
तराईमा होली (१८ जिल्ला)
By Nepali Patro in चाडपर्व .नेपालको दक्षिणमा रहेको समथल भू-भाग, तराई प्रदेशमा बसोबास गर्ने मारवाडी,चौधरी, थारु आढि जाति समुदायका मानिसहरुले होलीको दोश्रो दिन मनाइने रंगको होलीलाई हाम्रो लोक बोलीमा तराई होली भनिन्छ | नेपालको तराई क्षेत्र भारतसंगको सीमा क्षेत्रमा परेको हुँदा भारततिरको पारम्परिक रीति एवं संस्कृतिको ठूलै प्रभाव यस क्षेत्रका समुदायमा परेको देखिन्छ | जसमध्ये तराई होली पर्व पनि एक विशेष हो | भारतीय मान्यता अनुसार दुई दिनसम्म मनाइने होली पर्वको पहिलो दिनलाई ‘जलानेवाली होली’ अथवा ‘छोटी होली’ वा ‘होलिका दाहन’ भन्दा रहेछन्- उनीहरुको ठाउँ अनुसार भने दोश्रो दिनलाई ‘रंगवाली होली’ भन्दा रहेछन् | रंगवाली होलीलाई होलीको विशेष दिनको रुपमा एकअर्कामा रंग लगाउने, रंगीनपानी छ्याप्ने,त्यसमा डुब्ने, डुबाउने र भाइचारा मेलमिलाप बढाउने गरी कार्यक्रमहरु गरी मनाइन्छ |
तराई होलीको ’boutमा आफ्नै धार्मिक विश्वास रही आएकोछ | परापूर्वकालमा ‘हिरण्यकश्यप नाम गरेका एक शक्तिशाली नास्तिक राजाले आफ्ना विष्णुभक्त छोरा प्रह्लाद्लाई आफ्नो अटेरी गरेको मानी दण्ड दिन आगोमा जिउंदै बालेर मार्न खोज्दा संगैबसेकी राजाको बहिनी ‘होलिका’ आगोमा बली भष्म भइन् भने छोरा प्रह्लाद चाहि भगवान विष्णुप्रतिको भक्तिको शक्तिले बाँचेछन् | तसर्थ, त्यसदिनदेखि होलीको पहिलो दिनलाई होलिकाको मृत्युको दिन मानी आगो रातभरि बालेर मनाउने र भक्त प्रह्लड़को समर्थनमा सबै तराईमूलका बासिन्दाहरु राम्रोको नराम्रो अर्थात् अन्याय, अत्याचार विरुद्ध सत्यको जीत भनेर दोश्रो दिन हर्षोउल्लासका साथ रंगको होली मनाउने धार्मिक परम्परा बसेको हो भन्ने जान-विश्वासमा कायम छ | अर्कोथरी आस्था यो पनि छ कि – भगवान् रामले राक्षस रावणलाई मारेर अयोध्या फर्किंदा सत्यको जीतको प्रतिक मानेर मानाइएको विजय उत्सवको दिन हो – रंगको होली | यसदिन सम्पूर्ण तराईबासीहरु एवं ठाउँमा बस्ने, रंग-पानी एकअर्कालाई लगाउने,नांचगान गर्ने र सदभाव, मायाप्रेम, भाइचारा साटासाट गर्ने गरी मनाउँछन् |
तराई होली राजधानी काठमाडौँ लगायतका शहरहरुमा मनाइने होलिभन्दा एकदम फरक शैलीको छ|