तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि, महोत्सव निर्देशक दयाहाङ राई

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि, महोत्सव निर्देशक दयाहाङ राई

By नेपाली पात्रो
जनवरी 17, 2025

सम्पूर्ण सञ्चारमाध्यम, सञ्चारकर्मी, कला पत्रकार, रङ्गप्रेमी, रङ्गकर्मी र शुभेच्छुहरुमा हार्दिक नमस्कार ।

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण चैत ६ गतेदेखि हुने खबर गराउन पाउँदा हामी खुशी छौं । मण्डला थिएटरको आयोजनामा हुने निटफेस्ट २०२५ विश्व रङ्गमञ्च दिवस (मार्च २७) चैत १४ गते समापन हुनेगरी नौ दिनसम्म हुनेछ ।

अवधारणगत रुपमा तेस्रो निटफेस्ट ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथानै ज्ञानको उज्यालो’ भन्ने नाराका साथ हुँदैछ । स्मरण रहोस् सन् २०२२ मा भएको दोस्रो संस्करण ‘विविधताको उत्सव’ भन्ने अवधारणामा सम्पन्न भएको थियो ।

तेस्रो संस्करणमा निटफेस्टले महोत्सव निर्देशकका रुपमा रङ्गकर्मी, निर्देशक, कलाकार दयाहाङ राईलाई पाएको जानकारी पनि दिन चाहन्छौं । मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार दयाहाङ राईलाई महोत्सव निर्देशकको रुपमा निश्चित गरेको हो ।

यसपटकको निटफेस्ट काठमाडौँको मण्डला थिएटर सँगसँगै काठमाडौँबाहिर पनि विभिन्न सहरमा हुनेगरी तयारी भइरहेको छ । महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनहरुबाट नाटक तथा कार्यक्रम छनौट कार्य पनि सकिएको जानकारी गराउँदै यसपटक निटफेस्टको विस्तृत नाटक तथा कार्यक्रम तालिका छिट्टै सार्वजनिक गर्ने नै छौं ।

नेपाली रङ्गमञ्चलाई यहाँहरुको निरन्तर साथका लागि हार्दिक आभार ।

थप जानकारी : nitfest.org

 

Related Posts

ललितपुर मत्स्येन्द्रनाथ रथयात्रा

फ्रेवुअरी 26, 2017
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ