दर खाने दिन
By Nepali Patro in
चाडपर्व .
हिन्दू धर्म मान्ने महिलाहरुको महान पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अघावै हिन्दू पात्रो अनुसार भाद्र शुक्लपक्ष, व्दितीयाको दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरुले सुयोग्य पतिको इच्छा प्राप्तिको लागि बसिने तीजको व्रत बस्न पूर्व-तयारीको रुपमा आ-आफ्नो घर-माइतीमा विशेष गरी दूधबाट बनेका मीठा-मीठा परिकारहरु,खीर,सेलरोटी र फलफूल आदि इत्यादि तयार गरी नांचगान, रमाईलोका साथ दर खाने चलन रहेको छ |त्यसैलाई चलनचल्तीको भाषामा दर खाने दिन भनिँदोरहेछ |
दर खाने दिनको चलन तथा महत्व नेपालभरका साथसाथै भारतको कुनै कुनै ठाउँमा नि रहेको पाइन्छ | यस विशेष दिनमा महिलाहरुको माइतीपक्षले आफ्ना छोरी,चेलीलाई घर बोलाएर मीठा-मीठा परिकारहरु तयार पारी खुवाउने तथा मनका भावना,सुखदुख साटासाट गरी एकै ठाउँमा सपरिवार अर्थात् प्रायः महिलामात्र खाने बस्ने गर्दछ | यसरी दर खाने दिनबाटनै तीज पर्वको आरम्भ भएको मानिन्छ | यसरी वर्षदिनको एकचोटि दर खाने दिन मनाइने चलनले हाम्रो हिन्दि समाजमा विवाहित महिलाहरु आफु जन्मिएको घर,आमा,बुबा, भाइबहिनी सब छोडी श्रीमानसंग बाँकी जीवन बिताउनु पर्ने दुख पीडालाई कम अथवा बिर्साएर आफ्नो प्रिय माइतीको माया एवं सम्झनाको खाडललाई कम गर्न ठूलो मद्दत पुर्याएको हुन्छ | दर खाने दिन विधिवत् पूजाआजाभन्दा पनि मनोरंजनात्मक रहन्छ |
बढ्दो आधुनिकतासंगै दर खाने चलनमा केही फेरबदल तथा खाने परिकारहरुमा ठाउँअनुसार परिवर्तन भएतापनि दर खाने दिनको मूल मर्ममा खासै भिन्नता पाइएको छैन | भोलिपल्ट तीजको मुख्य व्रत दिनभर अन्नपानी केहिपनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन अवेर रातिसम्म आइमाई-महिलाहरु जागाराम बसी पेटभरी आ-आफ्नो पहुँच अनुसारको मीठो मीठो परिकारहरु तयारी गरी खाने र खुवाउने गर्दछन् | हिजोसम्म उही सनातन हिन्दू महिलाहरु मात्रले मनाउने दर खाने दिन आज आएर अरु धर्म,संस्कृतिका समुदायका महिलाहरुले पनि शोक, रहर वा देखासिकीमा मनाउन थालेको हाम्रो समाजमा हामी देख्न सक्दछौं |
अगस्ट 27, 2019 1 वर्ष
happy women teej
अगस्ट 30, 2019 1 वर्ष
ramro xa Nepali patrol Sampurna jankari haru Hami haru Lai aasan vako xa Nepali patrol Lai thanks Vanna chanxu
सेप्टेम्बर 1, 2019 1 वर्ष
हाम्रो संस्कृतिक पर्व बचाउन जीवन्त राख्न सभ्यताको चिनारी आगामी पुस्तालाई हिन्दु धार्ममा आस्थावान राख्न सहयोग पुर्याउने बुझाई रहेको छ।सम्पूर्ण नेपाली नारीहरुमा हरितालिका तिजको शुभकामना ।।।।
सेप्टेम्बर 1, 2019 1 वर्ष
good
सेप्टेम्बर 1, 2019 1 वर्ष
happy teej festival
सेप्टेम्बर 1, 2019 1 वर्ष
Nepali patro lai bishesh gari dhanyabad takrayauna chahanxu kinaki yo patro ma dherei jankari prapta vayeko xa hamilai……
सेप्टेम्बर 1, 2019 1 वर्ष
Happy Teej
सेप्टेम्बर 1, 2019 1 वर्ष
happy teej all
सेप्टेम्बर 1, 2019 1 वर्ष
आजभोलि गाऊ समाज सहर हरुमा बिस्तारै लोप हुदै गयेको छ येस्लाई कसरि यथावतराख्ने भन्ने हरेक चाड पर्ब को येऊटा ईतिहास मात्र होला भन्ने डर हरु पैदा हुदै छ सबै मिलि येसको। सुरक्छ्या गर्न जरुरि ठान्दजु म हाल कुबेत
सेप्टेम्बर 1, 2019 1 वर्ष
Sampurna mahila Didi bahini haru ma teej ko shubha kaamna sathai Nepal patrol lai sampurna jaankari patro marfat dinu va ko ma avhar bekta Garda chu.
सेप्टेम्बर 1, 2019 1 वर्ष
best nepali patro
सेप्टेम्बर 1, 2019 1 वर्ष
happy teej to Nepali patro Authority and our all nationalism.
सेप्टेम्बर 1, 2019 1 वर्ष
teej Ko Suva kamana happy teej
सेप्टेम्बर 1, 2019 1 वर्ष
Radhe Radhe
अगस्ट 11, 2020 5 महिनाहरु
nepali patro calander hami India ma baseko nepali haru lai hamro sanskriti ko jankari puraunu valo ma haami bata Muri Muri dhanyawad