो।
वेदव्यास भन्नुहुन्छ– धर्ममा न्यूनतम नियम पालना गरेर पनि यस लोकमा धन, सुख, यश, विद्या, बुद्धि आदि प्राप्त गरेर परलोकमा मोक्षको भागीदार बन्न सकिन्छ। यसर्थ हे कुन्तीनन्दन, तपाईंले सबै एकादशीको गुणले युक्त निर्जला एकादशीमा विधिपूर्वक निराहार व्रत गर्नुभयो भने यस व्रतका प्रभावले अन्य एकादशी व्रतको फल प्राप्त हुन्छ र अन्त्यमा अर्थात् परलोकमा भगवानको सान्निध्य प्राप्त हुन्छ।
एकादशीको व्रत सबै नरनारीले गर्नुपर्दछ। निराहार नसके पनि एक छाक गाईको दूध र फलाहार भोजन गरेर पनि व्रत गर्नुपर्दछ। यसरी व्रतोपासना गरी रात्रिकालमा जाग्राम तथा भगवान् श्रीहरिको कथा पाठ तथा श्रवण गर्ने र भोलिपल्ट पारणा गरी ब्राह्मणलाई भोजन गराएर विधिपूर्वक दानपुण्य समेत गरी आफूले भोजन गर्नाले सम्पूर्ण पापहरू नष्ट भई ठूलो पुण्य प्राप्त हुन्छ भनी बताएपछि ठूलो हिम्मतले भीमले निर्जला एकादशी व्रतको नियम पालना गरे। एकादशीमा सबै इन्द्रियहरूलाई संयममा राखी व्रतोपवास गर्दा रात्रिकालमा जब भीम संज्ञाहीन भए, त्यसपछि पाण्डवहरूले गंगाजल, तुलसी र चरणामृत पान गर्न दिएर उनको मूर्च्छना दूर गरेकाले यस एकादशीलाई भीमसेन एकादशीका नामले पनि चिनिन्छ।
यस दिनमा भगवान श्रीहरिकी प्रियतमा तुलसीको बीज रोपण गरिन्छ। यो दिन रोपण गरिएकी तुलसी उमारेर हरिशयनी एकादशीमा पुनः रोपण गर्ने विधान रहेको छ।
जुन 24, 2018 3 वर्षहरु
nice
जुन 24, 2018 3 वर्षहरु
यो ब्रत किन गरिन्छ? के आफुले मागेको कचरा पुरा हुन्छ यो ब्रत गरेर? के आफ्नो प्रेमीसँग बिछोड भएका प्रेम फेरि पाउन सकिन्छ?
जुन 24, 2018 3 वर्षहरु
ramro ho ki tra Jun din brat basne ho teyo din bihan beluka nkhane ani tesko bihan palat chahi khane ho khana! yesko barema yes past jankari pauna
जुलाई 11, 2018 3 वर्षहरु
akdamai ramro lagyo
अगस्ट 4, 2018 2 वर्षहरु
अति राम्रो प्रसंग , एकादशी महात्य र यी सबै हरेक महिना र अधिकमास समेतको एकादशीको ’bout जान्नु बुझ्नु र सो को विधि विधानानुसार शसक्त नियमको पालना गर्न सके ईच्छ्याइएको मनोकामना पूर्ण हुन्छ , यो सत्य हो।
सेप्टेम्बर 24, 2018 2 वर्षहरु
धर्म चाए हिन्दु, मुसलमान, बुद् , धर्म गुरु जुन सुकै हुन् तर बरत् बस्ने आफ्नो आफ्नो भासमा भए पनि माननी भगवान एउटई हुन् sable aafno tarikale manne garnu parxa ra fasting pani tei anusar nai basne garxan jas karna aafule chayeko kura pura hos vanera .
जुन 12, 2019 2 वर्षहरु
Fasting is always good but always fating is never good. This time I will give a try !! Eat less Live healthy !!
जुन 13, 2019 2 वर्षहरु
आज बर्त बसने ले बर्स बरी को एकादशी को फल प्राप्त गर्ने छन बन्ने सास्त्र मा उलेख छ
जुन 13, 2019 2 वर्षहरु
राम्रोसँग बृफिङ गर्दिनु भयेको मा गुरुलाइ धन्यबाद छ ।
जुलाई 15, 2019 2 वर्षहरु
Hindu dharmalai agadi badauna Ko lagi hamiharu sabai milera dharmik kuraharu Ko anusaran garnu par6.dhreai ramro r upayogi jankari.nepali patro ka sabai Premi harulai sat sat Naman.
जुन 2, 2020 8 महिनाहरु
बर्ष भरिमा २६ वटा एकादशी मध्ये अरुमा ब्रत बस्न नसके मा अाज काे निर्जलाएकादशीमा सके( जलपान ) सम्म नगरि ब्रत बस्नाले पुर्ण फलप्राप्त हुने पाैराणिक मान्यता छ जय नारायण बिष्णु भगवान
जुन 8, 2020 7 महिनाहरु
nice info
जुन 27, 2020 7 महिनाहरु
यति गते भनेर आउने