नारी दिवस
By Nepali Patro in
अन्तराष्ट्रिय दिवस .

नारी
विश्व नारी दिवस अंग्रेजी पात्रोको हरेक वर्ष मार्च महिनाको ८ तारीखको दिन पर्दछ | प्राप्त जानकारी एवं विवरण अनुसार विश्व नारी दिवस १९ औं शताब्दीको शुरुको बेला देखि नै मान्न शुरु गरिएको भन्ने छ |पहिलो अन्तर्राष्ट्रिय तथा विश्व नारी दिवसलाई पहिले अन्तर्राष्ट्रिय तथा विश्व कर्मशील नारी दिवस भनेर भनिन्थियो र पछि विस्तारै विभिन्न देशहरुमा यसलाई मान्ने र मनाउने चलनको विस्तारसंगै नाम रुपान्तरण भई विश्व नारी दिवस भनी हुन गएको हो | यसरी २० औं शताब्दीसम्ममा आई पुग्दा विश्व नारी दिवस आफ्नो निरन्तरको प्रयास र प्रयत्न मार्फत अझ् बढि स-सक्त एवं सचेत् भई विश्व नारी शक्तिलाई एकतामा बाँधी नयाँ अयामतिर लम्किएको अवस्था छ |
नेपाल लगायत विश्वका प्राय: सबै राष्ट्रहरुमा अन्तर्राष्ट्रिय संस्कार एवं संस्कृति झैँ विभिन्न नारी शक्तिको उत्थान र अधिकारिक समानता र अवसरका नारा सहितका गतिविधि र कार्यक्रमहरु गरी विश्व नारी दिवस मनाइन्छ | यस दिन नेपालमा मात्रै नभई विश्वका अन्य राष्ट्रहरुमा पनि सार्वजनिक विढा हुने गर्दछ | विश्वभरिका विभिन्न सरकारी, गैर-सरकारी महिला संघ-संस्थानहरु, महिला अधिकारिकर्मीहरु यस विशेष दिन लैंगिक विभेदता, घरेलु महिला हिंसा र असमानताको अन्त्यको वकालत सहित विरोधमा नाराबाजी,सभा-गोष्ठी,र्याली एवं कार्यक्रमहरु गरी विश्व नारी शक्तिको पहिचान, नारी हकहित अधिकारको सुनिश्चितता, लैंगिक समानता र समान अवसरको सुनिश्चित गर्न एकमत भएर लागिपरेको हुन्छन् |
विश्व नारी दिवसले वर्षेनी विश्वभरिका नारीहरुको सामाजिक, राजनैतिक, पारिवारिक, शैक्षिक, एवं लैंगिक समान अधिकारको निमित्त संघर्षरत् सबै संघ-संस्थानहरु र महिला अधिकारकर्मीहरुलाई थप ऊर्जा एवं उत्साह प्रदान गर्ने र विश्व नारी शक्तिको स-शक्तिकरण गर्ने काम गरिरहेको हुन्छ |
मार्च 7, 2021 1 महिना
एकदिन दिवस मनाएर मात्रै महिला हिंसाको अन्त्य हुने भए वर्षौंदेखि मनाउँदै आईरहेका छाै ,किन अन्त्य भएन त? राेकिएछ र बलात्कार ,हींसा , दिवस मनाएर एकदिन मञ्चमा भाषण गरेर ठूलाठूला कुरा गरेर महिला हिंसा अन्त्य हुने हो र? महिला हिंसा अन्त्य गर्नका लागि दूरदराजमा समुदाय मा गई स्थलगत भ्रमण गरि महिलाका दुख पीडा सुन्नुपर्यो कुन कुन ठाउँमा के कस्ता महिला हिंसाका स्वरुपहरु छन् नियाल्नु पर्यो ,के कति कारणले हिंसामा परेका महिलाहरु बाहिर आउन सकिरहेका छैन न कारण खोज्नुपर्यो अनिमात्र दिवस मनाउनको सार्थकता ठहरिने छ होइन भने हात्ती चलता रेहता हे कुत्ता भाेकता रेहता भन्ने कहावत जस्तै…
मार्च 7, 2021 1 महिना
नारिकाे सम्मान गराै।
मार्च 8, 2021 1 महिना
नारि दिवश भब्यरुपमा सफल पाराै नारि दिवश काे अबसरमा सम्पुर्ण मा शुभकामना।
मार्च 8, 2021 1 महिना
नारी दिवश भब्य र सब्य तरिकाले सफल पाराै
मार्च 8, 2021 1 महिना
आज बिश्व नारी दिबसको अबसरमा सम्पुर्ण दिदी बैनी आमा हरुमा सुस्वथ्य र्दिघ्र्युको कामना गर्दै हजुर हरुको सिर सधै उच्च रहोस यहिछ सुभकामना ।
मार्च 8, 2021 1 महिना
बहुत राम्रो लाग्यो
मार्च 8, 2021 1 महिना
नारी भगवान् हुन्
मार्च 8, 2021 1 महिना
happy mother’s day
मार्च 8, 2021 1 महिना
राम्रो
मार्च 8, 2021 1 महिना
भएकोमा।कसै बाट पनि अपहेलीत अनि घृणित हुनु नपरोस।
मार्च 8, 2021 1 महिना
It is good for users.