विभिन्न देशमा टीकाको साइत – २०७६
By Nepali Patro in
चाडपर्व .
हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले २०७६ सालको बडादसैंमा विभिन्न देशका प्रमुख स्थानका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। दशमीको मानका आधारमा अमेरिका र क्यानडामा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूले दसैंको टीका असोज २० गते अर्थात् अक्टोबर ७ तारिख, सोमवार लगाउन उपयुक्त हुन्छ। एसिया, अस्ट्रेलिया, अफ्रिका र युरोपमा भने टीकाको साइत असोज २१ गते अर्थात् अक्टोबर ८ तारिख, मंगलवारलाई निर्धारण गरिएको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।
विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–
काठमाडौ | नेपाल | ८ अक्टोबर २०१९ | प्रातः १०ः३५ बजे |
देहली | भारत | ८ अक्टोबर २०१९ | प्रातः १०ः१९ बजे |
न्युयोर्क | अमेरिका | ७ अक्टोबर २०१९ | प्रातः ११ः२१ बजे |
केन्टुकी | अमेरिका | ७ अक्टोबर २०१९ | प्रातः ११ः५५ बजे |
टेक्सास | अमेरिका | ७ अक्टोबर २०१९ | प्रातः ११ः२७ बजे |
क्यालिफोर्निया | अमेरिका | ७ अक्टोबर २०१९ | प्रातः ११ः०५ बजे |
टोरन्टो | क्यानडा | ७ अक्टोबर २०१९ | प्रातः ११ः४५ बजे |
टोकियो | जापान | ८ अक्टोबर २०१९ | प्रातः ९ः५१ बजे |
वेलिङ्टन | न्युजिल्यान्ड | ८ अक्टोबर २०१९ | प्रातः ९ः११ बजे |
सिड्नी | अस्ट्रेलिया | ८ अक्टोबर २०१९ | प्रातः ८ः०५ बजे |
मेलबर्न | अस्ट्रेलिया | ८ अक्टोबर २०१९ | प्रातः ८ः२१ बजे |
ब्रिसबेन | अस्ट्रेलिया | ८ अक्टोबर २०१९ | प्रातः ९ः०० बजे |
क्वालालम्पुर | मलेसिया | ८ अक्टोबर २०१९ | प्रातः १०ः२१ बजे |
सिंगापुर | | ८ अक्टोबर २०१९ | प्रातः १०ः२१ बजे |
बैंकक | थाइल्यान्ड | ८ अक्टोबर २०१९ | प्रातः ९ः४५ बजे |
हङकङ | | ८ अक्टोबर २०१९ | प्रातः १०ः०१ बजे |
सियोल | दक्षिण कोरिया | ८ अक्टोबर २०१९ | प्रातः १०ः४१ बजे |
रियाद | साउदी अरेबिया | ८ अक्टोबर २०१९ | प्रातः ९ः३५ बजे |
दोहा | कतार | ८ अक्टोबर २०१९ | प्रातः १०ः१६ बजे |
अबुधावी | यूएई | ८ अक्टोबर २०१९ | प्रातः १०ः०१ बजे |
तेल अभिभ | इजरायल | ८ अक्टोबर २०१९ | प्रातः १०ः४५ बजे |
लिस्बन | पोर्चुगल | ८ अक्टोबर २०१९ | प्रातः ९ः११ बजे |

सेप्टेम्बर 29, 2019 1 वर्ष
Thank you so much
सेप्टेम्बर 30, 2019 1 वर्ष
This was, and is what I have talked over last few years, and am talking about. having different calendars for different countries (or places). Thanks to Int’l calendar committee. This requires further astrological calculations and for other occassions as well.
अक्टोबर 1, 2019 1 वर्ष
good
अक्टोबर 1, 2019 1 वर्ष
हजुर हरुमा म भिम लोहार को तर्फ बात दस अवोला जोदि प्रनम गर्न चाहान्छु म यो नेपाली पात्रो मैले सुचारु गरे देखि धेरै सजिलो भाको छ र म साउदी बात हो हामीले कति बजेको साइत मा तिका लगाउदा राम्रो होला कृपया जानकारी पाउन पाये अति राम्रो हुने थियो र म आभारी छु हजुर हरु पर्ती धन्यवाद
अक्टोबर 1, 2019 1 वर्ष
नमस्ते, नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले रियाद, साउदी अरेबियामा ८ अक्टोबर २०१९ प्रातः ९ः३५ बजेका लागि टीका ग्रहण गर्ने उपयुक्त साइत निर्धारण गरेको छ। थप जानकारीका लागि तल दिइएको लिङ्कमा जनाइएको छ । धन्यवाद ।
विभिन्न देशमा टीकाको साइत – २०७६
अक्टोबर 2, 2019 1 वर्ष
it’s good
अक्टोबर 2, 2019 1 वर्ष
dasai tika
अक्टोबर 3, 2019 1 वर्ष
good
अक्टोबर 8, 2019 1 वर्ष
bijaya dasami /2076 KO hardik SUV-SUV Kama na …. ma India KO Chandigarh ma chhu hamile Kun Samaya Tika Lagaune ta sukra kun disama chha …?
अक्टोबर 8, 2019 1 वर्ष
tikaa ko time
अक्टोबर 27, 2019 1 वर्ष
katibajeko shait