
तमु ल्होसार
By Nepali Patro in चाडपर्व .
तमु ल्होसार – अदम्य साहस, बहादुरी र बफादारीका पर्याय एवं समस्त नेपालको गौरवशाली इतिहासका सारथी समस्त गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूको सदा–सर्वदा कल्याण होस्, मंगल होस् र जय होस्, नयाँ तमु संवत् तथा ल्होसारको हार्दिक मंगलमय शुभकामना।
तमु ल्होसार गुरुङ समुदायको महान् चाड हो । यो चाड नेपाल, भारतलगायत संसारभर छरिएर रहेका गुरुङ जातिले धुमधामका साथ मनाउने गर्दछन्। ल्होसार भनेको नयाँ वर्ष हो। भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भन्ने गरिन्छ। खासगरी नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले लोसार पर्व मनाउने गर्दछन्। तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ।
‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो। गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। गुरुङहरूले यस वर्ष फो (मृग) वर्गलाई बिदाइ गरी च्यु (मुसा) वर्गको स्वागत गर्दै छन्। हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो। तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ।
प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पति भएको प्रसंग पाइन्छ। ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन्। यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ। गुरुङको बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत उच्चपहाडी जिल्लामा सूर्यको ताप आउन सुरु हुने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सूर्यको दक्षिणतर्फ परमक्रान्तितुल्य झुकाव भएको समयमा पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन हुन्छ। हाल पुस ६ गते पर्ने छोटो दिनपछि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ। कुनै समयमा माघ १ गते सबैभन्दा छोटो दिन हुन्थ्यो। यसर्थ धार्मिक परम्परामा मकर संक्रान्तिलाई अद्यापि उत्तरायण आरम्भ भएको दिनका रूपमा लिइन्छ। ल्होसारको इतिहास लामो भए पनि तमु ल्होसार मनाइने दिन अर्थात् पुस १५ गते सूर्यको दक्षिण परमक्रान्ति पर्न गई उत्तरायण प्रारम्भ हुने समय लगभग आजभन्दा ६५० वर्षअघि पर्न जाने गणनाले देखाउँछ। यो गणनाले तमु ल्होसारको इतिहास अध्ययन गर्न मद्दत पुर्याउनेछ।
ल्होसार हाल नियत समयभन्दा एक वा दुई–तीन दिनअगाडिदेखि नै मनाउने गरिन्छ। लोसारको अघिल्लो साँझदेखि नै पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। लोसारको दिन बिहानैदेखि आफन्त भेटघाट र शुभकामना आदानप्रदान गरिन्छ। नाता–कुटुम्बलाई बोलाएर भोज खुवाएर नाचगान गरी बडो धुमधामका साथ यो पर्व मनाइन्छ।
ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषामा रमाउँछन्। महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाउँछन् अनि कछाड र पटुकी बाँध्छन् । गुरुङ समुदाय घाटु, सोरठी, कौडा नाच आदिमा रमाउँछन्। रात्रिको समयमा प्रधान पुरुषले सूर्य अस्ताएको दिशातर्फ फर्किएर धनुषकाण हानी पुरानो वर्षलाई बिदाइ गर्दछन् भने पूर्वतर्फ नयाँ वर्षलाई स्वागत गर्दै बिहानीपख ल्हो नराम्रो नहोस् भन्ने कामना गरी जन्तर बाँध्ने गर्दछन्।
डिसेम्बर 30, 2018 4 वर्षहरु
HAPPY LHOSAR
जनवरी 4, 2019 4 वर्षहरु
धन्यवाद ढिलो भएपनि तमु ल्होसार आशिमाला
जनवरी 14, 2019 4 वर्षहरु
happy loshar
डिसेम्बर 31, 2019 3 वर्षहरु
happy tmi lhosar
डिसेम्बर 31, 2019 3 वर्षहरु
ramro lekh, Nepali patro le sabai samudaya lai akai mala ba bhanau sutra ma mala jhai unne kan gareko ma…… jun uttam ra ahile ko divive end rule ko lagi euta udharaniya kam gareko dekhincha… sadai yestai dekhna paiyos.
डिसेम्बर 31, 2019 3 वर्षहरु
good app m 4m India
डिसेम्बर 31, 2019 3 वर्षहरु
Happy Lhoshar all of you Enjoy !!!
जनवरी 23, 2021 2 वर्षहरु
ल्होसारको ’boutमा जानकारी पाउदा अति खुसी लाग्यो । हजुरलाई धन्यबाद छ ।
जनवरी 26, 2021 2 वर्षहरु
Happy loshar to all
डिसेम्बर 24, 2021 8 महिनाहरु
तमु ल्होसारको जानकारी भएपनी खासमा तमुहरु बोन अथवा प्राकृतिक पुजक हो जुन पितृहरुको विशेष पुजा गर्छन र प्ये शास्त्र नै तमुहरुको मुख्य शास्त्र हो
डिसेम्बर 30, 2021 7 महिनाहरु
यो सबै जानकारी को लागि धन्यवाद
डिसेम्बर 30, 2021 7 महिनाहरु
समाचार एक ठाउमा गलत छ । यो वर्ष ल्वो ल्हो ( गाई वर्ग ) लाई बिदाई गरि तो ल्हो ( बाघ बर्ग ) लाई स्वागत गरिने नया वर्ष हो । समाचारमा मृग बर्गलाई बिदाई र मुसा बर्गलाई स्वागत भनिएको छ । सरसर्ती हेर्दा पत्रकारज्युले २ वर्ष अघिको समाचारलाई नै कपी एण्ड पेस्ट गरेको बुझिन्छ । सत्य र तथ्य समाचार लेख्नु पर्यो । सामाजिक सन्जालमा पोस्ट गर्नु अघि एकचोटि राम्ररी बुझेर मात्र पोस्ट गर्नुहोला, यस्ता भ्रामक समाचार पोस्ट गर्नु भएन । हाम्रो पात्रो टिमको यसप्रति ध्यान जावोस । अन्त्यमा सबैमा ल्होसारै आसिमाला मु ।
डिसेम्बर 31, 2021 7 महिनाहरु
तमु ल्होुसार २०७८ मा यहाँ प्रकाशित लेखमा फो ल्हो विदाई र च्यु ल्हो स्वागत भन्ने छ तर गाई विदाई र बाघ वर्ग स्वागत हो भन्ने छ ।खास के हो गलत भए सच्याउनु पर्ने हो कि ?